केटीहरू चुम्छन् त म के गरूँ?

(12 votes, average 2.92 out of 5)
केटीहरू चुम्छन् त म के गरूँ? लोकप्रिय बलिउड गायक उदितनारायण झाका छोरा आदित्यनारायण झाको आफ्नै स्टारडम छ। गायक, नायक र टेलिभिजन कार्यक्रम प्रस्तोता आदित्यलाई स्टेजमै पुगेर चुम्ने क्रेजी फ्यान छन्। गएको शनिवार लाइभ कन्सर्टमा आदित्यको प्रस्तुतिमा रमाउन पायो पोखरा। पहिलोपटक नेपाल आएका आदित्यले 'जरा सा दिलमे जगह दे तु', 'पहला नशा' आदि चर्चित हिन्दी गीत गाएका थिए।
विस्तृतमा
 

संघीय राज्यमा लोकु

(10 votes, average 3.70 out of 5)

किशोर नेपाल- प्रमिता र रमनको मित्रता सराङकोटको उकालो चढ्न थालेको थियो। उनीहरू ग्लाइडरबाट पोखराको आनन्द लिन खोजिरहेका थिए। प्रमिताको मनमा डरले बास गरेको थियो। कतै यो ग्लाइडर अनियन्त्रित भएर डाँडाको कापैकापमा हरायो भने? कतै यो ग्लाइडर फेवामा खस्यो भने? प्रमिताको मन झसंग भयो, जिउ सिरिङ्ङ गर्‍यो। ग्लाइडर प्वइन्ट पुग्ने बेलामा उसले रमनसँग बिस्तारै भनी, 'भो, म त जान्न यार। सारै डर लाग्यो।'

विस्तृतमा

कन्टिनेन्टलमा सहमति संविधानमा विमति

(2 votes, average 1.00 out of 5)

नयाँ नेपालको नयाँ संविधान निर्माणको सहमति खोज्न हात्तीवन रिसोर्ट पुगेका नयाँ नेपालका नेताहरू कन्टिनेन्टल खानामा सहमत भए। खानाका परिकारमध्ये मिठो र स्वास्थ्यका लागि लाभदायक मानिने कन्टिनेन्टल आइटम ग्रिल्ड फुड अर्थात् सेकुवा परिकारको खाना समूह हो।

विस्तृतमा

सद्दामको भान्छामा २४ घण्टा

(14 votes, average 4.29 out of 5)
सद्दामको भान्छामा २४ घण्टा सद्दाम हुसेनको नाम सुन्नेबित्तिकै हाम्रा कान ठाड्ठाडा हुन्छन्। सद्दामको क्रुरताको वर्णन कानै पाक्ने गरी सुनेका छौँ हामीले। व्यक्तिगत रूपमा सद्दाम कस्ता थिए? त्यो त उनलाई भोग्ने र झेल्नेलाई मात्र थाहा होला। विश्वले जानेका सद्दाम त एक खुँखार तानाशाह थिए। हालै सुर्खेतको यात्राबाट फर्किँदा मैले एकजना नेपाली सद्दाम हुसेनको सेफ भएको कुरा सुनेँ। म ती व्यक्तिलाई भेट्न आतुर भएँ। उनी लमहीमा बस्थे।
विस्तृतमा

सौराहामा बिग अचिभमेन्ट

(3 votes, average 4.67 out of 5)
किशोर नेपाल- यसपटक रमनले नयाँ वर्ष एक्लै मनाउने निर्णय गर्‍यो। गर्लफ्रेन्डले दिनदहाडै धोका दिएपछि ऊ सौराहामा एक्लै थियो र उसले भोलिपल्ट बिहानका लागि हात्ती चढ्ने योजना बनाइसकेको थियो। एक त सौराहाका हात्ती, त्यसमा पनि नयाँ वर्षको रमझम! होटलवालाले अलिकति आनाकानी गरे पनि उसले हात्ती राइडको व्यवस्था जसरी पनि मिलाइदिन रिक्वेस्ट गर्‍यो।
विस्तृतमा

ढुक्कै मनमौजी

ढुक्कै मनमौजी
नयाँ नेपालको नयाँ पुस्ता ढुक्कै मनमौजी छ। रमाइलोको खोजीमा छ ऊ जीवनमा। मरेपछि डुमै राजा। बाँचुञ्जेल रमाइलो गर्न केको एजेन्डा? नयाँ वर्षका दिन आफ्ना आकांक्षालाई सगरमाथाको शिखरमा पुर्‍याएर एजेन्डा जतिसुकै खुँखार बनाए पनि आफूले सोचेजस्तो हुने होइन।
विस्तृतमा

च्याम्सी र फ्यान्टास्टिक अछाम

(3 votes, average 2.33 out of 5)
किशोर नेपाल- डँडेलधुराबाट हुँइकिएको रायनाको गाडी अत्तरियासम्म कतै नरोकिई आइपुग्दा बिहानको ९ मात्रै बजेको थियो। अत्तरियामा चालकले गाडी रोक्यो। ओर्लिएर दगुर्दै छेउको झाडीले छेकियो। ट्वाइलेट जान त रायनालाई पनि मन लागेको थियो। तर कतै थिएन सेफ पोइन्ट। चालकले रायनाको मनको कुरा बुझ्यो।
विस्तृतमा
Page 5 of 9

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शुक्रबार