Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

पाँच बैंकमा 'हेलो पैसा' सुविधा

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ६ (नागरिक) - मोबाइलको माध्यमबाट रकम आदानप्रदान गर्न पाँचवटा वित्तीय संस्थाले सहकार्य सुरु गरेका छन्। 'हेलो पैसा' नाममा मोबाइल वित्तीय सेवा सञ्चालन गर्न लक्ष्मी, बैंक अफ काठमाण्डू, सिद्धार्थ, कमर्ज एन्ड ट्रस्ट बैंक, इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी र फाइनान्सिज कम्पनीबीच सम्झौता भएको हो। 'गाउँमा बस्ने सर्वसाधारणलाई सहरबाट पैसा पठाउन सजिलो बनाउन यस्तो सेवा ल्याइएको हो,' फाइनान्सिजका प्रमुख कार्यकारी अधिकृत सञ्जयबहादुर शाहले भने।

पहिलो चरणमा यस्तो सहमतिपत्रमा पाँचवटा वित्तीय संस्थाले सम्झौता गरे पनि भविष्यमा थप हुँदै जाने उनले बताए। यो प्रविधि अन्तर्गत मोबाइल नम्बरलाई ग्राहकको खाता नम्बरको रुपमा विकास गरिनेछ। पाँचवटा वित्तीय संस्थाका ग्राहकले यो प्रविधिबाट एकअर्काको नेटवर्कमा रकम पठाउन र लिनसक्नेछन्।

यो प्रविधि अन्तर्गत कुनै बैंकका ग्राहकले नेपालभित्रै कुनै ठाउँमा रकम पठाउन चाहे रकम पाउने व्यक्तिको मोबाइल नम्बर र रकम उल्लेख गरेर एसएमएस पठाउनुपर्ने हुन्छ। त्यसपछि बैंकले त्यो एसएमएस सही भए नभएको जाँच्न तुरुन्तै पठाउनेको मोबाइलका कलब्याक गर्छ। त्यसबेला बैंकले आफ्नो ग्राहकलाई दिएको गोप्य पिन नम्बर भन्नुपर्छ। 'पिन नम्बरकै आधारमा व्यक्तिले सही एसएमएस पठाएको हो कि होइन पत्ता लाग्छ र कारोबार हुन्छ,' शाहले भने।

यो कारोबार गर्दा शुल्क तिर्नुपर्छ। 'रेमिटेन्स कम्पनीले अहिले लिइरहेको भन्दा ज्यादै थोरै शुल्कमा हामी यो सेवा देशभरि लैजाने योजनामा छौं,' उनले भने। रकम भुक्तानी र पठाउने प्रयोजनका लागि खाता खोल्न बैंकहरुले देशभरि नेटवर्क विस्तार गर्ने भएका छन्। जहाँबाट पैसा जम्मा गर्न, पठाउन र झिक्नसमेत सकिनेछ। 'सबैलाई वित्तीय सेवा' नाममा मोबाइल भएका सबैलाई यो सेवा पुर्‍याउने लक्ष्य यसमा संलग्न वित्तीय संस्थाहरुले लिएका छन्।

 

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता