आर्थिक मुद्दालाई सम्बोधन गर्न छुट्टै संयन्त्र निर्माणको प्रस्ताव

E-mail Print
(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार १५ (नागरिक)- निजी क्षेत्रले राजनीतिक अन्योलबाट आर्थिक एजेन्डालाई अलग राख्‍नु सुझाव दिँदै आर्थिक मुद्दालाई सम्वोधन गर्न छुट्टै संयन्त्र निर्माणका लागि प्रस्ताव गरेको छ। मुलुकका प्रमुख आर्थिक मुद्दामा निजी क्षेत्रसहित सबै सरोकारवाला रहने गरी सरकारले नै यस्तो संयन्त्र बनाउनुपर्ने माग निजी क्षेत्रको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री बावुराम भट्टराईसँग निर्धारित समयमै बजेट निर्माण ल्याउन सुझाव दिंदै यस्तो माग राखेको हो। निजी क्षेत्रको माग अनुरुप छुट्टै संयन्त्र निर्माण गर्ने सम्बन्धमा सरोकारवालासँग वसेर छिट्टै अन्तिम रुप दिने आश्वासन प्रधानमन्त्रीले दिए।
निजीक्षेत्रले न्यूनतम साझा आर्थिक एजेण्डा प्रधानमन्त्रीलाई बुझाउँदै सहमतिका लागि अनुरोध गरेको छ। न्यूनतम साझा आर्थिक एजेण्डालाई कार्यान्वयनमा लैजान सहयोग गर्न प्रधानमन्त्री र काँग्रेस सभापति सुशिल कोईरालासँग वैद्यले अनुरोध गरे। 'पाँच वर्षमा उच्च आर्थिक वृद्वि हासिल गर्न लगानी र रोजगारी बढाउने एजेन्डा पेश गरिएको छ' वैद्यले नागरिकसँग भने-'पुर्वाधार, कृषि, पर्यटन, सेवा, खानीका लागि ठोस नीति चाहिएको छ।' पश्चिम सेतीजस्ता आयोजनाका लागि सवै दलको एउटै धारणा चाहिने आवश्यकता औंल्याउँदै उनले फास्ट ट्रयाक र अन्तराष्ट्रिय विमानस्थलको निर्माण सक्ने अवधि सरकारले तोक्नुपर्ने वताए।

विना उपलव्धी संविधान सभा विघटन भएपछि निजी क्षेत्र दुःखित भएको स्मरण गराउँदै वैद्यले भने- अब मुलुकलाई थप क्षतिहुनबाट जोगाउने हो भने निजी क्षेत्रले उठान गरेका आर्थिक मुद्दामा तत्काल न्यूनतम साझा सहमती कायम हुनैपर्छ। मुलुकको आर्थिक विकासका लागि महासंघले तय गरेका प्राथमिकता प्राप्त क्षेत्रहरुका विषयमा अध्ययन गरी त्यसलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण सहयोग हुने आश्वासन भट्टराईले भने।
उनले मुलुकलाई थेग्ने उद्योग व्यवसायले भएकाले जस्तो सुकै राजनीतिक अस्थिरताबीच पनि अर्थतन्त्रलाई निर्वाध रुपमा अगाडी बढ्ने वातावरण बनाई दिन आग्रह गरे। आर्थिक स्थायित्व नभएसम्म राजनीतिक स्थायित्व नहुने स्पष्ट पार्दै उनले अहिलेको जटिलस्थितिमा जति सक्दो छिटो राजनीतिक सहमती कायम गरी मुलुकलाई निकास दिनु पर्ने बताए।

प्रधानमन्त्री भट्टराईले मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउने लक्ष्य र अभियान रहेको स्पष्ट पार्दै सरकारले सवै राजनीतिक दलहरुको सहमतीमा निर्धारित समयमै बजेट ल्याउनेमा ढुक्क रहन आग्रह गरे। अर्थतन्त्रलाई कुनै पनि प्रकारको राजनीतिक प्रभावबाट मुक्त राख्न आवश्यक वातावरण बनाउने कार्यमा पूर्ण सहयोग रहने आश्वासन उनले दिए।
प्रधानमन्त्री सहमति र निकासका लागि उद्योगी व्यवसायीहरुको तर्फबाट पनि पहल हुनुपर्ने बताए। 'प्रधानमन्त्रीको कुर्सीको हानथापमा आफू नभएको बताउँदै उनले सहमति खोज्न आफू सँधै तत्पर रहेको उल्लेख गर्दे दलहरु अहिले आवेग र आक्रोस पोखे पनि निकासका लागि सहमतिमा आउने छन्' उनले भने।
दुई अंकको आर्थिक बृद्धिलाई पच्छ्याउनु पर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आर्थिक विकासको नेतृत्व नीजी क्षेत्रले गर्न जरुरी भएको भट्टराईले बताए।
बजेटको कुरामा धेरै अल्मलिन नहुने बताउँदै प्रधानमन्त्रीले पूर्ण बजेटनै ल्याउनु पर्ने बताए। बजेटको विषयमा अन्य दलहरुको पनि त्यति धेरै फरक मत नभएको दावी उनले गरे। राजनीतिक सहमतिमा अध्यादेश मार्फतनै बजेट ल्याईने पनि उनले बताएको प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा छ।
उद्योग कलकारखाना बन्द हुनु चिन्ताको विषय भएको बताउँदै भट्टराईले बन्द उद्योग खुलाउन राज्यले सवै पहल गर्ने बताए। 'उद्योग बन्द गर्दा राज्य, व्यवसायी र जनता कसैलाई पनि फाईदा पुग्दैन' उनले भने। रुग्ण उद्योगहरुलाई पनि खुलाउने तर्फ सरकार रहेको भट्टराईले बताए।
उद्योगी-व्यापारीको आग्रहपछि कोईरालाले आर्थिक एजेन्डामा काग्रेसको सहमति रहेको कोईरालाले बताए। राजनीतिक अन्योललाई सहमतिमा ल्याउन निजिक्षेत्रले कोइरालासँग अनुरोध गरेको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता