संस्कृतसँग नेपाली र हिन्दीको साइनु

E-mail Print
(1 vote, average 5.00 out of 5)
गाउँले बलदेव- शरीरलाई मनसँग, मनलाई आत्मासँग र आत्मालाई परमात्मासँग मिलाउने महापुरुष 'योगी' भनिन्छन् र हेर्दा पीताम्बर तथा मालाधारी, जगल्टे, फुस्रे तथा दुराचारी आडम्बरीहरू 'जोगी' नामले चिनिन्छन्। वेदको उच्चारणमा 'य' कतै 'य' नै हुन्छ भने कतै 'ज्य' हुन्छ त्यसैले गायत्री मन्त्रको 'धियो योनः'को उच्चारण 'धियो ज्योनः' हुन्छ।
 
शब्दको आदि अर्थात् सुरुमा आउने 'य'को वैदिक उच्चारण 'ज्य' हुन्छ। योगी = जोगी, यमराज = जेमराज, यव = जौ, यः = जो, यत् = जुन, यथा = जस्तो, यत्र = जहाँ, यर्हि = जहिले, यज्ञ = जग्गे, यजमान = जजमान, यात्रा = जात्रा, कार्य = काज, यत्न = जतन, यथाभावी = जथाभाबी, यन्त्र = जन्तर, यमक = जम्का (जम्काभेट), यमल = जम्ला, यमलक = जम्ल्याहा, येनतेन = जिनतिन, युक्ति = जुक्ति/जुक्ती, युग = जुग, योनि = जुनी, यथा = जेथा, योग = जोग, संयोग = सन्जोग, सन्ध्या = सन्जे, योद्धा = जोधा, यौवन = जोबन/जोबान, योगट = जोर आदि।
वेदमा स्वरयुक्त 'ष'को उच्चारण 'ख' हुन्छ। 'क्ष' 'क्±ष'को संयुक्त रूप हो। इक्षु = उखु, बुभुक्षा = भोक, पक्ष = पखेटा/पाखो, अक्षि = आँखो, कुक्षि = कोख, भिक्षा = भिख/भिक, क्षति = खती, क्षेत्र = खेत, क्षीर = खिर, षट्कुण्डली = खड्कुँलो, क्षत्रिय = खत्री, क्षरणी = खरानी, अक्षत = आखत, अक्षर = आखर, यक्ष = याक्खा (एक थरी राई), क्षाल = खाला, क्षय ± नु = खिइनु, क्षिप् ± नु = खिप्नु, क्षिया = खिया, क्षीण ± इलो = खिरिलो, क्षीण ± ओ = खुँडो, क्षुरक ± नु = खुर्कनु, क्षेत्रपाल = खेतालो, क्षोट = खोट, क्षोदन/क्षुद् ± नु = खोतल्नु, क्षौर ± नु = खौरनु, रक्षा = रख्खे, षडानन = खडानन आदि।
नेपाली उच्चारण संस्कृतको प्रभाव पर्नु स्वाभाविक हो। नेपाली भाषा संस्कृतकै वंशज भाषा हो। संस्कृतसँग हिन्दी र नेपालीको साइनु समान छ तर उच्चारणका दृष्टिले नेपाली चाहिँ संस्कृतको नजिक छ। नेपाली भाषा हिन्दीभन्दा धेरै शुद्ध भाषा हो भन्नुको कारण यही हो। नेपालीमा पनि संस्कृतमा जस्तै शब्दान्तको मात्राविहीन संयुक्त अक्षरको उच्चारण अकारान्त हुन्छ। अकारान्त भनेको पछाडि 'अ' आउने हो। कर्ण = नेपालीमा 'कर् ण' र हिन्दीमा 'कर्ण्' उच्चारण हुन्छ। हिन्दीमा हलन्त अर्थात् व्यञ्जनान्त उच्चारण गरिन्छ। यससम्बन्धी चर्चा पहिलेकै अङ्कमा पनि गरिसकेको छु।
'कर्ण, मित्र, चित्र, भित्र, बाहिर, आज, शिव, कृष्ण, पुष्ट, वृद्ध, सिद्ध, शशाङ्क, अङ्ग, अङ्क, सुवर्ण' आदिको उच्चारण गर्दा नेपालीमा पछाडि 'अ' आउँछ। हिन्दीमा चाहिँ खुट्टो काटिएको जस्तो गरी 'कर्ण, मित्र्, चित्र्, शिव्, कृष्ण्, पुष्ट्, वृद्ध्, सिद्ध्, शशाङ्क्, अङ्ग्, अङ्क्, सुवणर््' उच्चारण गर्छन्। 'ऐना'को उच्चारण हिन्दीमा 'एना' भएको छ। नेपालीमा 'अइना' नै छ। नेपाली भाषीहरू पैसा कमाउँछौँ हिन्दी भाषीहरू पेसा कमाउँछन्। हिन्दीमा विभक्ति छुट्याएर लेख्छन् ( तुम को, आप को आदि)। नेपालीमा चाहिँ जोडेर लेखिन्छ (भाइले, भाइलाई, भाइदेखि, भाइको, भाइमा आदि।)। नेपालीमा 'समता, ममता, क्षमता, सुषमा, जनता, पुतली' आदि शब्दमा आउने बिचको अक्षरको अकारान्त उच्चारण हुन्छ तर हिन्दीमा 'सम्ता, मम्ता, क्षम्ता, सुष्मा, जन्ता, पुत्ली' हुन्छ। 'ङ्, ञ्, ण्, न्, म्'को काम वैकल्पिक अनुस्वार (शिरविन्दु) बाट चलाइन्छ-'अंक, पंच, घंटा, संदेश, संबन्ध आदि'। नेपालीमा चाहिँ त्यस्तो चलनलाई पूरा शुद्ध मानिँदैन। हामी 'अङ्क, पञ्च, घण्टा, सन्देश, सम्बन्ध आदि' नै लेख्न चाहन्छौँ। यो पनि संस्कृतको पूर्ण प्रभाव हो। उपर्युक्त कारणले गर्दा संस्कृत र संस्कृतिको माया नै गर्ने हो भनेे नेपालमा हिन्दीको होइन बरु भारतमा नेपालीको चलन बढाइदिए के होला?
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

शुक्रबार