निक्षेपकर्ताले राष्ट्र बैंकमा धर्ना दिए

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार १४-बैंक तथा वित्तीय संस्था निक्षेपकर्ता सङ्घले सर्वसाधारणबाट वित्तीय संस्थामा सङ्कलन हुने रकम सुरक्षित गरिनुपर्ने माग गर्दै बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा बिहान धर्ना दिएको छ।

सो सङ्घले मुलुकमा विद्यमान केही वित्तीय संस्थाको कार्यशैलीप्रति निक्षेपकर्ताको आशङ्का उत्पन्न हुँदै गएकाले त्यसको सुधारका लागि दबाब दिन केन्द्रीय बैंकमा धर्ना दिएको हो। धर्नामा करिब ५०० को सहभागिता थियो।

सङ्घका सदस्य केशवराज पन्तले समयमै केन्द्रीय बैंकले केही वित्तीय संस्थालाई आवश्यकताअनुसारको अनुगमन गर्न नसक्दा विभिन्न समयमा केही वित्तीय संस्थामा आर्थिक मन्दी हुन गई निक्षेपकर्ताको निक्षेप असुरक्षित हुन गएकाले उनीहरुको निक्षेप फिर्ता गराउने वातावरण मिलाउन दबाब दिने उद्देश्यले धर्ना दिइएको बताए।

पछिल्लो समय नेपाल विकास बैंक, सम्झना फाइनान्सलगायतका अन्य वित्तीय संस्थामा मन्दी भई निक्षेपकर्ताको निक्षेप जोखिममा परेको थियो। सो सङ्घ सर्वसाधारणलाई निक्षेपसम्बन्धी हकहित सुरक्षित गर्न क्रियाशील संस्था हो। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता