किसान आफैंले तरकारी बिक्री थाले

E-mail Print
(3 votes, average 5.00 out of 5)
काठमाडौं, असार ७ (नागरिक)- व्यापारीले उचित मूल्य नदिएको भन्दै किसान आफैंले तरकारी बिक्री सुरु गरेका छन्। उपत्यकामा उन्नत प्रविधिबाट तरकारी उत्पादन गर्दै आएका किसानको समूहले कालिमाटी तरकारी बजारभित्र छुट्टै स्टल लिएर बुधबारबाट बिक्री सुरु गरेका हुन्।

बुधबार गोलेभेंडाको बिक्री सुरु गरियो। यसरी बिक्री गर्दा बारीबाट बजारसम्म ल्याउँदै आएका बिचौलियाले नाफा खान नपाउने समूहका अध्यक्ष शम्भुबहादुर कार्कीले बताए। 'किसानले श्रमअनुसारको मूल्य पाएका छैनन्। अब आफैंले बेच्न सुरु गरेपछि बीचका दलालले पैसा खान पाउँदैनन्,' उनले भने, 'थोक बजारमा पर्ने मूल्यै किसानले नै पाउँछन्।'
उपत्यकामा लगभग साढे ३ सय किसानले उन्नत प्रविधिबाट खेती गरिराखेका छन्। 'किसानले थोरै पैसा पाउने, उपभोक्ताले महँगोमा किन्नुपर्ने अवस्था थियो, अब किसान एक जुट भएर पसल सञ्चालन गर्दा सबैलाई फाइदा पुग्छ,' कार्की भने।
बुधबार लगभग ५० भन्दा बढी किसानले गोलभेंडा ल्याएर बिक्री गरे। परिश्रम अनुसार मूल्य पाउने भएपछि किसान खुसी देखिएका छन्। अहिले गोलभेंडा उत्पादनको मौसम भएकाले योमात्रै बेचिएको किसान मोहनबहादुर कुवँरले बताए। 'किसानले उत्पादन गरेका सबैखाले तरकारी यहाँबाट बेचिन्छ,' उनले भने।
८० स्क्वायर फिट क्षेत्रफलमा किसानले राखेको स्टलमा दुईजना कर्मचारी छन्। स्टल कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिसँग भाडामा लिइएको हो। ठाउँ थोरै भएकाले किसानले ल्याएका तरकारी राख्ने ठाउँ पुग्दैन। यो क्षेत्रफललाई बढाउँदै लैजाने सम्झना र सिर्जना गोलभेंडाका अनुसन्धाता डा. केदार बुढाथोकीले बताए। 'दिनदिनै चाप बढ्दै जान्छ,' उनले भने, 'समितिसँग छलफल गरेर बिक्री कक्ष बढाउने छौं।' किसानले तरकारी बेचेको भोलिपल्टमात्रै पैसा पाउँछन्।
किसानले तरकारी भारत निर्यातसमेत गर्ने योजना बनाएका छन्। भारतमा तरकारीको माग बढे पनि नेपालको तरकारी गुणस्तरीय नभएको भन्दै लाने गरेका छैनन्। तर, यहाँबाट गुणस्तरीय तरकारी भारतका विभिन्न ठाउँमा लैजाने बुढाथोकीले बताए। 'यहाँबाट राम्रो तरकारी बेच्ने छौं,' उनले भने। उनका अनुसार असार २०/२१ गतेदेखि भारत निर्यात गर्न लागिएको छ।
अहिले कालिमाटी तरकारी बजारमा व्यापारीको सिन्डकेट हुँदा किसानले उचित मूल्य पाएका थिएनन्। किसानसँग किनेको भन्दा तेब्बर मूल्यमा व्यापारीले तरकारी बिक्री गर्दै आएका छन्। यही अनुपातमा उपभोक्ताले झन् धेरै मूल्य तिर्नुपरको छ। 'हामीसँग सस्तोमा लिएर १ सय ५० प्रतिशतसम्म बढाएर बीचका व्यापारीले बेच्ने गरेका छन्,' कुवँरले भने।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता