हुवावेको टेण्डर स्वीकृत गर्ने तयारी

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ५ (नागरिक)- एक करोड मोबाइलको टेण्डर खुलेको नौ महिनासम्म पनि निर्णयमा पुग्न नसकेपछि टेलिकमले दुई कम्पनीमध्य हुवावेको प्रस्ताव स्विकृत गर्ने संकेत स्वरुप परफरमेन्स बण्ड (धरौटी) मागेको छ।
 
हुवावेले प्रस्ताव गरेको रकमको १० प्रतिशत रकम परफरमेन्स बण्ड राखेर टेण्डरको सम्झौता गर्न आउन टेलिकमले पत्र पठाएको छ। एककरोड लाइनमध्य हुवावेको भागमा ४८ लाख परेको छ। बाँकी ५२ करोड अर्को चिनिया कम्पनी जेडटीईको भागमा परेको छ।
जेडटीईको प्रस्तावमा प्राविधिक जटिलता आएपछि एकैपटक दुवै टेण्डर स्विकृत नगरि हुवावेको मात्र सुरुमा स्विकृत गर्ने तयारी गरेको हो। हुवावेको प्रस्ताव अनुसारको टेण्डर सुरुमा स्विकृत गरेर जेडटीईलाई मनोवैज्ञानिक दवाव दिन खोजिएको स्रोतले बतायो।
'हामीले हुवावेलाई धरौटी राखेर सम्झौताको लागि आउन पत्र पठाइसकेका छौं,' टेलिकमका एक अधिकारीले नागरिकसँग भने। हुवावेले ४८ लाख मोबाइलको लागि प्रस्ताव गरेको मूल्य ८ करोड ४० लाख अमेरिकी डलर वापत हुने ५७ लाख अमेरिकी डलर र २२ करोड नेपाली रुपैयाँको छुट्टाछुट्टै धरौटी राख्नुपर्ने हुन्छ।
सार्वजनिक खरिद ऐन अनुसार टेण्डर स्विकृत हुनुअघि सप्लायर्सले आफूले कबुल गरेको रकमको १० प्रतिशत धरौटी राख्नुपर्छ। टेलिकमले १५ दिनभित्र धरौटी राखेर सम्झौताका लागि आउन हुवावेलाई ध्यानाकर्षण गरेको छ।
हुवावे सम्पर्क राख्न आइसकेको टेलिकम स्रोतले बतायो। तर धरौटी भने राखेको छैन। 'ठूलो रकम भएकोले केही समय लाग्नसक्छ,' टेलिकमका एक नायब प्रवन्धनिर्देशकले भने।
हुवावे स्रोतका अनुसार टेलिकमले अहिलेसम्म बैठकमा भएको माइन्यूटको प्रति दिएको छैन। 'त्यो प्रति नभएसम्म बैंकले परफरमेन्स बण्ड जारी नगर्ने भएकोले निकै समस्या परिरहेको छ,' हुवावेका एक अधिकारीले भने।
टेण्डरको मूल्यांकनको क्रममा टेलिकम र हुवावेबीच भएको माइन्यूटको कपी उपलव्ध नगराइएको आरोप हुवावेको छ।
एककरोड मोबाइलमध्य हुवावेको भागमा ४८ लाख परेको छ। बाँकी ५२ लाख लाइनको अर्को चिनिया कम्पनी जेडटीईले दिने प्रस्ताव गरेको छ। जेडटीईले हुवावेकै मोलमा ५२ लाख मोबाइल दिनुपर्ने भएपछि सम्झौताको लागि विवाद भएको हो।
हुवावेसँग सम्झौता गरेर जेडटीइलाई दवाव दिने रणनीति लिइएको हो। 'हामीसँग पहिलादेखिनै कुनै समस्या थिएन, खाली टेलिकमले समयमा निर्णय नगरेको मात्र हो,' हुवावे स्रोतले भन्यो।
दूरसञ्चारको इतिहासमै टेलिकमले एकै पटक किन्न लागेको यो सबैभन्दा ठूलो रकमको ठेक्का हो। टेलिकमले दुई वर्षअघि एककरोड मोबाइल एकै पटक किन्ने प्रकृया सुरु गरेको हो। टेण्डर आव्हान गरेको एक वर्ष भैसकेको छ। गत असोजमा यो टेण्डर खोलिएको हो।
त्यसपछि मूल्यांकनको लागि नौ महिना लागिसकेको छ। सार्वजनिक लेखा समितिदेखि लिएर अख्तियार दुरुपयोग अनुसन्धान, सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेपछि लामो समय लागेको हो।
हुवावेसँग किनिने ४८ लाख मोबाइललाई काठमाडौंमा राखिनेछ। अहिले काठमाडौंमा भएको मोबाइलको प्रविधिलाई पुरै हटाएर हुवावेको नयाँ सिस्टम सञ्चालन गर्ने तयारी टेलिकमको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता