Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Nov 20th

छाडा फिल्म बढेकोमा चिन्ता

E-mail Print
(1 vote, average 5.00 out of 5)

काठमाडौं, असार १२ (नागरिक)- अभिनेत्रीहरूको वर्गीकरण हुनुपर्ने तर्क अभिनेत्री रेखा थापाले एक कार्यक्रममा गरेकी छिन्। मंगलबार राजधानीको नेपाल पर्यटन बोर्डमा आयोजित अन्तर्क्रियामा उनले भनिन्, 'निर्माताले निश्चित दृश्य खिच्न कहिल्यै बाध्य पार्दैनन्। बरू अभिनेत्रीहरू आफैं त्यस्ता दृश्य दिन उत्साहित हुन्छन्।' 
'नेपाली सिनेमा क्षेत्रमा हामी कता जाँदैछौ?' भन्ने अन्तर्त्रि्कयामा अभिनेत्री करिश्मा मानन्धरले नकारात्मकतातर्फ गइरहेको स्पष्ट पारिन्, 'मैले कम फिल्म खेलेको छु भन्दैमा फिल्म क्षेत्रमा आएको नकारात्मक कुराप्रति आँखा चिम्लिन मिल्दैन। सबैले चिन्ता दिनुपर्ने अवस्था आइसकेको छ।'
निर्देशक नीर शाहले फिल्मको वर्गीकरण गर्न सके यस्ता समस्या हट्नेमा जोड दिए। 'विद्यालय खोलेको भनेर वेश्यालय खोल्न पाइँदैन। फिल्मको तह छुट्याएर त्यही अनुसारको शो समय तोक्नु पर्‍यो। जसले गर्दा मौलिक फिल्म मर्न पाउँदैन,' शाहले सुझाए।
'चपली हाइट'की हिरोइन बिनिता बरालले दावी भनिन्, 'चपली हाइटमा सेक्सभन्दा पनि नारीको शक्तिलाई अगाडि ल्याइएको छ।' सेन्सरबोर्डका अध्यक्ष सुशील ओझाले छाडा फिल्मको संख्या एक्कासी बढेकोमा आपत्ति जनाए। 'सबैको सामाजिक दायित्व पनि हुन्छ भन्ने कुरालाई आत्मासात गर्न सक्नुपर्छ। नेपाली समाजले छाडा फिल्म पचाउने बेला आइसकेको छैन। अहिले हामीले यस्ता फिल्मको स्त्रि्कप्ट नै रद्द गर्न थालेका छौं,' उनले भने।
पछिल्लोपटक 'लुट' फिल्म हेरेकी सपना प्रधान मल्लले भनिन्, 'कुनै समय फिल्म हेर्नु भनेको ९० प्रतिशत गलत कार्य हो भन्ने सोच थियो। सबैले काम गर्न पाउने अधिकार छ भन्दैमा सामाजिक दायित्व बिर्सनु भएन।' एउटा फिल्मको भाषा निश्चित दृश्यका लागि आवश्यक पर्छ होला तर जता पनि त्यही शैली सही नहुने उनले बताइन्। 'लुटमा एउटाले निश्चित ठाउँमा मात्र बोल्ने भाषालाई नकारात्मक रूपमा अरु फिल्मले कपि गरेका कारण यस्तो समस्या आएको हो,' उनले भनिन्।
'फिल्मकै पोस्टर हेरेर लाज हुने अवस्था आइसकेको छ। नयाँ पुस्तालाई नेपाली फिल्मलाई नकारात्मक रूपमै बु‰न बाध्य बनाइएको छ,' कलाकार सिर्जना सिंह योञ्जनले भनिन्। छाडा बोल्यो र सेक्स दृश्यमात्र समावेश गरेर फिल्म चल्छ भन्ने मान्यता गलत भएको तर्क उनले गरिन्।
निर्माता अर्जुनकुमारले फिल्म बनाएर समाजसेवा गर्न नसकिने बताए। 'मैले सेक्स बेच्छु भनेर फिल्म बनाएको होइन। मेरै फिल्मलाई नकारात्मक भनिएर कपि गर्ने शैलीप्रति दुःखी भने भएको छु,' उनले भने। मिडिया एडभोकेसी ग्रुपले आयोजना गरेको कार्यक्रममा नवराज ढकाल, सुचित्रा श्रेष्ठ, नरेश पौडेल, राजकुमार राई र बबिता बस्नेत लगायतले आ-आफ्ना धारणा राखेका थिए।
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता