Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

तामाकोशीमा आयोजना प्रमुखसहित उच्च अधिकारी रिक्त

E-mail Print
(0 votes, average 0 out of 5)
रमेश खतिवडा, दोलखा, असार १६- माथिल्लो तामाकोशी आयोजनामा प्रमुखसहित उच्च कर्मचारीहरुको पद रिक्त हुँदा व्यवस्थापनको काम प्रभावित बनेको छ। दोलखाको लामावगरमा बन्दै गरेको बहुचर्चित आयोजनाका आयोजना प्रमुख सहित करिब आधा दर्जन उच्च कर्मचारीको पद रिक्त हुँदा काममा देखीएको प्रभावका कारण कर्मचारीहरु अन्यौलमा परेका छन्।

आयोजनामा १५ वर्षदेखि कार्यरत प्रमुख मृगेन्द्रबहादुर श्रेष्ठलाई अनिवार्य अवकाश लिनु एक महिना पूर्व गत फागुनमा व्यवस्थापनले हटाएको थियो। उनको ठाउँमा बिद्युत प्राधिकरणले सुनिल ढुङगेललाई नियुक्त गरेपनि आयोजनाको सञ्चालक समितिले नमानेपछि ढुङगेललाई समेत २ महिना पछि प्राधिकरणले फिर्ता बोलाई आयोजनाकै अर्का कनिष्ट अधिकारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो।
आयोजना प्रमुख ११ औँ तहको निर्देशक हुनुपर्ने नियम भएपनि हाल ईलेक्ट्रोमेकानिकल महाशाखामा कार्यरत १० औँ तहका बिज्ञानप्रसाद श्रेष्ठलाई कार्यकारी प्रमुख सहितको अधिकार दिएर निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन्। लामो समय सम्म समेत प्रमुख नियुक्त नगरिदा आयोजनाका काममा बाधा उत्पन्न भएको छ।
यस्तै आयोजनाको सिभिल निर्माण महाशाखाका प्रमुखको पद समेत रिक्त छ। महाशाखाका १० औँ तहका तत्कालिन प्रमुख मधुसुदनप्रताप मल्ललाई सरुवा गरी प्राधिकरणले कुलेखानी तेश्रोमा पठाएपछि उनको जिम्मेवारी समेत उनी भन्दा कनिष्ट कर्मचारीले सम्हाल्दै आएका छन्। उनको स्थानमा ८ औँ तहका कर्मचारीलाई जिम्मेवारी दिईएको छ।
आयोजनाको प्रशासन महाशाखाका प्रमुखको पद समेत रिक्त हुँदा प्रशासकिय काममा अवरोध उत्पन्न हुन थालेको छ। बढुवा भएपछि प्राधिकरणले सरुवा गरेका प्रशासन प्रमुख उपनिर्देशक अनुप पौडेलको स्थानमा कर्मचारी नपठाएपछि आयोजनाका एक प्राविधिक अधिकारीलाई प्रशासन महाशाखाको जिम्मेवारी दिईएको छ। 'स्वदेशी लगानीमा बन्दै गरेको राष्ट्रिय गौरबको आयोजनाको प्रशासन महाशाखा प्रमुख प्राविधिक छन भन्दा जति हास्याँस्पद के हुन्छ?' आयोजनाका एक कर्मचारीले भने।
यस्तै आयोजनाबाट बढुवासँगै सरुवा भएर गएका नवौं तहका सर्भे बिभाग प्रमुख जगदिशप्रसाद यादवको ठाउँमा समेत कर्मचारी नपठाइएकोले सर्भे लगायतका काम प्रभावित भएको छ। सरुवा भएर गएका वातावरण प्रमुख मिलन दाहालको ठाउँमा प्राधिकरणले १० औँ तहका तेजबहादुर बिसीलाई एक बर्षको करारनामा गरी पठाएको छ। 'वातावरण प्रमुख जस्तो पदमा करारनामा गरी निश्चित समय तोकेर प्रमुख बनाएर पठाईएको छ,' आयोजनाका एक अधिकारीले भने- 'यसले त आयोजनाको मुख्य जिम्मेवारी भित्र पर्ने वातावरणको काम गतिहिन तरिकाले चल्ने देखिएको छ।' प्राधिकरणले बिनियम विपरित उनलाई पठाएपछि आयोजनाको कम्पनीले उनलाई अहिले सम्म तलब भत्ता खुवाएको छैनन्। ८ र ९ तहको दरबन्दी रहेको लेखा शाखा समेत ६ र ७ औँ तहकालाई लेखा प्रमुख र कम्पनी सचिव बनाएर काम चलाईएको छ।
बिद्युत प्राधिकरणको लापरवाहीका कारण कर्मचारी व्यवस्थापनमा समस्या देखिएको आयोजना भित्रकै केही अधिकारीले बताएका छन्। 'बढुवा भएर गएका कर्मचारीलाई पदस्थापना गर्ने बेला भेदभाव हुने गरेकाले यो समस्या आएको हो,' एक अधिकारीले भने- 'आयोजनामा लामो समयदेखी खटेका कर्मचारी बढुवा हुने बितिकै कसैलाई आयोजना भित्रै पदस्थापन गरिएको छ भने सोर्स फोर्स नभएकालाई चाही अन्यत्र पठाईएका कारण नै कर्मचारी व्यवस्थापनमा यो समस्या उत्पन्न हुन पुगेको हो।'
प्राधिकरणको कर्मचारी प्रशासन विनियमावलीको सरुवा सम्बन्धी व्यवस्थाको प्रावधान अनुसार बढुवाबाट सरुवा भई जाने ८ औँ तह भन्दा माथिका कर्मचारीलाई आयोजनाको कम्पनीले माग गरेमा प्राधिकरणको सञ्चालक समितिको निर्णयबाट स्विकृत लिई कर्मचारी पुनः खटाउन सक्ने नियम छ। तर आयोजनामा त्यसरी बढुवा भई पदस्थापन गर्दा कर्मचारीहरुबिच भेदभाव गरिएको गुनासो बढेको छ। पछिल्लो समय बढुवा भई पदस्थापना गर्दा प्राधिकरणले सरुवा गरेका आयोजनाका सहायक प्रंबन्धक पूर्णगोपाल शाक्य, ईन्जिनियर सुवासराज गिरी, सहायक प्रबन्धक भरतप्रसाद मैनालीलाई अन्यत्र पठाएपनि उनीहरुभन्दा केही अघि नियम लागु भएलगतै बढुवा भएका तेजबहादुर बिसी, दिनेशजंग राणा र शरदभक्त मानन्धरलाई आयोजनामै पदस्थापन गरिएको छ। उनीहरु तीनै जना आयोजनाका उच्च कर्मचारी हुन्।
माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाका निमित्त प्रमुख बिज्ञानप्रसाद श्रेष्ठले रिक्त कर्मचारीहरुको व्यवस्थापन बारे सञ्चालक बोर्डमा जानकारी गराईसकिएको बताए। 'बोर्डलाई सबै कुरा जानकारी गराईसकेका छौं,' उनलेले भने, 'तामाकोशी बोर्ड र प्राधिकरण बोर्ड बसेर निर्णय गरेपछि सबै कुरा व्यवस्थीत हुन्छ।' श्रेष्ठले आयोजनाबाट बढुवा भएर गएका प्राधिकरणका कर्मचारीको हकमा समेत बोर्डले नै निर्णय लिने बताए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता