देशकै ठूलो सिमेन्ट उद्योग नियमित सञ्चालन नहुँदा करोडौंको घाटा

E-mail Print
(1 vote, average 4.00 out of 5)
गाईघाट (उदयपुर), असार ३- नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुरस्थित जलजले सिमेन्ट उद्योग नियमित सञ्चालन हुन नसक्दा करोडौँको घाटा हुँदै आएको छ।

एक महिनाभित्रमा पटकपटक गरी १५ दिनभन्दा बढी सिमेन्ट उद्योग बन्द हुँदै आएपछि पर्याप्त सिमेन्ट उत्पादन हुन नसक्दा उद्योग निरन्तर घाटामा गइरहेको सिमेन्ट उद्योगका कर्मचारीको भनाइ छ।

उद्योगको मेसिन पटकपटक बिग्रिँदा पनि उद्योग प्रशासनले मर्मतमा उचित ध्यान नदिएका कारण उद्योग धेरै पटक बन्द हुन पुगेको उद्योगका एक कर्मचारी मानबहादुर राउत बताउँछन्।

उद्योगको सिमेन्ट उत्पादन गर्ने मेसिन र सुकौरास्थित खानी विभागको ढुङ्गा फोर्ने मेसिन लामो समयदेखि मर्मत हुन नसकेपछि सिमेन्ट उद्योग हप्तामा दुई दिन सञ्चालन हुने र फेरि बन्द हुने गरेको उद्योगका कर्मचारीहरु बताउँछन्। तर उद्योग प्रशासनले अहिलेसम्म स्थायीरुपमा मेसिन मर्मत गर्नका लागि उचित पहल नगरेको कर्मचारीहरुको भनाइ छ।

उद्योगका मेसिन जापानमा निर्माण भएकाले यसका पार्टपुर्जाहरु जापान तथा भारतबाट ल्याउनुपर्ने हुन्छ। एकपटक मेसिनको मर्मत गरे वर्षौं उद्योग सञ्चालन हुने उद्योगका कर्मचारी र स्वयम् खानी विभागका इन्जिनियहरु बताउँछन्।

दैनिक ८०० मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने उदयपुर सिमेन्ट उद्योग हप्तामा दुई दिन सञ्चालन हुने र बन्द हुने कार्यले अहिले उत्पादनमा समेत ह्रास आएको छ। जसका कारण उत्पादित सिमेन्टले उद्योगका ५०० भन्दा बढी कर्मचारीको तलब नै धान्न नसकेको उद्योगका कर्मचारीहरु बताउँछन्।

उद्योग प्रशासन तथा सम्बन्धित निकायले नियमित उद्योग सञ्चालनका लागि उचित ध्यान दिनुपर्ने सरोकारवालाहरु बताउँछन्। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता