नेप्से ४ अंकले बढ्यो

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार १५ (नागरिक)- वित्तबाहेक कारोबार भएका सबै समूहका परिसूचक बढेकाले बिहीबार समग्र सेयर बजार परिसूचक नेप्से उकालो लागेको छ। कारोबार रकम पनि दैनिक औसतभन्दा बढी छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से ३.७२ अंकले बढेर ३७७.४७ कायम भएको छ।

बुधबार नेप्से ५.२८ अंकले बढेको थियो। बजारकै ठूलो कम्पनी नेपाल टेलिकम सूचीकृत अन्य समूहको परिसूचक सबभन्दा उच्च (११.७४) अंकले बढेको छ। यसलाई क्रमशः जलविद्युत, होटल, कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंक, विकास बैंक र बिमा समूहले पछ्याएका छन्। वित्त समूहको परिसूचक घटेको छ। व्यापार र उत्पादनमूलक समूहबाट यस दिन कुनै पनि कम्पनीको कारोबार भएन। स्टक एक्सचेन्जले सूचीकृत कम्पनीलाई ९ समूहमा विभाजन गर्दै आएको छ।
यस दिन एक हजार एक सय ४७ कारोबारमा ६ करोड ३१ लाख १५ हजार रुपैयाँ बराबरका एक लाख ९७ हजार दुई सय १४ कित्ता सेयर किनबेच भएका छन्। बुधबार ९ सय ११ कारोबारमा ४ करोड १९ लाख ५४ हजार रुपैयाँ बराबरका एक लाख ४७ हजार एक सय ६० कित्ता सेयर किनबेच भएका थिए। पछिल्लो १० महिनामा दैनिक ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदै आएको छ। गत वर्ष औसत दैनिक कारोबार रकम २ करोड ७५ लाख रुपैयाँ थियो।
यस दिन धेरै (१०९) पटक सेयर किनबेच हुने कम्पनी बैंक अफ एसिया नेपाल हो। धेरै रकम (९८ लाख ७० हजार रुपैयाँ) आधारमा बैंक अफ काठमान्डूले अग्रता लिएको छ। धेरै कित्ता (२५ हजार ३ सय ४२) सेयर किनबेच हुने आधारमा बैंक अफ एसिया अगाडि छ।
बिहीबार ७७ कम्पनीको कारोबार भएकोमा ३८ कम्पनीको सेयर मूल्य बढेको १२ को यथावत रहेको र २७ को घटेको स्टक एक्सचेन्जले जनाएको छ। स्टक एक्सचेन्जमा सूचीकृत हुने कम्पनीको संख्या बढे पनि कारोबार हुने कम्पनीको संख्या बढेको छैन्।
पूर्णीमा विकास बैंक, रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र कास्की फाइनान्स सेयर मूल्य यस दिन उच्च दरमा घटेको छ। मनकामना डेभलपमेन्ट बैंक, रारा विकास बैंक र सेवा विकास बैंक सेयर मूल्य उच्च दरमा बढ्ने कम्पनीको सूचीमा अगाडि छन्।
बजार पुँजीकरण ३ खर्ब ५६ अर्ब रुपैयाँ कायम भएको छ। यो अघिल्लो कारोबार दिनको भन्दा ४ अर्ब बढी हो। उचाइमा पुगेका बेला बजार पुँजीकरण ६ खर्ब १२ अर्ब रुपैयाँ थियो।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता