पाकिस्तानी मेला सुरु

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ७ (नागरिक)-राजधानीको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा बुधबारबाट पाकिस्तानी उत्पादनको मेला सुरु भएको छ। पाकिस्तानी दूतावास र रावलपिण्डी चेम्बर अफ कर्मसको संयुक्त आयोजनामा मेला सुरु भएको हो।

मेलामा छालाबाट बनेका ज्याकेट, झोला, जुत्ता, चप्पललगायत सामग्री राखिएका छन्। यसैगरी महिला र पुरुषका पहिरनहरु, गहना, सौन्दर्य सामग्री, भान्सामा प्रयोग हुने लगायत सामग्री पनि मेलामा राखिएको छ।

मेलामा ६५ वटा कम्पनीका स्टल छन्। पाकिस्तानका विभिन्न क्षेत्रबाट मेलामा सहभागी हुन व्यवसायी आएका छन्। मेला छ दिनसम्म सञ्चालन हुनेछ। बुधबार आयोजित कार्यक्रममा उद्योगमन्त्री अनीलकुमार झाले मेलाको उद्घाटन गरे। उद्घाटनमा बोल्दै मन्त्री झाले दुई देशबीचको व्यापार सम्बन्ध बढाउन मेलाले सहयोग गर्ने बताए। नेपाल र पाकिस्तानको सम्बन्ध असल छिमेकीका रूपमा परम्परागत र निकट रहेको भन्दै उनले यसले व्यापारिक सम्बन्ध विस्तारमा सहजीकरण गर्ने दाबी गरे।

कार्यक्रममा बोल्दै नेपाल-पाकिस्तान चेम्बर अफ कमर्सका अध्यक्ष प्रदीपमान वैद्यले नेपाल र पाकिस्तानबीच व्यापारिक सम्बन्ध राम्रो भए पनि सडक मार्ग सहज हुन नसकेको बताए। उनले नेपाल र पाकिस्तानबीच व्यापार सम्बन्ध विस्तारको वातावरण बनाउन माग गरे। पाकिस्तान-नेपाल चेम्बर अर्फ कमर्सका अध्यक्ष जावेद अख्तर भट्टीले दुई देशबीच हवाई ढुवानी सेवामा सहुलियत दिएर व्यापार विस्तार गर्न सकिने बताए। उनले पाकिस्तानी सामग्रीको प्रवर्द्धन गर्न सार्क मुलुकभर आफूहरुले मेला गरिरहेको जानकारी दिए। पाकिस्तानी सामग्रीको राजधानीमा आयोजित यो तेस्रो मेला हो।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता