अन्तर्वार्ता

सबैले माने, बाबुरामजीले मान्दिनुभएन

(4 votes, average 3.00 out of 5)
सबैले माने, बाबुरामजीले मान्दिनुभएन

२०५९ जेठ ८, अर्थात् ठीक दश वर्षअघि प्रधान मन्त्री शेरबहादुर देउवाले संसद विघटन गरे, अरुले विरोध गरे। इतिहासको संयोग, दश वर्षपछि व्यवस्थापिका संसदको समेत काम गरिरहेको संविधान सभा विघटन भएको छ। कोही नयाँ चुनावमा जाने भन्दैछन्, कोही अरु विकल्प सुझाइरहेका छन्। उनीचाहिँ पुनर्स्थापना गरेर त्यसैबाट संविधान जारी गर्नुपर्छ भनिरहेका छन्।

बिहीबार बिहान उनीसँग कुरा गर्न नागरिक बूढानिलकण्ठ जाँदा कसैको बिहेको निम्तो मान्न जान दौरा-सुरुवालमा ठाँटिएर बसेका थिए देउवा। अनुहारमा कुनै आक्रोश, आलस्य, हतारो वा आकांक्षा झल्कँदैनथ्यो। बरु रोमाञ्चक मुडमा थिए उनी। घुम्ने मेचमाथि बस्नुअघि उनले ठट्टा गरे- ‘अलि अप्ठेरा प्रश्न सोध्नूस् है।' त्यसपछि नागरिकका बसन्त बस्नेत र स्वरुप आचार्यले उनीसँग एक घण्टा १५ मिनेट कुरा गरे।


पछिल्ला दिनमा केही बोलिरहनुभएको छैन। लो प्रोफाइल मेन्टेन गर्न खोज्नुभएको हो?
म पहिलेदेखि नै धेरै बोल्ने मान्छे होइन। सधैं बकबक गरेर केही फाइदा पनि छैन। खासखास विषयमा बोलेको पनि छु। संविधान सभा विघटन भएपछि पनि बोलें।

 

त्यो त सबैले बोलिरहेकै छन्। निचोड निस्कने गरी बोल्नुभएको सुनिएन नि?
निचोड निस्कन्छ कि निस्कन्न हेर्दै जानूस्। संविधान सभाबाट दुई कुरामात्र छिनोफानो हुन बाँकी थियो। प्रदेश कति वटा हुने, नाम के हुने। फरक फरक दृष्टिकोण र स्वार्थ बोकेर आएका पार्टीबीच मतभेद हुनु अस्वाभाविक थिएन। बन्दुक बोकेर लडेको पार्टी माओवादी थियो, विधिको शासन, बहुलवाद र संसदीय मान्यता राख्ने हामी पनि थियौं।

 

बन्दुक त कुनै बेला तपाईंहरूले पनि बोक्नुभएकै थियो!
२००७ साल, १८/१९ साल, ३२/३३ सालतिर बन्दुक बोकेर लडे पनि हाम्रो उद्देश्य बहुदलीय प्रजातन्त्र, बहुलवाद, विधिको शासन, स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस स्थापना गर्ने नै थियो। तर माओवादीको उद्देश्य त्यस्तो थिएन। पहिले एमालेको पनि त्यस्तो उद्देश्य थिएन। जुन जुन पृष्ठभूमिबाट आएका भए पनि यो पल्ट हामी सबै मिलेर संघीय गणतन्त्र नेपालको संविधान बनाउँ भन्ने थियो।
यसका लागि, मैले संकटकाल लगाएर भए पनि समय थपौं अनि संविधान जारी गरौं भनेको थिएँ। सुरुमा अरुले अनेक अडान राख्थे। ढिलो छिटो सहमति गर्नुको विकल्प थिएन। त्यसका लागि अलोकप्रिय भए पनि संकटकालको विकल्प छान्नुपर्थ्यो। सुरुमा कोही मानेनन्। पछि अरु सबैले माने, तर बाबुरामजीले मान्दिनुभएन।

 

माओवादीसँग पहिलोपल्ट वार्ताको अग्रसरता लिँदै गर्दा प्रचण्ड बडो बहादुर हुन् भन्ने अभिव्यक्ति दिनुभएको थियो। संविधान सभा जोगाउने साहस उनले पनि गरेनन् त?
प्रचण्डलाई मैले बहादुर भन्नुको पछाडि कारण छ। वार्ताका लागि उनले युद्धविराम घोषणा गरेपछि कहीँ गोली त के गुलेली पनि चलेन। बाघको घोडा चढ्न सजिलो भए पनि त्यसबाट उत्रन गाह्रो हुन्छ। गोलीको कुरा पनि त्यस्तै हो। म बाबुराम र अरु नेताको कुरा गर्दिनँ। तर प्रचण्डमा त्यो अचम्मको बहादुरी थियो। उनले त्यत्रो युद्ध हाँके, फेरि बाह्रबुँदै समझदारी गर्दै सेफ ल्यान्डिङ पनि गराउन सफल भए। मैले त्यसैलाई बहादुरी भनेको। अहिले त माओवादी फुटिहाल्यो। मैले के भन्ने र!

 

प्रचण्डकै अडानका कारण संविधान नबनेको हो?
अब कसलाई दोष दिने? उहाँहरू भिन्न पृष्ठभूमिबाट भिन्न प्रतिबद्धता बोकेर आउनुभएको थियो। युद्धकालमा तामाङ, लिम्बू, गुरुङ, थारु, मधेस आदिलाई आ-आफ्नै प्रदेश दिने आश्वासन दिनुभएको थियो। अहिले चाहेर पनि अडान छोड्न गाह्रो भइरहेको छ।

 

संविधान सभा विघटन हुनुमा कांग्रेस कति जिम्मेवार छ?
म कसैलाई पनि तोकेर दोष लगाउन चाहन्नँ। म्याद थपेर जानेबारेमा कांग्रेस-एमाले दुवैमा हेजिटेसन भयो। अब अर्को चुनावमा जाँदा अर्को दस अर्ब खर्च हुन्छ।

 

पेट्रोल किन्न मासिक चार अर्ब खर्च गर्नसक्ने सरकारलाई चुनावका लागि दस अर्ब खर्च गर्नु कुन गाह्रो कुरा भयो र?
चुनाव गर्नु अनुचित भनेको कहाँ हो र! सबै संविधान सभालाई गाली गर्छन्। सभाका ६०१ ले केही गर्न सकेनन् भन्छन्। यत्रो काम भइसकेको कोही देख्दैनन्। म त तिनीहरूलाई विचरा भन्छु यार। नेताहरू मिल्न सक्दैनन्, तिनीहरूले दोष पाइराखेका छन्। गाली गर्नुको पनि एउटा हद हुन्छ नि। हामीले खाका दिन सकेको भए त अन्तिम समयमा उनीहरू आखिर भोट हाल्न आएकै थिए।


तपाईंहरूले बोल्नै दिनुभएन। ह्वीपमात्रै लगाउन खोज्नु भो नि?
ह्वीप पनि मान्थे होलान् नि। तर हामीले त्यहाँसम्म जानै दिएनौं। दोष त हाम्रो हो। पार्टीहरू नमिलेका हुन्।

 

घोषणा भइसकेपछि चुनावमा जानुको विकल्प पनि रहेन होला नि?
तपाईं सुन्नूस् न, हिजो हामी संविधान बनाउन नसकेर नालायक भयौं, अब फेरि भोट दिएर लायक बनाइदिनूस् भन्दै चुनावमा जाने? एक अर्कालाई गाली गर्दै भोट माग्न जान सजिलै होला।

 

ए, आफ्नै लाज बचाउन पो संविधान सभा पुनर्स्थापना गरौं भन्नुभएको?
त्यसलाई तपाईं जे भन्नूस्। माओवादीले संविधान बनाउन कांग्रेसले दिएन भन्दै भोट माग्ला, हामी माओवादीले दिएन भन्दै मागौंला। आखिर चुनाव भनेको त्यही हो नि।

 

परस्परमा गाली नै गरिहाल्नुपर्ने परिस्थिति छ र?
होइन, जनताले ‘फेरि एउटै कामका लागि किन आयौ' भन्दाखेरि गाली भए पनि गर्नुपरेन र भन्या? (हाँसो) नत्र के भनेर भोट माग्ने त? गल्ती आफ्नो पनि हुन्छ।

 

पुनर्स्थापनामात्रै समाधान हो?
हो। त्यसका लागि हामी नेताहरु बरु मिटिङका मिटिङ बसौं। अनि संविधान सभा बोलाएर त्यही निष्कर्ष पास गरिदिउँ। खर्च पनि बच्ने।

 

त्यो गर्दा संवैधानिक र प्रजातान्त्रिक प्रक्रियालाई असर गर्दैन?
संविधानमा नै राष्ट्रिय सहमतिबाट निर्णय गर्ने भनिएको छ।

 

संविधान आएपछि पनि चुनाव गर्नु त परिहाल्यो नि?
फेरि संविधान सभाको चुनाव त गर्नुपरेन नि। संविधान बनाएपछि जनतासँग भोट माग्न गाह्रो हुँदैन। ठीकै छ, केही लागेन भने चुनाव पनि सही।

 

माओवादीले तपाईंलाई प्रधान मन्त्री बनाउने भन्दैछ भन्ने सुनिन्छ नि?
अँ, म पनि सुन्दैछु।

 

तपाईं त सम्झौता गर्न खप्पिस मानिनुहुन्छ, अचानक प्रधान मन्त्री बन्नुभयो के के गर्नुहुन्छ?
नेपाल सबै पार्टीको देश हो। सबैलाई मिलाएर लैजानुभन्दा अर्को उपाय छैन। मेरोमात्रै पार्टी भनेर हुँदैन। यो सबै पार्टीको मात्रै होइन, सबै जातिको देश पनि हो। सबैको भावना र आकांक्षा केही न केही सम्बोधन गर्नुपर्ने हुन्छ। यो देशको राष्ट्रियताका लागि पनि काम गर्नुपर्ने हुन्छ।

 

राष्ट्रियताभित्र पनि पहिचान भन्दैछन्। यो सोचले देशलाई कता लैजाने हो भनी चिन्ता गर्ने पनि भेटिन्छन् नि?
मलाई नेपालीको राष्ट्रिय स्वाभिमानप्रति पूरा विश्वास छ। हिमाल, पहाड, मधेस, तराई जहाँसुकै बसून् तिनीहरू। संविधान बन्ने बेला सबै जाति, भाषा, धर्म र समुदायका जनतामा आफ्ना जातीय वा अन्य कुनै पनि खाले आकांक्षा सम्बोधन हुन् भन्ने चाहना हुनु त अपराध होइन नि। मधेसमा अपनत्वको अवस्था कमजोर छ। दलित र जनजातिमा पनि त्यस्तै छ। उनीहरूमा आत्मसम्मान जगाउन पनि उनीहरुका केही न केही आकांक्षा सम्बोधन गर्नैपर्ने हुन्छ ।

 

केही न केही कि पूरै?
पूरै भन्दियो भने फेरि अर्को अर्थ लाग्ला (हाँसो)। केही न केही सम्बोधन गर्नुपर्‍यो ।

 

२०५९ जेठ ८ गते आफू प्रधान मन्त्री हुँदाचाहिँ संसद विघटन गर्नुभयो, यसपालि अर्को प्रधान मन्त्रीले गर्दा विरोध किन?
त्यो बेला माओवादीसँग लडाइँ थियो। वार्ता हुँदाहुँदै दाङ आक्रमण गरेर उसले सबै हतियार लुट्यो। त्यसपछि संकटकाल लगाउनैपर्ने भो, सेना परिचालन पनि गर्नुपर्ने भो। फेरि हामीले सेना परिचालन पनि गरेको होइन, उनीहरूले नै ब्यारेक आक्रमण गरेर सेनालाई लडाइँमा बोलाएको हो। संकटकाल छ महिना थप्न पाए हुन्थ्यो भनी जिल्ला जिल्लाबाट सेना प्रहरीबाट कुरा आयो। त्यसपछि सबै पार्टीलाई सिंहदरबार बोलाएँ। कुनै पार्टीले त्यस प्रस्तावको विरोध गरेन। गिरिजाबाबुलाई पनि सोधेरै छ महिना थप्ने प्रस्ताव दर्ता गराएको, उहाँले पनि समर्थन गर्नुभयो। दर्ता गराइसकेपछि फिर्ता लेऊ भन्दा त समस्या आयो नि। अनि मैले संसद भंग गरिदिएको हो। त्यही बेला अर्को चुनाव पनि घोषणा गरेको हो। चुनावमा जान सकिन्न भनेर दलहरूले नै सार्न माग गरे। अब दलहरूले नै चुनावमा जान नसक्ने भनेपछि मैले के गर्ने?

 

प्रतिपक्षी एमालेको पनि साथ थियो होइन?
हत्तेरिका, आफ्नै पार्टीका सभापति गिरिजाबाबुको पनि साथ थियो नि यार। बकाइदा लिखित छ त सबको- ‘चुनाव गर्ने स्थिति छैन, सारिदेऊ।' कहिलेकाहिँ स्थिति काबुभन्दा बाहिर जान्छ नि। आवश्यकताको सिद्धान्त त जहाँ पनि लाग्छ नि। त्यही भएर ‘लौ त' भन्दै विघटन गरिदिएँ। सबैको समर्थनमा चुनाव रोकेको थिएँ। राजाले चाहिँ चुनाव गर्न नसकेको भन्दै हटाए।

 

अहिले राष्ट्रपतिले प्रधान मन्त्री बर्खास्त गर्ने वा प्रधान मन्त्री हाबी हुने कुनै सम्भावना छ?
राष्ट्रपतिले प्रधान मन्त्री बर्खास्त गर्ने कुराको पक्षमा छैन म। सहमतिबाटै जाने हो। तर प्रधान मन्त्रीले राष्ट्रपतिसँग कुरा गर्न जानुपर्छ। राष्ट्रपति प्रधान मन्त्रीलाई खोज्न जानुपर्छ भन्ने पक्षमा छैन म। उनी आफैं हट्नुपर्छ भन्ने पक्षमा छु।

 

प्रधान मन्त्री त नहट्ने रे! तपाईंहरू आन्दोलनमा जाने हो?
सबैको सहमतिबाट विकल्प दिने हो। संविधान बन्न सक्या छैन। राष्ट्रिय सहमतिविना केही चल्छ? चल्दै चल्दैन नि।

 

देशमा राज्य पुनर्संरचनादेखि संविधानका कति विषयमा बहस चले। तपाईंहरूचाहिँ आफ्नै विवादमा १० महिनासम्म ब्यस्त हुनुभयो, होइन?
विवाद भएको हो। हामीले चाहिँ कुनै छलफल गरेनौं भन्ने सही होइन। मैले तपाईंलाई भनिसकें त- बहुलवाद, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस, विधिको शासन हाम्रा पुरानै मुद्दा हुन्। त्यसमा एकमत थियो।

 

उठेका नयाँ मुद्दामा निष्कर्ष निकाल्न कांग्रेसले धेरै ढिलो गरिदिएकाले संविधान निर्माणमा असर परेको रे!
भन्नेबित्तिकै कहाँ हुन्छ? राज्यको पुनर्संरचनालगायत्का विषयमा त निर्णय गर्न टाइम लाग्थ्यो नि। सबैलाई मिलाएर लैजानु पनि छ।

 

मिलाउने फर्मुला होला नि?
फर्मुला त मैले भन्न मिल्दैन नि भाइ। तपाईं आधा छाड्नूस्, आधा म। कुरै त्यही हो नि।


बहसमा जान आफूसँग केही त हुनपर्यो नि, अनि नमिल्ने नमिल्ने कुरा हुन्छ?
थियो नि त। हामीले ११ प्रदेश भनेका थियौं, बहुजाति, बहुप्रदेश भनेका थियौं। उनीहरुले दश प्रदेश भनेका थिए।

 

सुदूरपश्चिममा त्यत्रो आन्दोलन भयो, तपाईंको दृष्टिकोण त आएन?
किन बोलिनँ मैले? सुदूरपश्चिमका जनता कैलाली कञ्चनपुर सँगै बसून् भन्ने चाहन्थे। थारु पनि चाहन्थे। त्यहाँ दुईखाले थारु छन्- राना र डगौरा। राना थारुको भाषा नै बेग्लै। उनीहरूको पहिरन पनि राजस्थानी छ। उनीहरु जंगबहादुरले अंग्रेजबाट नया" मुलुक लिएपछि जमिनसँगै आएका थिए। कति उताबाट लडाइँमा भागेर पनि आएका थिए। उनीहरूलाई विशेष अधिकार दिनुपर्छ भनेको थिएँ। नत्र जनमत संग्रह गराएर जनभावना बुझौं भन्ने थियो।

 

त्यो क्षेत्रमा तपाईंको प्रभाव शिथिल हुँदै गएको हो?
छैन, कहाँ हुनु। माओवादीले चुनावको बेला पस्नै दिएन। त्यसैलाई भन्या हो?

 

जनतासँग निरन्तर सम्पर्कमा हुनुहुन्न रे।
उता गइरहेकै छु। संगठन सब ठीक छ। जनतासँग अलि सम्पर्क बढाउनुपर्‍या छ।

 

मास पोलिटिक्स छाडेर क्लास पोलिटिक्समा जेलिनुभएको गुनासो छ त?
फटाहा कुरा। यो झुटो आरोप हो। राणाको छोरी बिहे गर्योन भनेर भनेको? मिडियामा कम आएको आधारमा तपाईंले मूल्यांकन गर्नुभएको होला। मलाई मिडियामा आइरहन त्यति राम्रो लाग्दैन।


जे होस्, पछिल्लो दिनमा राजनीति तपाईंको वरपर घुम्दैछ रे!
धन्यवाद, सूचना दिनुभएकोमा (हाँसो)।

जनयुद्ध सुरु हुँदा प्रधान मन्त्री हुनुहुन्थ्यो। युद्ध, वार्ता हुँदै यहाँसम्म आइपुगेको माओवादी भन्ने पार्टी कस्तो रहेछ?
उसबेला प्रचण्डजीको नामै सुनेको थिएन। अलिअलि सुने पनि उहाँको व्यक्तित्व खासै खुलिसकेको थिएन। बाबुरामजी विद्वान्। जनमोर्चाका नेता। ४० सूत्रीय माग लिएर आए। उनीहरूका माग कस्ता थिए भने (हाँसो) म महाकाली सन्धिमा हस्ताक्षर गर्न दिल्ली जाँदै थिएँ। उनीहरू त्यही हस्ताक्षर नै नभसकेको सन्धि खारेज गर्न भनिरहेका थिए। अर्को माग के थियो भन्देखिन् ‘राजपरिवारको विशेषअधिकार खारेज गर।' म सक्ने जति पूरा गर्छु भन्दै थिएँ। त्यही बेला पम्फा भुसालले (टेबलको कागजको पंक्ति देखाउँदै) त्यो मागचाहिँ पूरा गर्नैपर्ने भनिन्। व्यावहारिक हुनुपरेन? म कहाँ पूरा गर्न सक्थें? त्यसको दुई दिनपछि दिल्ली गइयो। ५२ फागुन ५ गतेसम्मको म्याद थियो क्यारे। फर्केर कुरा गरुँला भनेको त, १ गते नै हान्दिइहाले। त्यसपछि ‘यस्तै भइहाल्यो' भन्ने भो। अलि पछि त सरकारै ढल्यो। पछि वार्ता टोलीमा म खटिएँ। वार्ता केमा भंग भो थाहा छ? ‘संविधान सभा दिने कि नदिने? अब के गर्ने?' हाम्रो पार्टीले संविधान सभा माग्या छैन, एमाले पार्टीले माग्या छैन। ठीकै छ पार्टीसँग कुरा गर्छु भनेको, चौथो राउन्डको वार्ता चल्दै गर्दा उनीहरूले फेरि हान्दिहाले। अब अहिले हेर्नूस् न, जुन संविधान सभा छाड्दै नछाड्ने भन्थे। जुन संविधान सभाका लागि १५ हजारभन्दा बढी मान्छे मरे, त्यही संविधान सभा भंग भो।

 

आफैंले मागेको संविधान सभा अवसान गराउने ठाउँमा माओवादी कसरी आइपुग्यो होला?
त्यही त भन्दैछु म। इमर्जेन्सी लगाएर भए पनि म्याद थपुँ, हाम्रो पार्टी आएन भने पनि म भोट हाल्न आउँछु भनेर प्रचण्डलाई भनेको थिएँ मैले। मै त हुँ नि पहिलो प्रस्ताव राख्ने। प्रचण्ड त्यसमा सहमत भइसक्नुभएको थियो। त्यसपछि म खाना खान गएँ। माधव नेपालजी र रामचन्द्र पौडेलजी पनि मानेर प्रचण्डलाई भेट्न गइसकेका थिए। हाम्रो पार्टी पनि मान्ने भो। पछि त सबै बिग्रियो। अघिसम्म इमर्जेन्सीको कुरा मान्नेहरू पनि ‘शेरबहादुरलाई इमर्जेन्सी मात्रै थाहा छ, अरु थाहा छैन' भन्दै जिस्क्याउन थाले। अब यहाँ सुन्नु न कुरा (हाँस्दै) माओवादीसँग पहिलो पटकको शान्तिवार्ता भंग भएकै संविधान सभाको नाममा हो। आज त्यही संविधान सभा कसरी भंग भो त्यसलाई हेर! अब ४० सूत्रीय मागको पनि कुरो सुन्नूस्- बाबुराम प्रधान मन्त्री भएको कति भो?

 

१० महिनाजति भो।
प्रचण्ड पनि झण्डै एक वर्ष हुनु भो होइन? तर उहाँहरूले त्यो मलाई बुझाएको चालीस सूत्रीय मागमध्ये आफ्नो पालामा एउटा माग पनि पूरा गर्नुभएन यार! (हाँसो) ल तपाईं कुनै एउटा बुँदा देखाउनूस्, उनीहरूले पूरा गरेको। शेरबहादुरले हाम्रो माग पूरा गरेन भन्थे उनीहरू (फेरि हाँसो)।

कुनै बेला आफूलाई गिरिजाप्रसादको चेलो हुँ भन्नुहुन्थ्यो। तर छवि त्यस्तो बनेन, होइन?


काम त गरेकै हुँ। यहाँ आफ्नो कामको बारेमा आफैं चर्चा गर्दै हिँड्नुपर्दोरहेछ। मलाई त्यस्तो गर्न आएन। महिला आयोग, दलित आयोग, जनजाति प्रतिष्ठान, सबै मैले नै गठन गरेको त हो नि।


प्रधान मन्त्री भएको पहिलो दिनदेखि नै कोइराला परिवारसँग झगडा पर्‍यो होइन?
अँ,पर्‍यो पर्‍यो।

 

गुरुको परिवारसँग किन झगडा पर्‍यो होला?
थाहा छैन मलाई। मेरो रियल गुरु त बीपी कोइराला हुन्। गणेशमानजी र भट्टराईले माया गर्नुहुन्थ्यो। माया त गिरिजाबाबुले पनि गर्नुहुन्थ्यो।

 

संसदीय दलमा चलखेल गर्न पाइने महत्वाकांक्षाले संविधान सभा पुनर्स्थापनाको माग राख्नुभएको रे!
कसले के भन्छन् मलाई थाहा छैन। म त पहिले संविधान बनाऔं भन्दैछु।

 

कांग्रेससहित अन्य दलका युवा नेताहरू तपाईंहरूको पालो सकियो, अब हामीलाई नेतृत्व दिनूस् भन्दैछन् नि?
ठीकै छ नि यार, युवाको पालो आइहाल्छ नि।

 

राजनीतिक व्यस्तताबीच कहिलेकाहिँ मनोरन्जन गर्न पनि मन लाग्दो होला हगि?
अहिले यी मनोरन्जन नै त भइरहेको छ नि। छैन र? राजनीति गर्नेका लागि भेटघाट गर्ने, छलफल गर्ने, यस्तै त हो नि मनोरन्जन।

 

कृष्णमूर्तिका किताब खुब पढ्नुहुन्थ्यो एकबेला?
अहिले पनि पढ्छु।

 

उनका किताबले एकोहोर्‍याएर, यो राजनीति भन्ने यस्तै रहेछ, अब अध्यात्मतिरै लाग्ने भन्ने पनि सोच्नुभएको थियो रे!
कसले भन्यो यार? त्यस्तो हुँदै होइन।

अहिलेका नेतामध्ये कसले कृष्णमूर्तिको किताब पढे हुन्थ्यो?

जसले पढे पनि हुन्थ्यो। बाबुरामजीले अझै पढे हुन्थ्यो।

 

अहिले कुनै किताब पढ्दै हुनुहुन्छ?
कुनै पढ्न पाएको छैन।

 

फ्याट्ट प्रधान मन्त्री हुनु भो भने सबभन्दा पहिले तीन काम के के गर्नुहुन्थ्यो?
संविधान बनाउने, चुनाव गराउने।

 

अर्को?
यस्तै यस्तै त हो नि यार, शान्ति।

 

अहिलेको सरकारलाई केही भन्नु छ?
छ। बाबुरामजीजस्तो मान्छेले संविधानविना संविधान सभा अन्त्य गरेर गर्नै नहुने काम गर्नु भो। कृष्णबहादुर महराजीले मैसँग वार्तामा आउँदा माओवादीलाई संविधान सभा नभई हुँदै हुँदैन भनी युद्धकालमा अडान लिनुहुन्थ्यो। अहिले उहाँहरुले नै यस्तो काम कसरी गर्नु भो?

कांग्रेसले ००७ सालकै जमानाको चिन्तन समातिराखेको हुनाले कमजोर हुँदै गएको हो भन्छन् नि?
सात सालको चिन्तन किन छाड्ने हामीले? बहुलवाद छाड्ने? स्वतन्त्र न्यायालय छाड्ने? सात सालमा राणा शासन पल्टाएर बीपी कोइराला मूर्दावाद भन्न पाइने सिस्टम पनि बीपी कोइरालाले नै दिएको हो नि। क्रान्ति गरेर प्रजातन्त्र ल्याएको। भोलिपल्टै मूर्दावाद भनेका थिए हामीलाई।

 

तपाईं परिस्थिति र भाग्यले बनेको नेता रे, हो?
ए, मैले काम गरेकै छैन? नौ वर्ष जेल बसेको मान्छे हुँ, जुंगाको रेखी नबस्दै जेल बसेको मान्छे। मार्न लागेका थिए मलाई। थाहा छ होला, यी मुखमा घाउ छ। असाध्यै पीडा पाएको मान्छे हुँ म। राजाले सबैभन्दा पहिले मलाई नै थुने। ए, मैले केही गरेकै छैन? अब आफ्नोबारे भन्दै हिँड्नुपर्यो मैले? हो हो, मसँगै जेल परेकाहरू अहिलेसम्म केही भएकै छैनन्, विचराहरू (हाँसो)। त्यसरी भन्ने हो भनेचाहिँ म हो।

 

कांग्रेससँग त्यस्तो के कमी छ, जसले जनतामा सिधा प्रभाव छैन?
कांग्रेसको सबैभन्दा ठूलो फाइदा वा कमी जे भने पनि कांग्रेससँग कोही डराउँदैन (हाँसो)। यसले जबर्जस्ती पैसा पनि असुल्दैन। हातखुट्टा पनि भाँच्दैन। विधिको शासन मान्छ, तानाशाही मान्दैन।

 

सपनासम्म पनि देखाउन छोड्यो भन्छन् नि?
सातसालदेखिकै कुरा गरौं न। समयअनुसार मुद्दाहरू नयाँ नयाँ आउँछन् क्या। त्यो बेला महिलाहरू भोट हाल्न पाउँदैनथे। प्रजातन्त्र छैन भने कहाँ महिलाको आवाज हुन्छ? सुन्दा झिनामसिना लागे पनि प्रजातन्त्रको सबैभन्दा ठूलो सौन्दर्य स्वतन्त्रता हो। कांग्रेसको आदर्श नै त्यही हो। सात सालमा महिला, दलित, जनजाति, पर्यावरणका मुद्दा थिएनन् होला, तर आज त आए नि। तानाशाहीमा त्यस्तो सुविधा हुँदैन।


दुई राजाको पालामा प्रधान मन्त्री हुनु भो, फेरि राजतन्त्र फर्केला?
मलाई यस्तो लाग्दैन। अपवादबाहेक विश्वमा कहीँ पनि यस्तो भएको मलाई थाहा छैन।

 


मैले छाडे माघ १९ जस्तो स्थिति आउँछ : प्रधानमन्त्री

(4 votes, average 3.00 out of 5)
प्रधानमन्त्री बाबुराम भट्टराई ब्राजिलमा गत साता सम्पन्न दिगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलन 'रियो प्लस ट्वान्टी'मा सहभागी भई सोमबार स्वदेश फर्कने बेला विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्रीज्यू तपाईं ब्राजिलको रियो दि जेनेरियो जानुअघि देशको राजनीतिमा ठूला घटना भएका छन्। यस्तो बेला रियो दि जेनेरियोमा तपाईंले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग के कुराकानी गर्नुभयो?

रियो प्लस ट्वान्टी १० वर्षयताको विश्व स्तरको सबैभन्दा ठूलो सम्मेलन हो। त्यो अन्तर्राष्ट्रिय महत्वको घटना थियो। हामीले शान्ति र संविधानको प्रक्रिया जुन किसिमले अगाडि बढाएका छौं, जुन बिन्दुमा पुगेर संविधान निर्माणको काममा अवरोध हुन पुग्यो, सर्वोच्च अदालतका कारण संविधानसभा स्वतः विघटन हुन पुगेको हो, त्यहीँबाट अगाडि बढेर समाधान खोज्नुपर्छ। यसका निम्ति सरकार प्रतिबद्ध छ। यसमा कुनै पनि शंका नराख्दा हुन्छ।

विस्तृतमा

स्वार्थी घेराले प्रचण्डलाई सिध्याउँछ

(10 votes, average 3.30 out of 5)
स्वार्थी घेराले प्रचण्डलाई सिध्याउँछ जनमोर्चा नेपालकी संस्थापक अध्यक्ष पम्फा भुसाल माओवादीले जनयुद्ध थाल्दा केन्द्रीय समितिमा रहने एक्लो महिला थिइन्। एकीकृत माओवादीमा पोलिटब्युरो सदस्य रहेकी भुसाल पार्टी विभाजनपछिको नेकपा-माओवादीमा पनि पोलिटब्युरो सदस्य नै छिन्। पद भन्दा पनि अवरुद्ध क्रान्तिलाई निरन्तरता दिन नयाँ पार्टी खोलेको बताउने भुसालसँग नागरिकका बसन्त बस्नेतले गरेको कुराकानी :

विस्तृतमा

'चीन नेपालमा भारतसँग दाँजिन चाहँदैन'

(5 votes, average 4.00 out of 5)
'चीन नेपालमा भारतसँग दाँजिन चाहँदैन' प्रोफेसर मा जीयली चीनको राज्यपरिषद्अर्न्तगतको 'थिंकट्यांक' 'चाइना इन्स्टिच्युट अफ कन्टेम्पोरेरी इन्टरनेसनल रिलेसन्स'का दक्षिण एसिया मामिला विशेषज्ञ हुन्। 'चीन-भारत ट्रयाक टु डाइलग'का सदस्य रहेका जीयली बेइजिङमा भारत मामिला विज्ञ मानिन्छन्। चीनको 'सेन्टर फर स्ट्राटेजिक स्टडिज'का कार्यकारी उपनिर्देशकसमेत रहेका उनी चीन र भारतको नेपाल नीतिमा विशेष दख्खल राख्छन्। दर्जनौँ पटक नेपाल आइसकेका जीयलीसँग नागरिकका पूर्ण बस्नेतले बेइजिङमा गरेको वार्ताः
विस्तृतमा

अदालतले आदेश गर्‍यो भन्दैमा सात तलाबाटै हाम्फाल्ने ? : पूर्व सभामुख

(5 votes, average 2.60 out of 5)
अदालतले आदेश गर्‍यो भन्दैमा सात तलाबाटै हाम्फाल्ने ? : पूर्व सभामुख
संविधानसभाले संविधान नै नबनाई विघटन भएपछि धेरै ब्इक्तिले त्यसको दोष दलका शीर्ष नेताहरूका साथै तत्कालिन सभामुख सुवास नेम्वाङलाई पनि लगाएका छन्। तर, शालीन स्वभावका नेम्वाङलाई भने संविधान बनाउन असमर्थ भएको कुराले बिझाउने गर्छ। सधै सहमतिको रटान दिने नेम्वाङले अहिले पनि त्यो शब्दावली छाडेका छैनन्, तर संविधान बनाउन आफनो कमजोरी रहेको कुरामा भने उनको 'असहमति' छ। पुर्वसभामुख नेम्वाङसँग नागरिकका बसन्त बस्नेतले गरेको कुराकानी :
विस्तृतमा

कोइराला सभापति हुन्, तर मेरा नेता होइनन्: चक्र बाँस्तोला

(24 votes, average 4.33 out of 5)
बीपी कोइरालाको स्कुलिङमा राजनीति अघि बढाएका कांग्रेस नेता चक्रप्रसाद बाँस्तोला बहुदलीय प्रजातन्त्रका १२ वर्षभरि राजनीतिको केन्द्रीय भूमिकामा रहे। राजा ज्ञानेन्द्रको कदमपछि सम्भव भएको माओवादी र 'संसदवादी' दलबीच कार्यगत एकताका एक सूत्रधार उनीमार्फत् नै गिरिजाप्रसाद कोइरालाले पहिलोपटक प्रचण्डसँग भेटेका थिए। त्यसपछि पटक पटकका छलफलपछि सम्भव १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, गणतन्त्र, संविधानसभा चुनाव आदि सम्भव भए। बाँस्तोलाचाहिँ बीचैमा कतै हराए, वा उनको भूमिका कांग्रेस नेतृत्वले जरुरी ठानेन।
विस्तृतमा

'जुनसुकै हिसाबको योगदान दिन पनि म तयार छु' (अडियोसहित)

(12 votes, average 3.75 out of 5)
'जुनसुकै हिसाबको योगदान दिन पनि म तयार छु' (अडियोसहित) काठमाडौं - प्रधान मन्त्री बाबुराम भट्टराईले 'सहमतिक लागि जुनसुकै योगदान दिन तयार छु,' भन्दै राजीनामाको संकेत दिएका छन्। प्रधान सम्पादक किशोर नेपालसँगको अन्तर्वार्तामा उनले भने, 'सहमतिका लागि मैले जुनसुकै हिसाबको योगदान दिन पनि म तयार छु भनेर मैले पहिला पनि भनेको हो र अहिले पनि भन्छु।' अन्तर्वार्ताको पूर्ण पाठ :
विस्तृतमा

कांग्रेस एमालेले जातै जाने कुरा नगर्लान्

(17 votes, average 3.59 out of 5)
कांग्रेस एमालेले जातै जाने कुरा नगर्लान्

संविधानसभा विघटन भएपछि बढ्दो राजनीतिक दबाब र गर्मी छल्दै नगरकोट हानिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधान सम्पादक किशोर नेपाल, फोटो सम्पादक चन्द्रशेखर कार्की र म बिहीबार बिहान लाजिम्पाटस्थित निवास पुग्यौं। अघिल्लो दिन बेलुकी भेट्ने भनिएको सेड्युल 'प्रचण्ड-व्यस्तता' कै कारण सरेको थियो।

विस्तृतमा

बाहुन-क्षत्रीलाई गाली गर्नुपर्ने कारण छैन : राजकुमार लेखी

(19 votes, average 3.63 out of 5)
बाहुन-क्षत्रीलाई गाली गर्नुपर्ने कारण छैन : राजकुमार लेखी

सहरमा यदाकदा सुनिन्छ- ०६२/६३ सालको जनआन्दोलनले केही व्यक्तिलाई रातारात नेता बनायो। तीमध्ये राजकुमार लेखी एक हुन्। उनी आफैँचाहिँ यसलाई मान्न तयार छैनन्।
पञ्चायतकालमा मनमोहन अधिकारीहरूको नेकपा (मार्क्सवादी) स्कुलिङ फत्तेपुर, सप्तरीका लेखीसम्म आइपुग्यो। २०४६ पछि पनि वाम रुझान छँदै थियो। उनी एमाले भए।

विस्तृतमा

'मल-डिपार्टमेन्ट स्टोर राम्रो स्किमले चल्ने हो'

निशान्त श्रेष्ठ, राजधानीको सुन्धारास्थित सिभिल मलको बजारीकरणमा स्थापनादेखि नै लागेका छन्। उनी सिभिल मलका बजार तथा सञ्चार प्रमुख हुन्। मल वा डिपार्टमेन्ट स्टोर रहने ठाउँ अथवा सामानको भाउभन्दा ग्राहक आकर्षित गर्न उनी र उनको 'टिम' ले सधैं नयाँ-नयाँ 'स्किम' ल्याउने गरेको छ, जसले सिभिललाई स्थापनाको डेढ वर्षमै सफलताको शिखरमा पुर्‍याएको छ। सिभिलको वार्षिक औसत ग्राहक आगमन दर दैनिक १० हजार पुग्नुलाई श्रेष्ठ आफ्नो टिमको सफलता मान्छन्। सिभिललाई कसरी सधैं ग्राहकको मनमा पुर्‍याउन सकिन्छ भनेर ग्राहकको सामान खरिद गर्ने प्रवृत्ति, सामान, मूल्य लगायतलाई आधार गरेर उनको टिमले महिनाको एउटा अध्ययन गर्ने गर्छ। उनी अभिभा क्रिएसन र एभिड इन्भेस्टमेन्ट एन्ड सर्भिसेस नामका आफ्नै कम्पनी पनि चलाइरहेका छन्। व्यवस्थापन क्षेत्र तथा 'मल संस्कृति' विकासमा झन्डै एक दशकदेखि लागिरहेका श्रेष्ठसँग नागरिकका सुशील भट्टराईले गरेको कुराकानी :

विस्तृतमा

विस्फोटले 'मिथिला आन्दोलनमा ऊर्जा'

(7 votes, average 3.86 out of 5)

मिथिला राज्य संघर्ष समितिले सोमबार आयोजना गरेको शान्तिपूर्ण धर्ना कार्यक्रममा विस्फोट हुँदा चारजनाको ज्यान गयो। घाइतेकै लाममा संयोजक परमेश्वर कापडी यतिबेला टिचिङ अस्पतालमा उपचार गराइरहेका छन्। त्रिभुवन विश्वविद्यालय, मैथिली केन्द्रीय विभागका सह-प्राध्यापक कापडी २० वर्षदेखि अध्यापनरत छन्। आफू संस्थापक संयोजक रहेको संघर्ष समितिमा तीनपटक पुनर्गठन हुँदा पनि निरन्तर प्रमुख रहेका कापडीले विष्फोटको घटना राजन मुक्ति समूहले गराएको पत्याउनै मानेनन्। 'मोर्चामा एउटासँग लडिरहेको बेला परको कुनै अर्कैले प्रहार गर्‍यो भन्ने कसरी मान्न सकिन्छ?' मंगलबार बेलुकी शिक्षण अस्पताल पुगेका नागरिक संवाददाता गिरीश गिरीसँग उनले भने। उनको अभियान र घटनाकै सेरोफेरोमा रहेर गरिएको कुराकानी :

विस्तृतमा

उनीहरु राजावादी नहुने, हामी कसरी राजावादी: सीपी गजुरेल

(10 votes, average 3.30 out of 5)
माओवादी संस्थापन पक्षले जनताले प्रत्यक्ष चुनेको राष्ट्रपतिमा सहमति जनाएपछि तपाईहरुको समुहले संसदीय प्रणाली नै ठीक भन्ने ढंगको फरक मत ल्याएको छ नि?
सिपी गजुरेल- राष्ट्रपतीय प्रणालीको बारेमा पुर्नविचार गर्ने पक्षमा हाम्रो समुह रहेकाले गर्दा एकप्रकारको भ्रम भएको हो। राष्ट्रपतीय प्रणाली भनेको बामपन्थी र प्रगतिशील प्रणाली हो। मिश्रित त्यो व्यवस्थापकीयबाट संसदीय प्रणालीमा ठूलो भ्रम पर्‍र्यो। संविधानसभा भित्रको आयोगले पनि त्यही खाले रिपोट ल्यायो। बुझाईमा ठुलो भ्रम पर्‍र्यो। तर कुरा के हो भने राष्ट्रपतिय प्रणाली पनि संसदीय व्यवस्थाको एउटा प्रणाली हो। जस्तो अहिले विश्वमा राष्ट्रपतिय प्रणाली सवैभन्दा चर्चित प्रणाली भनेको अमेरिकाको प्रणाली हो। त्यहाँ राष्ट्रपति चाहि सिनेटभन्दा धेरै शाक्तिशाली हुन्छ, आम जनताद्वारा त चुनिदैन, तर जनताको ठूलो हिसाले उसलाई भोट हाल्छ।
विस्तृतमा

'प्रचण्डलाई नेतृत्वबाट हटाएरै छाड्छौं'

(22 votes, average 3.23 out of 5)

जेठ १४ गते नजिकिँदै सर्वसाधारण नयाँ संविधानको आशामा छन्। तर सत्ताको नेतृत्व गरिरहेको एकीकृत माओवादी पार्टीको अन्तर्द्वन्द्वले समयमै संविधान जारी नहुने खतरा उत्तिकै छ। माओवादीभित्रैबाट वर्तमान सरकार र पार्टी नेतृत्वविरुद्ध सशक्त विरोधमा उत्रिएको मोहन वैद्य पक्षधर नेता तथा स्थायी कमिटी सदस्य नेत्रविक्रम चन्द बिहीबार जाजरकोटमा समानान्तर समिति गठन गरी काठमाडौं फर्कदै थिए। सोही क्रममा माओवादीभित्रको विवाद, अब बन्ने संविधानबारे चन्दले नेपालगन्जमा नागरिककर्मी रुद्र खड्कासँग खुलेरै कुरा गरे।

विस्तृतमा

कानुन पालना भए नभएको हेर्दा नक्कली बिल भेटिएको हो-राजन खनाल

(3 votes, average 3.00 out of 5)

बहुचर्चित नक्कली भ्याट बिलको अनुसन्धान आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक राजन खनाल नेतृत्व टोलीले सुरु गरेको थियो। ५ सय १८ व्यावसायिक फर्मको कारोबारमा शंका लागि अनुसन्धान गर्दा नक्कली भ्याट बिल बनाएर भ्याट, आयकर र अन्तशुल्क छलेको फेला परेको थियो। करिब डेढ वर्षअघि सुरु यो अनुसन्धान पूरा भएको छ। यसबाट राज्यलाई ६ अर्ब ५९ करोड राजस्व थपिने भएको छ। त्योभन्दा पनि नक्कली भ्याट बिलबाट राजस्व छल्ने प्रवृत्ति रोकिन पुगेको छ। भ्याट बिलको अनुसन्धान र यसमा आएका समस्यालगायत विषयमा तत्कालीन महानिर्देशक खनालसँग नागरिकले गरेको छोटो कुराकानी।

विस्तृतमा

पाँच वर्षभित्र डियरवाकले १ हजारलाई रोजगारी दिनेछ : रुद्र पाण्डे, कार्यकारी अध्यक्ष, डियरवाक इन्क

(5 votes, average 2.00 out of 5)
केही महिनाअघि तत्कालिन अमेरिकी राजदूत स्कट एच डेलिसीले एक सार्वजनिक कार्यक्रममा नेपाली उद्यमी रुद्र पाण्डेको प्रशंसा गरे।
विस्तृतमा
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता