स्वतन्त्र मूल्यमा सेयर बिक्री गर्ने व्यवस्था हुँदै

E-mail Print
(2 votes, average 2.00 out of 5)
नारायण सापकोटा, काठमाडौं, असार ६- धितोपत्र बोर्डले वास्तविक क्षेत्रका कम्पनीलाई सेयर बजारमा आकर्षित गर्न स्वतन्त्र मूल्यमा सेयर निष्काशन गर्ने व्यवस्था गर्न लागेको छ। 'आगामी बजेटमा स्वतन्त्र मूल्यमा सेयर निस्काशनको व्यवस्था गर्न सरकारलाई सुझाव दिइने छ' बोर्डका अध्यक्ष बावुराम श्रेष्ठले मंगलबार नागरिकसँग भने 'यसका लागि अहिले अध्ययन सुरु भएको छ।'

अहिले नेटवर्थलाई आधार मानेर प्रिमियममा सेयर बिक्री गर्न सक्ने व्यवस्था छ। स्वतन्त्र मूल्यमा सेयर बिक्री गर्न धितोपत्र व्यवसायी र मर्चेन्ट बैंकर व्यवसायिक हुनुपर्छ। छानिएका योग्य खरिद कर्ताबाट मूल्य तय भएपछि सर्वसाधारणका लागि सेयर जारी हुन्छ।
स्वतन्त्र मुल्यमा सेयर बिक्रीका लागि बुक विल्डिङ प्रक्रिया प्रचलनमा छ। यस प्रक्रिया अनुसार सिधै सर्वसाधारणलाई कम्पनीको सेयर बिक्री गर्न सकिंदैन। सवैलाई सेयर बिक्री खुला गर्नुअघि नियामक निकायले योग्य खरिदकर्ता तोक्छ। तोकिएका खरिदकर्ता समक्ष सेयर बिक्रीका लागि नियुक्त भएको बिक्री प्रबन्धकले मूल्यका लागि प्रस्ताव गर्छ। यी खरिद कर्ताले किन्न चाहेको सेयरको न्युनतम मूल्य तोकेर सवैलाई विक्री खुला हुन्छ।
स्वतन्त्र मूल्यमा सेयर बिक्री खुला गर्नुअघि क्रेडिट रेटिङ कम्पनी सञ्चालनमा आएको हुनुपर्छ। यस्तो कम्पनीले स्वतन्त्र मूल्यमा सेयर बिक्री गर्ने कम्पनीको रेटिङ गर्छ। संस्थागत शुसासन कायम भएको राम्रो कम्पनीलाई स्वतन्त्र मूल्यमा सेयर बिक्री गर्न दिएर बजारमा ल्याउनुपर्ने सुझाव विज्ञले दिंदै आएका छन्।

यस्तो व्यवस्था नगरि स्वतन्त्र मूल्यमा सेयर बिक्री गर्न दिंदा सर्वसाधारण ठगिने भएकोले उपयुक्त व्यवस्थाका लागि अध्ययन गर्न लागिएको बोर्डका अधिकारीहरु बताउँछन्।
'एक सय रुपैयाँमा नबिक्ने सेयर पाँच सयमा बेचेर सर्वसाधारण नठगिउन भनेर बोर्डले अहिले सम्म स्वतन्त्र मूल्यमा सेयर बिक्री गर्न नदिएको हो' ती अधिकारीले भने।
२ सय १७ कम्पनी मध्ये वास्तविक क्षेत्रका ३१ कम्पनी मात्रै बजारमा सूचिकृत छन्। वास्तविक क्षेत्रका यी कम्पनी मध्येपनि अधिकांशको कारोवार नहुने र कम हुने अवस्था छ।
वास्तविक क्षेत्रका कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्न लेखापरिक्षण प्रतिवेदन सहित एक वर्ष कार्य सञ्चालन अवधि पुरा गरे पुग्छ। तर निजीक्षेत्रका अधिकांश कम्पनी बजारबाट पुँजी उठाउन उत्सुक छैनन्। बोर्डमा सार्वजनिक निस्काशन गर्दा मात्रै कम्पनीले सवै सेयर दर्ता हुने गरेको छ। पव्लिक कम्पनीले स्थापना भएपछि बोर्डमा सेयर दर्ता गराउनुपर्ने व्यवस्था समेत पालना भएको छैन।
वास्तविक क्षेत्रका कम्पनीलाई सेयर बजारमा ल्याउन १० करोड रुपैयाँ भन्दा बढि पुँजी भएका निजीक्षेत्रका कम्पनीले अनिवार्य रुपमा १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्नुपर्ने सुझाव बोर्डको एक अध्ययनले दिएको छ।
उद्योग विभागमा १० करोड भन्दा बढिका कम्पनी चार सय ५९ दर्ता भएका छन्। यसमध्ये कृषि सम्वन्धी १७, निर्माण ९, उर्जा क्षेत्रका ७१, उत्पादन मुलक १ सय ९८, खानीजन्य चार, सेवामुलक ९१ र पर्यटन ६९ कम्पनी छन्।
ठुला साना सवै कम्पनीलाई संस्थागत सुशासनमा राख्नुपर्ने सुझाव पनि अध्ययनले दिएको छ। निजीक्षेत्रका कम्पनीलाई पारदर्शी बनाउन सके यस्ता कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्ने अनुमान गरिएको छ।

तीनदेखि १० करोडका कम्पनीको संख्या मुलुकमा १ हजार १ सय ३१ छ। यस मध्ये कृषिका ७९, निर्माण १०, उर्जामुलक १४, उत्पादनमुलक ५सय ३८, खानीजन्य ७, सेवामुलक ३ सय ४३ र पर्यटन क्षेत्रका १ सय ४० कम्पनी छन्।
तीन करोड भन्दा कम लगानीका कम्पनीको संख्या ३ हजार ५६ पुगेको छ। यसमध्ये कृषिजन्य १ सय १३, निर्माण २०, उर्जामुलक ४, उत्पादनमुलक १ हजार ४ सय ४१, खानीजन्य २७, सेवामुलक ८ सय ५२, पर्यटन ५ सय ९९ कम्पनी छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता