असारभित्रै राष्ट्रपति निवासमा सोलार बिजुली

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ६ (नागरिक)- राष्ट्रपति निवास र त्रिभुवन विश्व विद्यालयको केन्द्रीय पुस्तकालयमा सोलार प्रविधिबाट बिजुली आपूर्ति गरिने भएको छ। दुई स्थानमा सोलारबाट बिजुली निकाल्न वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले कार्यक्रम सुरु गरिसकेको छ। केन्द्रका अनुगमन तथा मूल्यांकन विज्ञ रामप्रसाद धितालले असारभित्रै राष्ट्रपति निवासमा सोलारबाट बिजुली बालिने बताए। 


केन्द्रले राष्ट्रपति निवासमा साढे १४ किलोवाट र त्रिबि केन्द्रीय पुस्तकालयमा २२ किलोवाट क्षमताका सोलारप्लान्ट राख्न टेण्डर गरिसकेको छ। 'परेका टेण्डरको मूल्यांकन हुँदैछ, केही दिनभित्रै फाइनल गरेर यही आर्थिक वर्षभित्र बिजुली बाल्ने कार्यक्रम छ,' धितालले भने।
दिनभरि घामको उज्यालोलाई सोलार प्यानलले लिएर व्याट्री चार्ज गर्ने व्यबस्था गरिएको छ। व्याट्री व्याकअप भएको हुँदा राति बिजुली बाल्न, कम्प्युटर, प्रिन्टर चलाउन समेत सकिन्छ।
केन्द्रीय पुस्तकालयमा रहेका सबै उपकरणहरु सोलार पावरबाट चलाउने योजना बनाइएको छ। पुस्तकालयले सोलार ऊर्जालाईनै मुख्य रुपमा प्रयोग गर्ने र विद्युत प्राधिकरणबाट आउने ग्रीडको बिजुलीलाई व्याकअपको रुपमा मात्र राख्ने योजना बनाएको छ।
गत माघमा सरकारले ल्याएको 'आर्थिक विकास तथा समृद्धिको तत्कालीन कार्ययोजना' मा सौर्य ऊर्जा प्रवर्द्धन कार्यक्रम सुरु गर्ने उल्लेख छ। राष्ट्रपति निवास, प्रधानमन्त्री निवास र सिंहदरबार परिसरलाई सोलार ऊर्जायुक्त बनाउने कार्यक्रम राखिएको थियो।
केन्द्रले नमूनाको रुपमा पहिलोपटक दुई ठाउँलाई असारभित्रै सोलारयुक्त बनाउन कार्यक्रम सुरु गरेको हो। कार्ययोजनामा ऊर्जा क्षेत्रलाई सुधार गर्न ऊर्जा मन्त्रालय। विद्युत प्राधिकरण, वातावरण मन्त्रालय, अर्थ मन्त्रालयबाट गर्न तोकिएका कार्यक्रममध्य वैकल्पिक ऊर्जाका कार्यक्रममात्र सुरु भएको हो।
ऊर्जा र विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय मिलेर त्रिभुवन विमानस्थल र सरकारी अस्पतालहरुमा समेत सोलार प्रविधिबाट बिजुली आपूर्ति गर्ने कार्ययोजनामा उल्लेख थियो। यी ठाउँबाट उत्पादन भएर वचत हुने बिजुलीलाई अन्यत्र समेत वितरण गरिने कार्यक्रम छ।
राष्ट्रपति निवासमा जडान गरिने साढे १४ किलोवाट प्रविधिबाट बगैंचा, सुरक्षाकर्मी बस्ने ठाउँमा बिजुली आपूर्ति हुनेछ।
सरकारले गत वर्षनै सिंहदरबार परिसरमा केही सोलारप्यानल जडान गरिसकेको छ। तर त्यसलाई प्रयोगमा भने ल्याइएको छैन।
राष्ट्रपति निवास र त्रिबिमा सोलार जडानका लागि परेका आवेदनमाथि केन्द्रले यसै साताभित्र मूल्यांकन गरेर जिम्मा दिने तयारी गरेको छ। 'प्राविधिक मूल्यांकन भइसकेको छ, आर्थिक मूल्यांकनमा सबैभन्दा सस्तो प्रस्ताव गर्नेलाई आपूर्ति र जडानको जिम्मा दिँदैछौं,' धितालले भने।
जापान सरकारको सहयोगमा ललितपुरको सुन्दरीघाटमा ६ सय ८० किलोवाट बिजुली निकाल्ने योजना अन्तिम चरणमा पुगेको छ। एसियाली विकास बैंकको सहयोगमा केही गत पुसदेखि नवलपरासीको धउबडीमा २ दशमलव ३ किलोवाट बिजुली हावाबाट निकालिएको छ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सन् २०३० सम्म सोलार, वायु, लघु जलविद्युत जस्ता प्रविधबाट ८ सय ९४ मेगावाट बिजुली निकाल्नेगरि कार्ययोजना तयार गरेको छ। २ सय ३३ मेगावाट बिजुली सोलारबाट निकाल्ने योजना वातावरण मन्त्रालयको छ।
नेपालमा दिउँसोको समयमा राम्रोसँग घाम लाग्ने भएकोले सोलार ऊर्जाको लागि निकै उपयुक्त रहेको अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरुले समेत बताउँदै आएका छन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता