सुन तोलामा ७ सय घट्यो

E-mail Print
(0 votes, average 0 out of 5)

काठमाडौँ, असार १५ - नेपाली बजारमा छापावाल सुनको मूल्य बिहीबारको तुलनामा आज प्रतितोला ७ सयले घटेर प्रतितोला ५६ हजार ५ सय कायम भएको छ। स्थानीय बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५७ हजार २ सय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ।

छापावाल सुनको मूल्यमा दैनिक उतारचढाव भइरहेको छ। यही असार १२ गते छापावाल सुनको मूल्य प्रतितोला रु ५७ हजार ४ सय रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव भइरहेको र अमेरिकी डलरको तुलनामा भारतीय रूपैयाँ बलियो हुँदै आएकाले सुनको मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए।

सुन खरिद गर्नेहरूको अहिले अनुकूल समय भए पनि सुन खरिद गर्नेहरूको जति चाप हुनुपर्ने हो, त्यति चाप नरहेको र सुनको मूल्य अत्यधिक बृद्धि भएकाले क्रेताको क्रयशक्तिमा पनि ह्रास आएको शाक्यले बताए।

यसैगरी बिहीबारको तुलनामा आज चाँदीको मूल्यमा प्रतितोला रु २० ले घटेर प्रतितोला रु एक हजार १० कायम भएको छ। स्थानीय बजारमा बिहीबार चाँदीको मूल्य प्रतितोला रु एक हजार ३० कायम थियो। - रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता