Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

पूर्ण बजेटको तयारी अन्तिम चरणमा : अर्थमन्त्री पुन

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार १७- अर्थमन्त्री वर्षमान पुनले सबै राजनीतिक दलहरूको सहमतिमा न्यूनतम् साझा आर्थिक एजेण्डाहरू तय गरी पूर्ण बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। उनले बजेटमार्फत् सरकारले लगानीमैत्री वातावरण बनाउने विश्वाससमेत व्यक्त गरे।
 

राजधानीमा आयोजित नेपाल उद्योग परिसङ्घसँगको पूर्व बजेट छलफलमा उनले सहभागी उद्योगी/व्यवसायीहरूलाई सरकारले पूर्ण बजेट ल्याउने विश्वास दिलाउँदै भने, 'सबै दलको भावना समेटेर पूर्ण बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।'

आर्थिक विषयमा मुख्य राजनीतिक पार्टीसँग सहमति गर्न सकिए वैदेशिक लगानीलाई आकर्षित हुने उनको भनाई थियो।

यस वर्षको बजेटमा निरन्तरताका कार्यक्रमलाई परिवर्तन नगर्ने स्पष्ट पार्दै उनले जलविद्युत्, पर्यटन, पूर्वाधार र कृषि क्षेत्रका ठूला कार्यक्रमलाई निरन्तरता दिने गरी बजेट आउने बताए। उनले सरकारसँगै नीति बदलिने परम्परा तोडिन्छसमेत उल्लेख गरे।

अर्थ सचिव कृष्णहरि बाँस्कोटाले उद्योग परिसङ्घले दिएका सकारात्मक सुझावलाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गराउने विश्वास दिलाउँदै राज्यलाई कर तिर्ने स्वाभिमानी उद्योगी व्यावसायीको पक्षमा बजेट आउने बताए।

सरकारले अनावश्यक रुपमा कर नउठाएको स्पष्ट गर्दै उनले भने, 'कूल ग्राहस्थ उत्पादनको २० प्रतिशतसम्म कर नउठाउँदासम्म राज्य परनिर्भर हुन्छ। अहिलेको अवस्थामा सरकारले १५ प्रतिशत मात्र कर सङ्कलन गरेको छ, यसलाई बढी भन्न मिल्दैन।'

छलफलमा सहभागी उद्योगी व्यवसायीले समयमै पूर्ण बजेट ल्याउन आग्रह गर्दै मुलकमा लगानी आकर्षित गर्नका लागि मुख्य राजनीतिक दलहरूसँग आर्थिक एजेण्डामा सहमति गर्नुपर्नेमा जोड दिएका थिए।

परिसङ्घका कार्यबाहक अध्यक्ष नरेन्द्रकुमार बस्न्यातले आर्थिक वृद्धिलाई गति दिन सरकारले विकास बजेटलाई बढाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै जनताबाट उठाएको राजस्व सरकारी ढुकुटीमा निस्क्रय हुने अवस्था सिर्जना नहुने गरी बजेट ल्याउन आग्रह गरे। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता