Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Nov 20th

कला

टम र केटको पारपाचुके

टम र केटको पारपाचुके
न्युयोर्क, असार १७ (एजेन्सी)- हलिउड दम्पती टम त्रु्कज र केट होम्सबीच पारपाचुके हुने भएको छ। ‘मिसन इम्पोसिल' सिरिजका अभिनेता टम र उनकी अभिनेत्री पत्नी केटी दुवैले पाँच वर्षे वैवाहिक सम्बन्ध टुटिसकेको पुष्टि गरेका छन्।
केटीका वकिल जोनाथन वोल्फका अनुसार आफ्नी ६ वर्षीया छोरी सुरीको भविष्य राम्रो बनाउन भने दुवैले विशेष निर्णय गर्न बाँकी छ। वकिल जोनाथनले भने, ‘केट र उनको परिवारका लागि यो नितान्त निजी मामिला हो, केटको पहिलो प्राथमिकता छोरीको भविष्य रहेको छ।'
विस्तृतमा

सेन्सरले ‘लिम्बुवान' मेट्यो

सेन्सरले ‘लिम्बुवान' मेट्यो
काठमाडौं, असार १७ (नागरिक)- नेपाली फिल्मलाई बिना तर्क दुःख दिने सेन्सर बोर्डको शिकार फिल्म ‘हाइवे' पनि बनेको छ। सेन्सरले बिहीबार फिल्मको एउटा दृश्यबाट ध्वनि मेटाइदिएको छ। त्यसैले निर्देशक दीपक रौनियार आफ्नो फिल्मलाई सेन्सरले साइलेन्ट फिल्म बनाएको दावी गर्छन्। 
इलामदेखि काठमाडौंसम्म यात्रा गर्दा गर्दा एउटा बसका यात्रुले ठाउँठाउँका चक्काजामबाट झेलेका व्यथाहरु फिल्ममा समावेश छ। इलाममा प्रदर्शनकारीहरुले जुलुस निकाली ‘लिम्बुवान जिन्दावाद' भन्दै सडक अवरोध गरेको एउटा दृश्य फिल्ममा खिचिएको थियो। सेन्सरले यही ‘लिम्बुवान जिन्दावाद' शब्द मेटाइदिएको छ, अंग्रेजी सबटाइटलमा समेत राख्न नपाउनेगरी।
विस्तृतमा

धरावासीको आँसु रोकियो

(4 votes, average 3.75 out of 5)
धरावासीको आँसु रोकियो बसन्त बस्नेत, काठमाडौं, असार १६ -गत वर्ष पत्नी गुमाएका कलाकार हरिवंश आचार्यले अर्को बिहे गरेको समाचार सेलाउन नपाउँदै उही समय उही पीडा भोगेका लेखक कृष्ण धरावासीले शुक्रबार बिहे गरे। कवि तीर्थ श्रेष्ठको भाषामा ‘धरावासीलाई धरावासी बनाउन महत्वपूर्ण भूमिका खेल्ने सीताजी' बितेको एक वर्षपछि झापा बिर्तामोडकी मन्जु विमली उनको जीवनसाथी भएकी छन्।
विस्तृतमा

ऋण बोकाई पूरा भयो 'मुनामदन'

(5 votes, average 4.20 out of 5)
ऋण बोकाई पूरा भयो 'मुनामदन' दीपेन्द्र लामा, काठमाडौँ- आज असार १५। सबैले रोपाइँ गर्ने दिन। निर्माता नवराज ढकाल भने कटनी सुरु गर्दैछन्। आजकै दिनप्रति समर्पित छ, महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध 'असार १५'। निर्माता ढकाल चाहिँ आजदेखि काठमाडौंका दर्शकलाई देवकोटाको खण्डकाव्य 'मुनामदन' देखाउँदैछन्।

गाउँघरमा पटकपटक नाटकको रूपमा हेरेको 'मुनामदन'बाट उनी कति प्रभावित भए भने, छोरीको नाम नै मुना राखिदिए। त्यतिमात्र होइन त्यसलाई फिल्म बनाउन लाखौं रूपैयाँको जोखिम नै मोले।

विस्तृतमा

भक्तपुर पाटीमा मैथिली भजन

(10 votes, average 4.40 out of 5)
भक्तपुर पाटीमा मैथिली भजन उपेन्द्र लामिछाने, भक्तपुर, असार १४  - शताब्दीयौंदेखि भक्तपुरका पाटीमा मिथिला भजन गुन्जदै छन्। गाउने र बजाउनेलाई यो भने कुन भाषा हो पत्तो छैन। तर यी भजन गाउँदा माहौल रमाइलो हुने उनीहरुले सुनाए। 'बाबु-बाजेको पालादेखि नै यी भजन गाउँदै आएका हौं,' पुलाङ डाफ(पुरानो डफ्फा)का ८६ वर्षीय नाइके आशलाल लिविले भजनका पाण्डुलिपि देखाउँदै भने, 'हिन्दी जस्तो लाग्छ तर पूरै हिन्दी होइन।'
विस्तृतमा

मोनिका युनुस नेपाल आउँदै

(2 votes, average 3.00 out of 5)
मोनिका युनुस नेपाल आउँदै

श्याम भट्ट, काठमाडौं, असार १४- नोबल पुरस्कार विजेता बंगलादेशी पिता मोहम्मद युनुस र रसियाली आमाकी प्रख्यात ओपेरा गायक छोरी मोनिका युनुस आफ्ना पति ब्रान्डन म्याकरेनोलडससँग जुलाई पहिलो साता काठमाडौं आउँदैछिन्।
विस्तृतमा

फिल्म समीक्षाः अपवाद

(8 votes, average 3.75 out of 5)
फिल्म समीक्षाः अपवाद


मनसुनको भेलसँग लडिबुडी गर्दै हलमा चलिरहेको छ 'अपवाद' फिल्म। यसमा एउटा त्यस्तो पात्रको आत्मपरक कथावाचन छ, जो जीवनको एउटा भेलमा बगेर समाजदेखि गुमनाम हुन्छ। फिल्ममा त्यत्ति धेरै झरी छैन तर झरीको मुड सुरुदेखि अन्तिमसम्म छ।  सहरका मल्टिप्लेक्समा नेपाली फिल्म हेर्नेको मेला लाग्न थालेपछि थोरै पात्र र सानो खर्चमा बनेको 'अपवाद' रिलिजअघि नै हिट भइसकेको थियो। फिल्म बनाउन पैसा र तामझाम होइन फरक कथा र कलात्मकता चाहिन्छ भन्ने प्रमाणित गर्ने फिल्मको सूचीमा यो थपिएको छ।

विस्तृतमा

छाडा फिल्म बढेकोमा चिन्ता

(1 vote, average 5.00 out of 5)
छाडा फिल्म बढेकोमा चिन्ता
काठमाडौं, असार १२ (नागरिक)- अभिनेत्रीहरूको वर्गीकरण हुनुपर्ने तर्क अभिनेत्री रेखा थापाले एक कार्यक्रममा गरेकी छिन्। मंगलबार राजधानीको नेपाल पर्यटन बोर्डमा आयोजित अन्तर्क्रियामा उनले भनिन्, 'निर्माताले निश्चित दृश्य खिच्न कहिल्यै बाध्य पार्दैनन्। बरू अभिनेत्रीहरू आफैं त्यस्ता दृश्य दिन उत्साहित हुन्छन्।' 
विस्तृतमा

ऋचा छक्क परिन्- यो मेरै पेटबाट निस्केको छोरा हो ?

(15 votes, average 3.40 out of 5)
ऋचा छक्क परिन्- यो मेरै पेटबाट निस्केको छोरा हो ?


काठमाडौं, असार १२ (नागरिक)- आइतबार बिहान छोरा जन्माएकी अभिनेत्री ऋचा घिमिरेलाई भेट्न राजधानीको ओम अस्पतालमा सोमबार कलाकारको भीड लाग्यो। 'यो मेरै पेटबाट निस्केको छोरा हो भनेर एकछिन छक्क परेकी थिएँ,' ऋचाले ठट्टा गरिन्। उनी बुधबार डिस्चार्ज हुनेछिन्।

रक्तचाप अत्याधिक फेरबदल भएपछि चिकित्सक ममता बरालको सल्लाह अनुसार शनिबार उनलाई अस्पताल भर्ना गरिएको थियो। आइतबार बिहान ११:२४ बजे उनले झन्डै चार केजीको स्वस्थ छोरालाई जन्म दिएकी थिइन्। 'अहिले हल्का पीडा महसुस भएको छ। तैपनि साधारण हिँड्डुल गरिरहेकी छु,' ऋचाले भनिन्।

विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  Next 
  •  End 
  • »
Page 1 of 6
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता