२० दाल उद्योगलाई नगद अनुदान, निकासी अनुदानमा दुरुपयोगको आशंका

E-mail Print
(0 votes, average 0 out of 5)
विज्ञान अधिकारी, काठमाडौं, असार ५- सरकारले निकासी व्यापार बढाउने उद्देश्यले दिने गरेको नगद अनुदान पाउनेमा सबैभन्दा बढी दाल उद्योग परेका छन्। निकासी व्यापार खस्किदै गए पछि यसमा सुधार ल्याउन सरकारले तीन वर्ष अगाडि देखि नगद अनुदान दिने व्यवस्था सुरु गरेको हो। यो व्यवस्थाले ठुलो परिमाण र मुल्यमा निकासी हुने हस्तकला, गलैचा, पश्मिना, तयारी पोसाकलगायत वस्तुको निकासी बढ्ने सरकारी अनुमान छ। अहिलेसम्म ४५ उद्योगले नगद अनुदान पाएकामा २० दाल उद्योग छन्। 

 
सरकारले बजेटमार्फत् नेपालबाट परिवर्त्य मुद्रामा निकासी गर्ने उद्योगीले मूल्य अभिवृद्धिका आधारमा नगद अनुदान दिने व्यवस्था गरेको थियो। परिवर्त्य मुद्रा बैंकमा दर्ता भएको प्रमाणपत्रका आधारमा निर्यात गर्ने उद्योगलाई दुई प्रतिशत, ५० प्रतिशत भन्दा बढी मूल्य अभिवृद्धि भए तीन र ८० प्रतिशत भन्दा बढी भए चार प्रतिशत दिने व्यवस्था गरिएको छ।

उद्योग विभागका अनुसार पाँच गलैचा उद्योगले नगद अनुदान लिएका छन् भने पश्मिना, तयारी पोसाक र हस्तकलाका उद्योगले अहिलेसम्म पाएका छैनन्।
'धेरै दाल मिलले मात्र अनुदान पाएका छन्। अरु निकासीयोग्य वस्तुले नपाउने र दालले पाउनु अचम्म हो,' वाणिज्यका एक अधिकारीले भने 'निकासी प्रवर्द्धनका लागि दिएको रकम दुरुपयोग नहोस् भन्नेतर्फ सचेत हुन आवश्यक छ।'
एक व्यवसायीका अनुसार उद्योग विभागले वस्तुको मूल्य अभिवृद्धिका आधारमा दिएको अनुदान व्यवस्थामा नै शंका गर्ने प्रशस्त ठाउँ छ। विभागले दाल निकासी गर्ने कुनै उद्योगलाई एक सय प्रतिशत मूल्य अभिवृद्धि भएको प्रमाणपत्र दिएको छ भने कुनैलाई ९८ प्रतिशत।
'एउटै प्रकृतिको उद्योग र एउटै वस्तुमा फरक फरक मूल्य अभिवृद्धिको प्रमाणपत्र दिइएको छ,' ती व्यवसायीले भने, 'कर्मचारी र व्यवसायीबीचको मिलेमतोमा कतै अनुदान दुरुपयोग भएको त छैन भन्ने यसले संकेत गरेको छ।'
'दाल पिनेर प्याकेजिङ गरेकै आधारमा एक सय प्रतिशत मूल्य अभिवृद्धि भएको मानिनु जायज देखिदैन,' ती व्यवसायीले भने, 'किसानले उत्पादन गरेकोलाई समेत मूल्यअभिवृद्धिमा जोडिएको छ। यसले अनुदानको परीभाषालाईनै विगारिदिएको छ।' विभागले चाउचाउ उद्योगलाई समेत ८० प्रतिशत मूल्य अभिवृद्धि भएको भन्दै चार प्रतिशत अनुदान दिएको छ।
वाणिज्य सचिव लालमणी जोशीले नगद अनुदान लिने प्रक्रिया सरलीकृत गर्न उद्योगीले आग्रह गरेको बताए।
'नगद अनुदान लिने प्रक्रिया सरलीकृत गर्न उद्योगीले हामीलाई आग्रह गरेका थिए,' उनले भने, 'तर उद्योग मन्त्रालयले अनुदानको सिफारिस गर्ने भएकाले यसको प्रक्रियाका बारेमा धेरै थाहा हुँदैन।'
उद्योग विभागका महानिर्देशक ध्रुबलाल राजबंशीले मूल्यअभिवृद्धिको ढाँचा बनाएको बताउँदै त्यही आधारमा अनुदान सिफारिस गरिएको दावी गरे। उनले दालको मूल्य अभिवृद्धि एक सय प्रतिशत गरिएको बारेमा जवाफ दिन मानेनन्। दालको मूल्य अभिवृद्धिको ढाँचा दिनै मिल्दैन, उनले भने।
नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष उदयराज पाण्डेले नगद अनुदान लिने प्रक्रिया झझन्टिलो भएर धेरै निकासीकर्ताको पहुँच भित्र नरहेको बताए। 'नगद अनुदान लिन झझन्टिलो व्यवस्था रहेकाले धेरै निकासीकर्ता फर्किएका छन्,' उनले भने, 'निकासी गरेर विदेशी मुद्रा आर्जन गर्ने उद्योगलाई झझन्ट थपेपछि को अनुदान लिन जान्छ ?' पाण्डेले नगद अनुदानलाई दुरुपयोग हुन नदिन निकासीमूलक उद्योगलाई दुई प्रतिशत अनुदान दिने व्यवस्था गर्नुपर्ने बताए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता