Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

पढाइ इन्जिनियरिङ, पेसा कृषि

E-mail Print
(3 votes, average 4.00 out of 5)
समुन्द्र पौडेल, तनहुँ, असार २- हरेक नेपाली बाबुआमा आफ्ना सन्तानलाई डाक्टर वा इन्जिनियर बनाउन चाहन्छन्। पढेलेखेपछि जागिरै खानुपर्छ खेतीपातीतिर आँखै लाउन हुन्नजस्तो गर्छन् युवाहरु पनि। तर, इलेक्ट्रोनिक इन्जिनियरिङ पढेका यहाँका एक युवा सगुन बाँस्तोला गाउँमै खेतीपाती गरेर नमुना किसान बनेका छन्। खैरेनीटार-७, काउँलेका २१ वर्षे सगुनलाई गाउँमै उत्पादित च्याउ र गोडभेंडा बेच्न भ्याइनभ्याई छ।
'किन्नेहरु घरमै आउँछन्,' उनले भने, 'आम्दानीसमेत निकै राम्रो भइरहेको छ।' गत असोजबाट व्यावसायिक च्याउखेती गरेका सगुनले ८० हजार रुपैयाँ नाफा गरिसकेको बताए। पोखरा इन्जिनियरिङ कलेजबाट डिप्लोमा तहको परीक्षा सकेलगत्तै उनले घर पुर्ख्यौली जग्गामा च्याउखेती सुरु गरेका हुन्।

 
'२ वटा फार्म बनाएर च्याउ खेती गरेको थिएँ,' उनले भने, 'राम्रो आम्दानी भएपछि भाडामा जग्गा लिएर फार्मलाई विस्तार गर्दैछु।' इन्जिनियरिङ पढेर पनि खेतीपाती गर्न तम्सिँदा सगुनसँग बेखुसी भएका बाबुआमाले नै अहिले दिनरात उनलाई सघाइरहेका छन्।
'पहिला केही गर्न सक्लाजस्तो लाग्थ्यो, खेतीपाती गर्न थाल्दा निराश थियौं,' आमा रेवतीले भनिन्, 'अहिले छोराको प्रगति देखेर खुसी छांै।' गाउँका अधिकांश युवा विदेशिएको समयमा छोरा गाउँकै नमुना किसान बनेको उनले बताइन्। 'पहिला गाउँलेले पनि पढेको मान्छेले के को खेतीपाती गरेको होला भन्थे,' उनले भनिन्, 'त्यसो भन्नेहरु नै अहिले सगुनकै फार्मबाट च्याउ र गोलभेंडा किन्छन्।'
एक लाखको ढुकुटी खेलेर ३० हजार रुपैयाँ च्याउखेतीमा लगाएका सगुनले फार्मबाटै प्रति किलो २ सय रुपैयाँका दरले च्याउ बेच्छन्। 'च्याउसँगै गोलभेंडाको पनि राम्रै माग छ,' उनले भने, 'गोलभेंडाको समेत टनेल थप्दैछु।' च्याउ फलाउन पराल पखालेको पानी सगुनले गोडभंेडामा मलको रुपमा प्रयोग गर्छन्। उनको टनेलमा अहिले गोडभेंडा लटरम्मै फलेका छन्। फुर्सद निकालेर सगुन गाउँलेको घरमा बिजुली जडान र मर्मत गर्न पनि भ्याउँछन्।
पढाइपछि रोजगारीका लागि पोखराका धेरै कार्यालय चहारेका सगुनले तलबमा कुरा नमिलेपछि गाउँ फर्किएर व्यावसायिक च्याउ र गोलभेंडा खेती सुरु गरेका हुन्। 'पढाइ अनुसारको रोजगारीसमेत पाएको थिएँ, तर, तलबमा चित्त बुझेन,' उनले भने, 'नेपालजस्तो कृषि प्रधान देशमा कृषिमै आत्मनिर्भर बन्नुपर्छ भनेर यता लागें, बरु यही पेसाबाट राम्रो आम्दानी भइरहेको छ।' पढेको छोरा गाउँमै फर्किएर खेतीपातीमा जुटेपछि उनका बाबु कृष्णप्रसाद पनि दिनभर फार्ममै बिताउँछन्। 'छोराको काम देख्दा खुसी लागेको छ,' उनले भने।
विदेशमा राम्रो आम्दानी गरेर वा दुःख पाएर फर्किएका अधिकांश युवा कृषि पेसातर्फ आकर्षित भएको जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रचारप्रसार अधिकृत रवीन्द्र अधिकारीले बताए। 'कार्यालयले प्रदान गरेको सहयोग र तालिमले कृषि पेसमा आकर्षण बढेको छ,' उनले भने, 'त्यसमा पनि युवाहरु अहिले सक्रिय भएका छन्।'
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता