कोरियन दूतावास नजिक धर्ना

E-mail Print
(2 votes, average 1.00 out of 5)
काठमाडौँ, असार ७ - रोजगारीका लागि दक्षिण कोरियामा जान रोजगारी अनुमति प्रणालीअन्तर्गत परीक्षामा उत्तीर्ण भएका महिलाले कोरिया जाने माग गर्दै रविभवनस्थित कोरियन दूतावास नजिक आज धर्ना दिएका छन्।

सन् २०१० मा लिइएको रोजगारी अनुमति प्रणालीअन्तर्गत उत्तीर्ण भएर पनि अहिलेसम्म कोरिया जान अवसर नपाएकाले उनीहरुले दूतावास नजिक आज १२ देखि १ बजेसम्म धर्ना दिएका हुन्।

कोरियाले प्रत्येक वर्ष रोजगारी अनुमति प्रणालीबाट स्तरीय परीक्षा सञ्चालन गरी नेपाली श्रमिकलाई कोरियामा काम गर्नका लागि माग गर्ने गर्दछ।

सन् २०१० मा सो प्रणालीअन्तर्गत उत्तीण भएका पुरुष श्रमिक सबै गइसकेको र करिब ३५० महिला उत्तीर्ण भएको भए पनि ३०० महिला जान बाँकी रहेको धर्ना कार्यक्रमका संयोजक तोया गिरीले जानकारी दिए।

उनले दुई देशका श्रम मन्त्रालयका अधिकारीले छलफल गरी समस्या समाधानका लागि पहल गर्न आग्रह गरे।- रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता