Home ब्लग ब्लग भात बाँड्ने पेशा होइन पत्रकारिता

भात बाँड्ने पेशा होइन पत्रकारिता

E-mail Print
(6 votes, average 4.33 out of 5)
विश्‍व प्रेस स्वतन्त्रता दिवश मनाउन भृकुटीमण्डमा जुटिरहँदा हिजोमात्रै पत्रकार महासंघले जारी गरेको एउटा वक्तव्यले टाउको रिङ्ग्याङरह्यो। हिजै मुलुकमा एकदमै राम्रोसँग चलेको एउटा समाचार च्यानलका पत्रकारलाई तलब नदिएको ८ महिना सुरु भएछ। यो विषय पत्रकार महासंघमा पनि छरपस्ट भइसकेको थियो। त्यो चर्चित समाचार च्यानल एउटा उदाहरणमात्र हो।
च्याउसरी खुलेका मिडियामा तलब एउटा 'दीर्घरोग' बनेको छ। यही रोगले ग्रस्त नेपाली मिडियाका कर्मीहरुको नेतृत्व गर्ने महासंघले हिजो एउटा विज्ञप्ति जारी गर्‍यो। र भन्यो, 'जनकपुर विष्फोटमा घाइते हुनेका कुरुवाले शिक्षण अस्पतालमा खाना खानसमेत नपाएकोमा दु:ख लाग्यो। उनीहरुलाई महासंघले भात खुवाउँछ। २ हजार रुपियाँ नबढाई सहयोग गर्नुस्।' भाषा तलमाथि भएपनि आशय यही थियो।

८ महिना तलब नपाएको गुनासो गर्न महासंघमा पत्रकार पुगेका थिए, प्रेस स्वतन्त्रता दिवशको अघिल्लो दिन। त्यही दिन महासंघले घाइते कुरुवालाई भात खुवाउने ठेक्का लिएर चन्दा मागिरहेको थियो। घाइतेका कुरुवालाई भात खुवाउने काम आफैमा 'धार्मिक' थियो होला तर प्रोफेसनल या व्यवसायिक थिएन। अथवा व्यवसायिक पत्रकारितालाई पुनर्परिभाषित गर्नुपर्ने समय आयो। र, पत्रकार महासंघको लिखित दायित्वमा लेखिनुपर्‍यो - 'देशमा हुने विष्फोटमा घाइते भएकाको कुरुवालाई भात खुवाउने जिम्मेवारी महासंघको रहनेछ।'

कुनै पनि मिडियामा पत्रकारलाई लामो समयसम्म तलब दिइन्न भने त्यसले मौनरुपमा तीनखाले अभिव्यक्ति दिन्छ - पहिलो भोकै बस। दोस्रो भ्रष्ट बन। तेस्रो विकल्प खोज।

 

मिडियामा लगानी गर्नेले पक्कै पनि रक्सी बनाएर बेच्नेले जस्तो कमाउन सक्दैन । न त जग्गा दलाली र म्यानपावर चलाएर कमाउनेले जस्तो कमाउँछ। आर्थिक रुपमा टिक्न केही सीमित व्यापारिक स्वार्थलाई छाड्ने हो भने मिडियाको अधिकतम लगानी सामाजोपयोगी नै हुन्छ। त्यसैले यसलाई चौथो अंगकैरुपमा स्विकार गरिएको हो। तर जव मिडियामा लगानी गर्नेहरुले रक्सी बनाउने र भ्याट छल्ने अथवा जग्गाको दलाली गर्नेले कमाएको जस्तो नाफा खोज्छन त्यतिखेर पत्रकारिता पत्रकारिता रहन सक्दैन।


एकपटक सोचौं त ८ महिनासम्म तलब नपाउने पत्रकार कसरी बाँच्छ? तलब नपाउँदा नपाउँदै पनि उ किन यही पेशामा सक्रिय छ?


पत्रकारिता एक किसिमको नशा हो। यसमा छिर्‍यो कि हत्तपत्त मानिस बाहिरिन सक्दैन। बाइलाइन प्रेम, टेलिभिजनमा देखिने अनुहार र सस्ता लोकप्रियता। मुलुकका चिनिएका साना-ठूला सबैसँगको उठबसले उसलाई पत्रकारिताबाट बाहिर निस्कन रोक्छ। समाजमा पत्रकार बन्दा पाएको 'रवाफ'ले उसलाई तल ओर्लिन दिँदैन। र, यही भ्रममा उ महिनौ तलब नपाउँदा पनि रवाफिलो देखिन छोड्दैन। पाएभन्दा बढी तलब लिएको 'धाक' लगाउन उ नै सबैभन्दा अगाडि हुन्छ। पत्रकारितालाई व्यवसायिक पेशाभन्दा यसलाई उनीहरुले 'प्रेस्टिज इस्यु'कारुपमा लिन तयार हुन्छन्। लामो समयसम्म तलबविहीन अवस्थामा पनि मिडियाबाट 'डिटेच' हुन नसक्नुको प्रमुख कारण यही हो। सरसर्तीरुपमा जति ठूलो र इज्जतिलो देखिएपनि आफ्नो हैसियत त पत्रकार आफैले देखेको हुन्छ। यो अवस्थामा क्षमता भए उ वैकल्पिक कामतिर सक्रिय हुन्छ। मिडियामा जोडिरहँदा पत्रकारले 'अरु काम' पाउने सम्भावना रहने पनि भयो। र, महिनौ तलब नदिँदा पनि उसले मिडिया छाड्न सक्दैन। अर्काथरी सोझै 'पत्रकार हूँ' भन्दै धम्क्याउन पनि पछि नपर्ने छन्। उनीहरुले 'कुत्तेका दाना' शीर्षकका आम्दानी यही पेशा देखाएर गरिरहेका हुन्छन्।


सीमित मिडिया हाउसबाहेक धेरैको अवस्था यस्तै छ। पत्रकारिता थाल्यो, छोड्न सक्दैन, बाँच्न पनि सक्दैन। अनि, मर्नुभन्दा बहुलाउनु निको। नेपाली पत्रकारको प्रेस स्वतन्त्रता यही घेरामा अल्झिएको छ।


रह्यो कुरा महासंघको। अखबार, टेलिभिजन, रेडियो, अनलाइनबाट 'घाइते कुर्नेले खानसमेत पाएनन्' भन्ने खबर सार्वजनिक गर्न प्रेरित गरेको भए उसको धर्म पूरा हुन्थ्यो। सम्वन्धित निकायलाई मिडियाबाट ध्यानाकर्षण गराएर उनीहरुले खान पाउने वातावरण तयार गर्ने जिम्मा पत्रकारको हो न कि भात बाढ्दै हिडने। न लुगा बाढ्दै र चामल बाढ्दै हिड्ने काम पत्रकारिता हो। पत्रकारिता त लुगा लगाउन नपाउने या खान नपाउनेका खबर बटुलेर राज्यलाई त्यसमा ध्यानाकर्षण गराउने हो। अनि सरकारले त्यसमा काम गरे नगरेको निगरानी गर्ने हो।


तर, हामी अन्त कतै अल्झिरहेका छौं। प्रेस स्वत्त्रताको दिवश मनाइरहँदा पत्रकार महासंघ र हामी संचारकर्मी सबैले आफ्नो दक्षता, क्षमता र इमान्दारिता पूरा गर्न के गरेका छौं त्यसको अलिकतिमात्रै पनि मूल्यांकन गर्‍यौ भने धेरै कुरा सुधारिने थियो। जय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता।

प्रतिक्रियाहरू (21)Add Comment
0
krishnaraj pandey
May 03, 2012
49.244.246.136
भोट: +3
...

really ho

0
Chandra lal giri
May 03, 2012
49.244.166.224
भोट: +5
...

I like ur article . Exactly we are feeling same version .

0
prem
May 03, 2012
116.66.193.244
भोट: +9
...

सबै हालत यस्तै हो । त्यसैले मेरो विचारमा पत्रकारिता
सिक्न गार्हो ।
सिकेपछि बिक्न गार्हो ।
बिकेपछि टिक्न गार्हो ।
टिकेपछि हात झिक्न गार्हो ।
र अन्त्यमा मेरो पनि गलगाँड बनेको यो पेशा । झिकि देउ भन्दा थपि दिएजस्तो ।
बाँकी महासंघका नेताहरुले कुरुवालाई भात खुवाउने काम बडो क्रान्तिकारी लाग्यो यस्तै क्रान्तिकारी छलांग न्यूनतम पारिश्रमिक नियुक्तिपत्र दिलाउनतिर पनि लगाउने हो कि । हैन भने मिडिया मालिकलाई आज आन्दोलन गर्छौ कि भोलि गर्छौ भनेर तपाईंहरुको रोटी त सेकिएला तर विचार अरु श्रमजीवी पत्रकारको चुल्हो बल्दैन ।

0
santosh khanal
May 03, 2012
121.54.22.104
भोट: +4
...

absolutely true! this is probably the best critical article i have recently read!

0
raju adhikari
May 03, 2012
49.244.193.229
भोट: +1
...

u are 8jectly right

0
JB Pun Magar
May 03, 2012
42.3.0.109
भोट: +2
...

ब्यावसायिक पत्रकारितालाई ब्यापारिक रुपमा नबुझ्ने 'मगज भएका' पत्रकार महासंघका नेताहरुले यसलाई आत्मसात गरे बेस हुनेथियो । पत्रकारिता भन्दा धर्मकर्म गर्ने काममा चार्म देखेका 'दानी, धर्मभीरु, समाजसेवी पत्रकारहरु'लाई भाई जस्ता युवा र ब्यावसायिक पत्रकारहरुको कलमले मात्र सुमार्गमा ल्याउन सक्ला !

0
raj
May 03, 2012
202.166.200.85
भोट: +2
...

व्यावसायिक पत्रकारिताको नारा घन्काएर नथाक्ने महासंघ पदाधिकारीहरुको सस्तो र भावुक निर्णय ।

0
Neeroj
May 04, 2012
79.97.53.165
भोट: +0
...

तिमीहरुको बकवास कुरा सुन्दा सुन्दा दिक्का लागिसक्यो, खाना नपाउने भय किना पत्रकार हुनुपर्यो, दुबई कुतर गए हुंचा। खाना नपाउने ले के को पत्रकारिता गर्ने र कसको लगि। जनताको लगि हुँ भनेमात्र झुट बोलेको हाउ अबा हामी तिमीहरुको कुरा सुन्दैनाऊ।

0
Prajjwal Chapagain
May 04, 2012
115.187.16.4
भोट: +3
...

Wow...Absolutely right. I do agree. It is interesting to know that you have done your level best to analyze our profession and the role of FNJ. Without regular pressure and criticism, we can not achieve our professional goals. Kudos for your writing and keep it up.

0
sudip Ghimire
May 04, 2012
110.34.4.242
भोट: +5
...

Once upon a time, i was also working in the filed of Journalism for 4 years. I felt proud during that period because i was a stringer and an editor of local news paper. I have big/great network with Powerful leaders and persons. Some times they gave me money to manage my personal problems then i felt shy. All friends did like me. I realized, this was a long term solution.
In may point of view, the journalism profession itself is good job, I fully respect. But inside it, there is a huge challenges only for economic. Family members gave me torture me to earn money and requested money for family management but, at that time i had only big social network/prestige/not money. I realized proud/prestige does not work in for every aspect of life. Based on the experiences of Journalism, i changed myself like "U" tern.
Thus, if journalist have sufficient income then they can analysis the event in neutral level. The basic needs is Food, then other things will come simultaneously. Media person please do not ask only news/article and advertisements. Also request to ask with your journalist "do you have sufficient food? are you enjoying? how do you manage you personal and family life? and try to resolve the income crisis otherwise they must use second way. It will hamper all journalists. Before to be Journalist use the system of traffic light "Stop, think and act"

0
kunwar
May 05, 2012
62.128.48.166
भोट: +1
...

यो खबर हेर्दा तेती खुसि पनि लागेन दुख पनि लागेन यो एउटा कुरा मात्र हो जसले प्रगति गरेर अगाडी बदन सक्छ उसले तेती सरो दुख पाउदैन | यदि ठिक हो खान नपुगेको र आफ्नो र परिवारको खर्च पुरा गर्न नसके पछी बैकल्पिक उपाय सोचेर अगाडी जादा भै हाल्छ नि ? कसले रोकेको छ र? यसैले बिकल्पको बाटो रोज्न र खोजि गर्न नसक्नु आफ्नै कमजोरी होला यसरि बुज्दा ठिक होला |

अर्को कुरा अतिनै धेरै छन् अहिले नेपालमा मेडिया तर भर पर्दो मेडिया हातका ओंला मा गणना गर्न सकिन्छ किन अनाबस्यक यसरि खोलिएको यसमा सहि सूचना दिनु भन्दा ब्यापार गर्ने मनसायले खोलिएका हुन् यसैले यो प्रक्रिया बन्द गरिनुपर्छ |तेस पछी गुनासो फेरी खबर हेर्न पर्ने छैन ?
गुण स्तरीय पत्रकारिता छ भने यसमा खान नपाउने भन्ने कुरै हुँदैन मेरो यहि बिचार हो धन्यवाद सबैलाई |

0
Lajus shrestha
May 06, 2012
124.41.217.108
भोट: +2
...

National Medai मा काम गर्ने पत्रकारहरुको अवस्था त यस्तो छ भने मोफसलका पत्रकारहरु त झनै समस्यामा छन् । मनपर्यो लेख । धन्यवाद

0
bishwanath
May 07, 2012
182.50.64.149
भोट: +0
...

dherai ramro lekh Rishi g thanks

0
remahang rai
May 08, 2012
49.244.212.189
भोट: +0
...

kuruwalai khana dilaune kam nai naramro ta hoina, but yo bhanda thulo prioriti sramjibi patrakarko rojiroti, byabasayikta ra surakshama FNJ le dhyan dinu par6, naki bhat sanksalantira

0
Jiyalal Pd. sah
May 08, 2012
202.52.224.249
भोट: +0
...

Afno Kam Kartabya Lai BIrsera Bhat Badadai hinnu Nam kamaune Bektigat Shawarth Vanda Aru kehi hoina. Bhatai Badnu ho vane una Patrakar lai ni Badnus jo imandarita le Din rat kam gar6 tara pani Usko Patrakarita ko Paisale ek chak khana Afthayaro hun6. tayasma pani samay ma paisa didai na. ani ni yo samasya tariye afno bektigat Sawarth Hernus.

0
खेमनाथ पौडेल -यूएई
May 08, 2012
92.96.67.81
भोट: +1
...

Dear Neeroj jee
हामी दुवई कतार खान नपाएर आको होईन हजुर यसरी जथाभावी कमेन्ट लेख्नु भएन नेपालमा रोजगारीको ग्यारेन्टी के छ दुवई कतारमा आएका नेपालीहरुले रेमिट्यान्स नपठाएको भा देशको आर्थिक अवस्था कता पुग्थ्यो । यो लेख ठिकै हो तर खान नपाउनेलाई खान दिए त एक किसिमले ठिकै हो ।
खेमनाथ पौडेल
यूएई

0
DIP JANG SHAH
May 08, 2012
124.41.252.131
भोट: +0
...

Article lekhyo, Pratikriya diyo bas chitta bujhayo............From 10 Years ago to stil now I am also facing like this problem.....

0
ganesh
May 08, 2012
49.244.233.197
भोट: +0
...

हामी चाहिने कामभन्दा चर्चा आउने काम गर्न मन पराउँछौं ।

0
kamal pradhan
May 11, 2012
113.199.132.0
भोट: +0
...

patrakarita marnu bhanda bahulauna niko namak pesha ho yesma satyata chha.patrakarlai jotayera tiniharuko parisramik pachaune so called patrakarmalikharu yehan chhan. tinharu ko pakhanda kati samma chalne ho.testaharu baru hatidiyehunthyo patrakaritalai lai swachha rakhna.

0
govinda
May 12, 2012
130.56.71.52
भोट: +0
...

मित्र ऋषिकेशजीको विचार पढ्दै जादा वहासंग कुनै बेला पुरानो बानेश्वोरतिर चिया खाजा खादै गर्दाको कुराकानीको सम्झना भैरहेको छ. वहाको त्यो बेलाको विचार यो ब्लग मा लेखेको विचार संग पटक्कै मेल खादैन. कति छिटो विचारमा ट्रान्सफरमेशन भनौ कायापलट भैसकेछ अचम्म लागो. बिपदमा परेका मानिसहरुलाई सहयोग गर्ने बिसुद्द परोपकारी भावनालाई 'भात ख्वाउने पेशा होइन' भन्ने जस्तो गैर जिम्बेवारी कुरा गरेको देख्दा उदेक लागेर आयो. आफुले केहि सहयोग गरेरै पनि वहाले भने जस्तो '' अखबार, टेलिभिजन, रेडियो, अनलाइनबाट 'घाइते कुर्नेले खानसमेत पाएनन्' भन्ने खबर सार्वजनिक गर्न प्रेरित गरेको भए उसको धर्म पूरा हुन्थ्यो। सम्वन्धित निकायलाई मिडियाबाट ध्यानाकर्षण गराएर उनीहरुले खान पाउने वातावरण तयारगर्न लाइ कसले रोकेको छ?? सके सहयोग गर्नुस, नत्र आवाज उठाई दिनुस (तपाई ले भनेजस्तो विभिन्न मध्यम मार्फत) तर एस्तो अपिल प्रकाशन चै नगरेकै राम्रो.

0
subash
May 12, 2012
116.90.224.116
भोट: +1
...

rastra ko big media house Nagarik ma pani salary ko lagi 60 din ko 1 month vako 6 re
aaru ko k kura garnu

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

ट्याग्स

कमेन्ट