'सहमतिमा बजेट ल्याऊ'

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ७ (नागरिक) - पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट राजनीतिक अंक गणित भएकाले सहमतिमा ल्याउनुपर्ने बताएका छन्। 'बजेटलाई अंकको मात्रै गणित भन्न मिल्दैन। यसमा राजनीतिक विषय जोडिएको हुन्छ,' नेपाल आर्थिक पत्रकार समाजले बुधबार आयोजना गरेको अर्थसंवाद कार्यक्रममा उनले भने,

'राजनीतिक सहमतिमा बजेट ल्याउनुपर्छ, होइन भने एक तिहाइमात्रै बजेट ल्याउनुपर्छ।'

उनले बजेटबारे अहिलेसम्म राजनीतिक दलसँग कुनै छलफल नभएको बताए। 'हामीले अखबारबाट अर्थमन्त्रीले दलहरुसँग कुराकानी भइरहेको पढिरहेका छांै,' पाण्डेले भने, 'तर उहाँहरु आफूखुसी बजेट बनाउन लागिरहनुभएको छ।' उनले राजनीतिक गन्जागोल भएको अवस्थामा बजेट ल्याएरमात्रै मुलुक चल्न नसक्ने बताए। पाण्डेले राजनीतिक अस्थिरताका बीच सरकारले दोहोरो अंकको वृद्धिको रट लगाउनु अर्थहीन भएको टिप्पणी गरे।

'संविधानसभा भंग भएर मुलुकको राजनीति अँध्यारो दिशामा धकेलिएको छ। यस्तो असहज अवस्थामा प्रधानमन्त्री दोहोरो अंकको आर्थिक वृद्धिको रट लगाइरहनुभएको छ,' उनले भने, 'योभन्दा वाहियात कुरो अरु हुनै सक्दैन।'

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थ राज्यमन्त्री दीपकुमार उपाध्यायले राजनीतिक सहमति गरेर पूर्ण बजेट ल्याउनुपर्ने बताए। 'राजनीतिक सहमति गरेर पूर्ण बजेट ल्याऊ। बजेट रोक्ने मनसाय हाम्रो पनि होइन,' उनले भने। उनले सहमतिमा आउन नसके खर्च चलाउन तीन महिनाका लागि बजेट ल्याउनुपर्ने धारणा राखे।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता