अमेरिकी डलरको भाउ घट्यो

E-mail Print
(0 votes, average 0 out of 5)
सुदर्शन सापकोटा, काठमाडौं, असार १५ - अमेरिकी डलरको मूल्य एकैदिन १ रुपैयाँ ५ पैसाले घटेको छ । राष्ट्र बैंकले शनिबार र आइतबारका लागि १ डलरको ९० रुपैयाँ ३५ पैसा तोकेको छ।  अघिल्लो साताको बिहीबार डलरको मूल्य अहिलेसम्मकै उच्च ९१ रुपैयाँ ८८ पैसा पुगेको थियो। 

 भारतीय मुद्रा डलरसँग कमजोर हुँदा नेपाली मुद्रा पनि घट्छ र डलरको भाउ बढ्छ । नेपाली मुद्राको भारतीयसँग १ सय बराबर १ सय ६० रुपैयाँको स्थिर विनिमय भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रा पनि कमजोर भएको हो ।

डलरको मूल्य बढ्दा नेपाली अर्थतन्त्रलाई फाइदा कम, बेफाइदा बढी गर्छ। डलर महँगिएकाले विदेशबाट भित्रिने वस्तु, पढ्न, घुम्न र स्वास्थ्य उपचारका लागि बाहिर जान महँगो पर्ने छ। पर्यटन व्यवसायी, विदेशमा बस्ने नेपालीले पठाउने पैसा (रेमिट्यान्स) पाउने परिवारलाई डलर महँगो हुँदा फाइदा हुन्छ। विदेशी कलेजमा पढ्न जाने विद्यार्थीको खर्च बढ्ने छ। औषधि उपचार, पर्यटक भएर विदेश भ्रमणमा जानेहरूलाई महँगिएको डलरले प्रभावित पार्छ। 

डलर महँगिदा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीका लागि तोकिएभन्दा बढी रुपैयाँ खर्च गर्नुपर्छ। यसले बजेट घाटा बढ्ने र अर्थतन्त्रमा सुस्तता आउँछ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता