Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 19th

ऋचा छक्क परिन्- यो मेरै पेटबाट निस्केको छोरा हो ?

E-mail Print
(15 votes, average 3.40 out of 5)


काठमाडौं, असार १२ (नागरिक)- आइतबार बिहान छोरा जन्माएकी अभिनेत्री ऋचा घिमिरेलाई भेट्न राजधानीको ओम अस्पतालमा सोमबार कलाकारको भीड लाग्यो। 'यो मेरै पेटबाट निस्केको छोरा हो भनेर एकछिन छक्क परेकी थिएँ,' ऋचाले ठट्टा गरिन्। उनी बुधबार डिस्चार्ज हुनेछिन्।

रक्तचाप अत्याधिक फेरबदल भएपछि चिकित्सक ममता बरालको सल्लाह अनुसार शनिबार उनलाई अस्पताल भर्ना गरिएको थियो। आइतबार बिहान ११:२४ बजे उनले झन्डै चार केजीको स्वस्थ छोरालाई जन्म दिएकी थिइन्। 'अहिले हल्का पीडा महसुस भएको छ। तैपनि साधारण हिँड्डुल गरिरहेकी छु,' ऋचाले भनिन्।

निर्देशक पति शंकरकी सानीआमा र ऋचाका आमा, भाउजु र हजुरआमा अस्पतालमै हेरचाहका लागि व्यस्त छन्। ऋचा सुत्केरी भएको सुन्नेबित्तिकै अभिनेत्री अरूणिमा लम्साल अस्पताल पुगेकी थिइन्। आइतबार ऋचा बेहोसीमै रहेकीले आफूलाई भेट्न आएका शुभचिन्तकबारे थाहा पाइनन्।

अहिले आमा र छोराको अवस्था समान्य छ। ५८ केजीकी उनको तौल बढेर ८१ सम्म पुगेपछि अपरेसनबाट बच्चा निकालिएको थियो। अपरेसन झन्डै एक घन्टा चलेको थियो।

'नौ महिना भइसकेको र बच्चाको तौल एक्कासी बढेपछि अपरेसन गर्न सुझाव दिएका थियौं। रक्तस्राव धेरै भएकोले आराम चाहिन्छ। औषधी पनि दिएका छौं,' चिकित्सक ममताले भनिन्।

खानापिनमा झोल पदार्थलाई प्राथमिकता दिइएको छ। 'अब छोराको हेरचाहमा समय दिनुपर्ने र पहिलकै अवस्थामा फर्कन केही समय लाग्ने हुँदा एक वर्ष फिल्मबाट टाढा रहने सोचमा छु,' ऋचाले भनिन्। असार १७ मा 'तुलसी' फिल्म रिलिज गर्न उनका पति न्वारान सिध्याएर अमेरिका जानेछन्।

निर्देशक शंकर घिमिरे भन्छन्, 'शल्यक्रिया गरेको १५ मिनेटमै मलाई बच्चा दिइयो। आफ्नो सन्तानको माया लागेरै होला रातभर केही भयो कि छोरालाई भनेर स्याहार गरिरहेको थिएँ।'

'तुलसी' अमेरिकाको २२ वटा सहरमा लाग्ने उनले जानकारी दिए। 'केही वर्ष छोराकै हेरचाहमा लाग्ने छौं। शंकर र ऋचा तीन वर्षअघि वैवाहिक सम्बन्धमा बाँधिएका थिए।

ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता