Home ब्लग ब्लग

ब्लग

ज्ञानेन्द्र पथमा बाबुराम

(17 votes, average 4.94 out of 5)
ज्ञानेन्द्र पथमा बाबुराम हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सोच्नुभएको हो भने गलत। ज्ञानेन्द्र सक्रिय रहँदा उनी जति त्रसित थिए त्योभन्दा बढी रहेछन्, बाबुराम। ज्ञानेन्द्रको सवारी हुँदा सडक अरु गाडीका लागि प्रतिवन्धित हुन्थे। बाबुरामको मुलुक फिर्ती सवारी हुँदा त्यो भन्दा चर्को भयो। उनको सुरक्षामा सरकारले सडक आफ्नो कब्जामा मात्र लिएन हिड्ने र पसल खोलेर गुजारा गर्नेमाथि नै धावा बोल्यो।
विस्तृतमा

संघीयता र आमाको मृत्यू

(20 votes, average 5.00 out of 5)
गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्षको उमेरमा हामी सबैलाई छोडेर यो धर्तीबाट बिदा लिनुभयो। म आमाको आत्माको चीर शान्तिको कामना गर्दछु। केही महिना अघिदेखि उहाँको उपचार नेपाल मेडिकल कलेज जोरपाटीमा भइरहेको थियो।
विस्तृतमा

मुस्ताङदेखि काँठसम्म बाबुरामको बाँसुरी

(39 votes, average 3.56 out of 5)
मक्किएको इमेज मर्मत गर्न के गर्ने ? कसैले सुझायो र उनी तयार भए। राजनीतिमा व्यस्त बाबुराम काठमाडौंको उत्तरी कुनो झोर पुगे। प्रधान मन्त्री रहेका यी गोर्खाली गाउँले सामान्य जनताको घरमा पुगे। उनीहरुसँग बसे। त्यही भान्सामा खाए। गाउँलेसँग रातिसम्म भलाकुसारी गरे। लाग्दो हो- अहो यी कस्ता असाधारण नेता।
दुई महिनाअघि यी कम्युनिस्ट नेताले चलाएको डोजरको याद गर्नुस् त। झोरमा गाउँलेको घरमा बास बस्ने बाबुरामले वाग्मती किनारमा उठिवास लगाएको हेर्न मन छ भने प्रसूति गृहसँगैको गल्लीबाट वाग्मती किनारतिर झरे हुन्छ। कसरी बाँचिरहेका छन् मानिस? उनले चलाएको डोजरका डोबमा कम्युनिस्ट नेता बाबुरामको चित्र अहिले पनि छरपस्ट अनुमान गर्न सकिन्छ।
विस्तृतमा

फुटको कांग्रेसी इतिहास

(10 votes, average 3.50 out of 5)
नेपालको लोकतान्त्रिक आन्दोलनजस्तै बुझिनसक्नु छ नेपाली कांग्रेसको फुट पनि। काशीमा पढ्न बसेका बाहुन केटाहरूले औंठी र डिक्सनरी बेचेर खोलेको यो पार्टीजति सायद नेपालका कम्युनिस्ट पार्टीहरू पनि फुटेका छैनन्। जनक्रान्ति नथाल्दै डिल्लीरमण रेग्मीले सुरु गरेका पार्टी फुटाउने र छोड्ने शृंखलामा अब स्वघोषित जनजाति नेताहरू आइपुगेका छन्। जनक्रान्ति सकिएकै दिनदेखि कांग्रेसलाई कमजोर बनाउने खेल दरबार र भारतले खेल्दै आएका हुन्।सायद, दरबारको भूमिका चाहिँ एनेकपा (माओवादी)मा सरेको छ। भारत अहिले पनि सक्रियै छ।
कांग्रेसको पहिलो जननिर्वाचित सरकारलाई हटाउने वातावरण बनाउने बेला तुलसी गिरीहरूको हावभाव यस्तै थियो। अहिले पार्टी छाड्ने धम्की दिनेहरूको लक्षण पनि त्यससँग मिल्दोजुल्दो छ। उनीहरू राजा महेन्द्रका 'महानता'बाट प्रभावित भएका थिए। यिनीहरू अध्यक्ष कमरेड पुष्पकमल दाहाल 'प्रचण्ड' लाई बिन्तीपत्र चढाएर उनैको पछाडि लागेका छन्।
विस्तृतमा

पल्सर चलाउनु पनि अपराधै भयो

(13 votes, average 4.69 out of 5)
बिहीबार दिउँसो पौने १२ बजेको थियो। शुभतारा स्कुलबाट सानेपा चोक पुगेकोमात्र थिएँ, चोकभरि मोटरसाइकल र मान्छेको ताँती देखियो। सोचेँ, ठूलै दुर्घटना भएछ कि!
एक प्रहरीले 'रोक्नुस्, साइड लगाउनुुस्' भने। मैले मोटरसाइकल रोकेँ। उनले एक झट्कामा साँचो थुते।
विस्तृतमा

राजा मर्दा मासुभात (स्मरण : दरबार हत्याकाण्ड)

(15 votes, average 2.93 out of 5)
रेडियो नेपालको नेटवर्क नै छैन। अल इन्डिया रेडियो पनि सुनिएन। सदरमुकाम मान्मा पुग्न चार घन्टा लाग्ने सुनाउँदै थिए घरवेटी। बिहान सात बजेतिर पाकिस्तानी रेडियोको फ्रिक्वेन्सी फेला पर्यो । धेरै त बुझिएन। 'नेपाल नरेशकी कत्लेआम' यस्तै सुनियो। २०५८ जेठ २० गते बिहान सबा सात बजे।
विस्तृतमा

कस्को माया ठुलो हजुर !

(2 votes, average 5.00 out of 5)
शाहरुख खानको दोहोरो भूमिका भएको हिन्दी सिनेमा 'डुप्लिकेट'को एउटा दृश्य अहिले अनायासै सम्झन पुगेँ। फिल्ममा शाहरुखमा बदमास र सज्जन पात्रको भूमिकामा अभिनय गरेका छन्। मनु दादा भन्ने बदमासले आफ्नैजस्तो अनुहार भएको अर्को व्यक्ति छ भन्ने थाहा पाएपछि बब्लुलाई मारेर परिचय फेरेर बस्ने षड्यन्त्र गर्छ।
विस्तृतमा

अफिस जानै पर्ने?

(7 votes, average 1.57 out of 5)
बिहानै चिया लिएर मेरो कोठा छिर्नेबित्तिकै आमाले भन्नुभयो, ...बाबु आज त अफिस जानुपर्दैन होला नि? प्रेसको गाडीमा पनि तोडफोड गरे रे, पत्रकार पनि कुटिए रे। प्रेस पनि बन्द होला, अफिस न जा!'
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  Next 
  •  End 
  • »
Page 1 of 2
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

ट्याग्स

कमेन्ट