Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

कला

मर्डर ३ मा हुनेछैनन हासमी

(3 votes, average 4.67 out of 5)
मर्डर ३ मा हुनेछैनन हासमी मुम्बई, असार ४ (एजेन्सी) - सोविजमा नयाँलाई प्राथमिकता दिने मुकेश भट्टले आफ्नै छोरा विशेषलाई मर्डर ३ मा निर्देशकका रुपमा ल्याउने भएका छन्। 'मर्डर ३ विशेषले निर्देशन गर्नेछन्,' मुकेशले औपचारिकरुपमै भने। 'यसराज फिल्मका लागि दिलवाले दुल्हनिया लेजाएङगे र राजश्रीका लागि मेने प्यारा किया जति महत्वको छ मर्डर ३ हामीलाई त्यति नै महत्व राख्छ,' उनले थपे।
विस्तृतमा

१०० करोडभन्दा कम कमाउन बनेको फिल्मलाई आमिरको साथ

(8 votes, average 3.88 out of 5)
१०० करोडभन्दा कम कमाउन बनेको फिल्मलाई आमिरको साथ मुम्बई, असार २ (एजेन्सी) - सरमन जोशी र वमन इरानीको प्रमुख भूमिका रहेको फरारी की सवारीको प्रिमियरमा पुगेका आमिर खानले खुलेरै प्रशंसा गरे। उनले बक्स अफिसमा यो फिल्म थ्री इडियटभन्दा सफल हुनसक्नेसमेत बताए। 'म यो फिल्मका सबैलाई शुभकामना दिन आएको हुँ। म थ्री इडियट हेर्ने सबैलाई यो फिल्म हेर्न अनुरोध गर्छु,' उनले भने, 'यो फिल्म थ्री इडियटभन्दा पर जावस् भन्ने कामना गर्छु।'
विस्तृतमा

'झुर फिल्मले १०० करोड कमाउन थाले'

(6 votes, average 5.00 out of 5)
'झुर फिल्मले १०० करोड कमाउन थाले' मुम्बई, असार १ (एजेन्सी)- भारतमा राम्रा फिल्म बनाउने मध्येका एक विधुविनोद चोपडाले अहिले झुर फिल्महरुले १०० करोड कमाउन थालेकोमा असन्तुष्टि पोखेका छन्। टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा उनले कलात्मक फिल्म बनाउनमा नाम चलेका संजय लीला भन्सालीले 'रावडी राथौड' बनाएकोमा पनि आलोचना गरेका छन्।

'आठ वर्षसम्म उनले (भन्साली) मसित काम गरेका थिए। उनले यस्तो फिल्म बनाएकोमा म खुसी छैन। उनले मलाई गुरु मान्छन्। म आशा गर्छु उनी यसबाट बाहिर आउने छन्', चोपडाले अन्तर्वार्तामा भनेका छन्।

विस्तृतमा

बिदा भए मेहदी हसन

(1 vote, average 5.00 out of 5)
बिदा भए मेहदी हसन
काठमाडौं, जेठ ३२ (नागरिक)- पाकिस्तानी गजल मेस्ट्रो मेहदी हसनको बुधबार ८४ वर्षको उमेरमा कराँचिमा निधन भएको छ। सास फेर्न समस्या भएपछि हसनलाई स्थानीय आगा खाँ अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। १२ वर्षदेखि फोक्सो, छाती र पिसाबको रोगले उनी थला परेका थिए।
विस्तृतमा

नो वान किल्ड जेसिका!

(12 votes, average 4.67 out of 5)
नो वान किल्ड जेसिका!
दीपेन्द्र लामा - फेरि एउटा रंगीन 'सपना' नफक्रिँदै तुहियो। अभिनयबाट सबैको मन जित्छु भनेर मैदानमा उत्रिएकी ज्योति खड्का (जेसिका)को आत्महत्या नेपाली फिल्मको एउटा सानो अध्यायको अन्त्य होइन। बरु डरलाग्दो र अँध्यारो अध्यायमा एउटा पृष्ठ थपिएको हो। नेपालमा आत्महत्या वा शंकास्पद मृत्यु वरण गर्ने अभिनेत्रीको सूची लम्बिएको छ। विश्वभर वर्षेनी १० लाखभन्दा बढीले आत्महत्या गर्ने गरेको तथ्यांक छ।
विस्तृतमा

नायिका जेसिकाको शव टिचिङ अस्पतालमा

(15 votes, average 3.00 out of 5)
काठमाडौँ, जेठ ३० (नागरिक)- नायिका जेसिका (ज्योति) खड्काको शवलाई अहिले पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्‍याइएको छ।
विस्तृतमा

समलैंगिकतालाई लिएर सहज छिन् विना मलिक

समलैंगिकतालाई लिएर सहज छिन् विना मलिक मुम्बई, जेठ २९ (एजेन्सी)-विवादास्पद पाकिस्तानी अभिनेत्री विना मलिक समलिंगीहरूको समर्थमा आएका छिन्। विनाले हालै दिएको एक वयानमा भनिन्,'मैले समलिंगीहरूको खुला रुपमा समर्थन गर्दै आएकी छु। र यस्तो गर्दा मलाई कुनै किसिमको संकोच हुदैन।'
यदि अमेरिकी राष्ट्रपति बाराक ओबामा र हलिउडकी सुन्दरीहरू समलिंगीहरूबीचको बिहेलाई समर्थन गर्न सक्छन् भने प्रत्येक राष्ट्रका नागरिकले पनि यसको समर्थन गर्नु पर्छ।।' उनले भनिन्।
'हरेक मानवलाई आफ्नो नियममा वाच्ने अधिकार छ। र अरुको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन।'
विस्तृतमा

आइफामा रणवीर र विद्या उत्कृष्ट (फोटो फिचर)

आइफामा रणवीर र विद्या उत्कृष्ट (फोटो फिचर)
काठमाडौं, जेठ २८ (एजेन्सी)- सिंगापुरको इन्दोर स्टेडियममा भएको १३ औं आइफा अवार्डमा रणवीर कपुर र विद्या बालन यस वर्षको सर्वोकृष्ट हिरो-हिरोइन बन्न सफल भएका छन्। अवार्डमा फिल्म 'रकस्टार'बाट रणवीर र 'द डर्टी पिक्चर'का लागि विद्याले अवार्ड हात पारेका हुन्। रणवीरले अमिताभ बच्चन, सलमान खान, शाहरुख खान र ऋतिकरोशनस्ता स्टारलाई पछाडि पार्दै अवार्ड हात पार्न सफल भएका हुन्।
विस्तृतमा

शक्ति कपुरकी छोरी 'आशिकी २' मा

(4 votes, average 5.00 out of 5)
शक्ति कपुरकी छोरी 'आशिकी २' मा
मुम्बई, जेठ २७ (एजेन्सी)- लामो खोजपछि 'आशिकी २'की हिरोइन छानिएको छ। सन् १९९० को 'आशिकी'को दोस्रो शृंखलाको रूपमा बनाउन लागिएको फिल्ममा ऋद्धा कपुरले खेल्नेछिन्। शक्ति कपुरकी छोरी ऋद्धाले यसअघि २०१० को 'तीन पत्ती' र २०११ को 'लभ का द इन्ड' अभिनय गरिसकेकी छिन्। उनलाई 'माई फ्रेन्ड पिन्टो'मा लिने भनिए पनि पछि कल्की कोचलिनलाई लिइएको थियो।
विस्तृतमा
Page 3 of 6
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता