चितवन मिल्कको धुलो दुध बिक्री भएन

E-mail Print
(0 votes, average 0 out of 5)
रमेशकुमार पौडेल, चितवन, असार २- देशकै सबैभन्दा ठूलो दुध कारखाना चितवन मिल्क प्रालिले उत्पादन गर्दै आएको धुलो दुध लक्ष्यभन्दा कम बिक्री भएको छ। चितवनको रामनगर ठिमुरामा रहेको कारखानाको गोदाममा चार सय टन धुलो दुध त्यत्तिकै थन्किएर बसेका छन्।
 
कारखानाका प्रमुख उदयराज पण्डितका अनुसार सोचे अनुरुप बिक्री नभएपछि धूलो दुध थन्किएको हो। 'सोच अनुसार बिक्री भएको भए यो बेला गोदाममा जम्मा दुई सय टन दुध मात्रै बाँकी हुन्थ्यो,' उनले भने।
नेपालमा असोजदेखि फागुनसम्म बढी दुध उत्पादन हुन्छ। चैत्रदेखि भदौसम्म उत्पादन कम हुन्छ। दुध उत्पादन बढी भएको बेलामा किसानसँग किनेर चितवन मिल्कले धुलो दुध बनाउने गर्छ। जुन धुलो दुध डेरी उद्योगहरुले किन्ने गर्छन्। नेपालमा वर्षको एक हजार टन धुलो दुध खपत हुँदै आएको छ। चितवन मिल्कले दिनको डेढ टन धुलो दुध उत्पादन गर्छ।
'नेपालमा डेरी उद्योगलाई चाहिने वार्षिक एक हजार टन धुलो दुधमध्ये २५ प्रतिशत धुलो दुध उत्पादन हामी गर्न सक्छौं। तर अहिले हामीबाट तीन प्रतिशत धुलो दुध लाने गरेका छन् ' उद्योग प्रमुख पण्डितले भने। आवश्यक धूलो दुध भारतबाट आयात भइरहेको उनले बताए।
चितवन मिल्कले उत्पादन गर्ने धुलो दुध २५ केजीको एउटा बोरालाई भ्याट बाहेक ८ हजार ३ सय रुपैयाँ पर्छ। त्यही परिमाणको भारतीय उत्पादन भ्याटसहित ७ हजार ८ सय रुपैयाँमा पाइने भएपछि डेरी उद्योगहरुले धुलो दुध भारतबाटै आयात गर्न थालेका हुन्। आयातित दुध गुणस्तरीय नभएको पण्डितको आरोप छ।
'हामीले गुणस्तरीय दुध उत्पादन गर्दा लागत बढेर मुल्य उच्च भएको हो। भारतबाट आउने धुलो दुध र हाम्रो दुधको गुणस्तरमा तुलना नै हुँदैन। तर उताबाट आउने दुधको गुणस्तर परीक्षण राज्यले गर्नु पर्ने हो त्यो हुँदै भएको छैन' पण्डितले दाबी गरे। धुलो दुध आयातमा जम्मा २० प्रतिशत भन्सार शुल्क लाग्ने गरेको छ। जुन बढाएर ५० प्रतिशत कायम गर्न उनले सरकारसँग माग गरे।
'धुलो दुध यही उत्पादन हुन थालेपछि राज्यले आयातलाई निरुत्साहित गर्नु पर्नेमा त्यस्तो केही गरेन। गुणस्तरमा ध्यान नदिँदा कम गुणस्तरका उत्पादन आउने थाले। यसले स्वदेशी उद्योग मारमा परे' पण्डितले भने । नेपालमा चितवन मिल्क र सुजल डेरीले डेरी उद्योगलाई चाहिने धुलो दुध उत्पाद्न गर्छन। सो धुलो दुधमा फ्याट मिसाएर डेरी उद्योगले उभोक्तालाई आवश्यक पर्ने तरल दुध बनाउँछन्।
धुलो दुध उत्पादन गर्ने कारखाना नभएका बेलामा नेपालमा बढी दुध उत्पादन हुने मौसममा दुध बिक्री नहुने मिल्क होलीडेको समस्या थियो। तर धुलो दुध बनाउने कारखाना खुलेपछि मिल्क होलीडे समाप्त भयो। तर कारखानाले उत्पादन गरेको धुलो दुध खपत नहुँदा उत्पादन कार्य घटाउनु पर्ने र यसका कारणले मिल्क होली डे फेरि हुन सक्ने खतरा बढेको पण्डित बताउँछन्।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता