Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

तिब्बतबाट नेपाल सुन तस्करी

E-mail Print
(0 votes, average 0 out of 5)
सुदर्शन सापकोटा, काठमाडौं, असार १७- चीनमा सुन सस्तिएपछि नेपालमा यसको तस्करी बढेको छ। त्यहाँ सुनको मूल्यमा आएको उतारचढावका कारण प्रति १० ग्राममा दुई हजार रुपैयाँ सस्तो भएपछि तिब्बतबाट नेपाल सुन तस्करी हुन थालेको हो।

तस्करीकै कारण बैंकको सुन विक्री नहुँदा पनि बजारमा अभाव छैन। बजारमा दैनिक १५ किलो सुनको माग भए पनि बैंकहरुबाट व्यवसायीले जम्मा तीन किलो सुनमात्र उठाइरहेका छन्।
शनिबार चीनमा सुनको मूल्य प्रति १० ग्राम ३ हजार २ सय ६२ युआन अर्थात ४६ हजार ४ सय ४५ रुपैयाँ थियो। शुक्रबारका लागि नेपाल सुन चाँदी व्यवसायी संघले प्रति १० ग्राम सुनको मूल्य ४८ हजार ४ सय ४० रुपैयाँ तोेकेको थियो।

नेपालमा शनिबार सुनको कारोबार हुँदैन। भारतमा सुनको मूल्य प्रति १० ग्राम (२९ हजार ६ सय ७४ भारु) ४७ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको छ। पछिल्लो बजार मूल्यअनुसार नेपालभन्दा चीनमा सुनप्रति १० ग्राम १ हजार ९ सय ९५ रुपैयाँ सस्तो छ। भारतसँग चीनको मूल्य अन्तर प्रति १० ग्राम १ हजार ३५ रुपैयाँ छ। यही मूल्य अन्तरको फाइदा उठाउँदै चिनियाँ सुन नेपाल र भारतमा तस्करी भएको हो।

'सस्तोमा पाइएकाले सुन तस्करी भइरहेको छ,' सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, 'तस्करी रोक्ने जिम्मा सरकारको हो। सरकार चुप लागेर बसेपछि अवैध कारोबार स्वाभाविक रुपमा हुन्छ।' एक व्यवसायीका अनुसार, तस्करहरुले किलोकिलै सुन तस्करी गरेर उच्च नाफा गरिरहेका छन्। किलोमा १ लाख ९९ हजार ५ सय रुपैयाँ नाफा हुन्छ। भारतमा विक्री गरे १ लाख ३ हजार ५ कमाउन सकिन्छ।

चीनबाट आएको सुन नेपाली बजारमा सजिलै विक्री गर्न कठिन भएकाले कम नाफामा भए पनि अधिकांश भारत जाने गरेको छ। भारतको सीमावर्ती क्षेत्रमा सुन विक्री गर्न कठिनाइ नभएको स्रोतले बतायो। भन्सार तिरेर ल्याएको सुन पनि भारतभन्दा नेपालमा ४ सय रुपैयाँ सस्तो छ। नेपालमा सस्तो सुन पाइन थालेकाले भारतीय बजारमा भन्सार तिरेको/नतिरेको दुवै सुन सजिलै विक्री हुन्छ।

तस्करहरुले चीनको सुन स्थानीय बासिन्दालाई प्रयोग गरेर नेपाल छिराउँछन्। स्थानीयले सुन नेपाल छिराएवापत किलोको २० हजार रुपैयाँसम्म पारिश्रमिक बुझ्ने गरेका छन्। एक खेपमा स्थानीयले १० किलो सुन नेपाल भिœयाएर २ लाख रुपैयाँ कमाउने गरेको स्रोतको दाबी छ।
एक सुन व्यवसायीका अनुसार, अहिले बजारमा दैनिक २५ किलोको हाराहारीमा अवैध सुन आइरहेको छ। यसमध्ये एकतिहाइ मात्र नेपाली बजारबाट विक्री भइरहेको र बाँकी भारत जाने गरेको उनले दाबी गरे।

नेपाली बजारको मागअनुसार बैंकहरुले दैनिक २० किलो सुन आयात गरेर विक्री गर्न पाउँछन्। १५ वाणिज्य बैंकमध्ये अधिकांशले एक महिना लगाएर सुन विक्री गरेका छन्। अझै केही बैंकसँग पहिले नै मगाएको लगभग २ सय किलो सुनको 'स्टक' छ। बजारमा चोरी निकासीबाट सस्तोमा सुन आइरहेकाले भन्सार शुल्क तिरेको सुन विक्री नहुँदा स्टक बढेको हो।

सुन विक्री हुन छाडेपछि बैंकहरुले नाफा नराखी मूल्य तोकेका छन्। पहिले बैंकहरुले खरिद मूल्यको आधा प्रतिशतसम्म नाफा राख्थे। दुई वर्षअघि नेपालमा अत्यधिक सुन आयात भएर शोधनान्तर घाटा एकैचोटि २३ अर्ब पुगेपछि राष्ट्र बैंकले सुन मगाएर आपूर्ति गर्ने अधिकार व्यवसायीबाट खोसेर वाणिज्य बैंकहरुलाई दिएको थियो।

६ महिनाअघि बैंकहरुले दैनिक २० किलो सुन दिँदा व्यवसायीले ३५ किलो दिनु पर्ने भन्दै राष्ट्र बैंकमा गुनासो गरेका थिए। त्यस बेला भन्सार दर नबढेकाले अवैध सुन आउने बाटो बन्द थियो। गत वैशाख २१ गते सरकारले प्रति १० ग्राम १५ सय रुपैयाँ रहेको भन्सार दर बढाएर २३ सय पुर्‍याएपछि तस्करी मौलाएको हो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता