Home ब्लग ब्लग राजा मर्दा मासुभात (स्मरण : दरबार हत्याकाण्ड)

राजा मर्दा मासुभात (स्मरण : दरबार हत्याकाण्ड)

E-mail Print
(15 votes, average 2.93 out of 5)
रेडियो नेपालको नेटवर्क नै छैन। अल इन्डिया रेडियो पनि सुनिएन। सदरमुकाम मान्मा पुग्न चार घन्टा लाग्ने सुनाउँदै थिए घरवेटी। बिहान सात बजेतिर पाकिस्तानी रेडियोको फ्रिक्वेन्सी फेला पर्यो । धेरै त बुझिएन। 'नेपाल नरेशकी कत्लेआम' यस्तै सुनियो। २०५८ जेठ २० गते बिहान सबा सात बजे।
२०५८ जेठ २० गते कालिकोट जिल्लामा माओवादी जन सरकार घोषणाको कार्यक्रम थियो। त्यसैको रिपोर्टिङ गर्न राजधानीदेखि सशस्त्र माओवादी र उनीहरुको मिलेसियाको सहयोगमा यहाँसम्म आइपुगिएको थियो। शेरपाटामा जन सरकार घोषणाका लागि भव्य तयारी थियो। तलदेखि मानिसहरुको लर्को लागिरहेको थियो।
यो भव्य समारोह सुरुहुनुभन्दा अगाडि नै रेडियोबाट सुनिएको अस्पस्ट समाचारले हामीलाई अन्यौलमा पार्यो। 'कत्लेआम' सुन्नासाथ कृष्णज्वाला देवकोटा 'एक्साइटेड' भएका थिए। उनी उफ्रिए, 'गयो राजतन्त्र !' दीपक पाण्डे खुशी थिएनन्। 'अब सेना परिचालन हुनसक्छ। हामी फर्कनु बेस्,' पाण्डेको भनाई थियो।

अघिल्लो राति दरबारमा गोली चलेको थियो। राजा वीरेन्द्रसहित एउटा वंश विनास भएको थियो। दुरको कालिकोटका गाउँमा पनि दरबार हत्याकाण्डको खबर डढेलो झै सल्कियो। आकाशतिर हेलिकप्टर देख्दा पनि मानिसहरु भयभित देखिन्थे। क्रान्तिका लागि हतियार बोक्नेहरु त झन अन्योल र त्रस्त थिए भने निमुखाको अनुहारमा त्रास देखिनु सामान्यै थियो। हतियार आफैमा शक्ति थियो र जोखिम पनि। यो गाउँसम्म हामी माओवादीका हतियारधारी लडाकुको घेरामा सुरक्षितरुपमा आइपुगेका थियौं। अब हामीलाई हतियारकै डर थियो। सेनाको। माओवादीको।

कालिकोट जाँदा अछाम छिर्नुअघि कृष्णज्वाला देवकोटासँग दैलेखको तल्लो डुङ्गेश्वरमा चिया पाउरोटी खाँदै गर्दा पहिलोपटक दुई कम्ब्याटेन्ट हतियारसहित देखिए। भरुवा बन्दुक बोकेका दुई भर्भराउँदो उमेरका ठिटा देख्दा मन झसङ्ग भयो। यहाँसम्मको यात्रामा हतियारधारी थिएनन्, पिकनिक हिडेकोजस्तै थियो यात्रा। बन्दुक देखेपछि मन गरुङ्गो भयो। लाग्यो, सकियो देश। तर, बोल्न सकिएन। त्यसपछिका दिनमा बन्दुक, विस्फोट र गुरिल्ला शैलीमा रातविरात यात्रा तय गर्नु स्वभाविक बन्दै गयो। हतियारधारी पनि प्यारा लाग्न थाले। कालीकोटसम्मको यात्रा पूरा भयो।

यात्रा पूरा भएपनि गन्तव्य मोडियो। दरबार हत्याकाण्ड भएको सीमित खबरबाहेक सुचनाको संसारबाट धेरै टाढा थियौं हामी। त्यसैले टोलीका अगुवा पाण्डेको 'सुरक्षित अवतरण' हुने धारणा हामी सबैलाई मान्य भयो। जनादेशका त्यतिखेरका सहयोगी दीपेन्द्र रोकाय चै हामीसँग फर्केनन्।

समाचारका लागि गएकाहरु समाचारविमुख हुनु आफैमा दुखद् थियो। मुलधारको पत्रकारितामा रहेकाहरु दरबार हत्याकाण्डजस्तो ठूलो विषयको समाचारको नजिकसमेत नहुनु अर्को पीडा थियो। त्यसमाथि आफ्नै ज्यानको सुरक्षा खोज्नु स्वभाविक बन्यो।

हामी पत्रकारहरु स्थानीय माओवादीकै घरमा थियौं, हत्याको अपुष्ट खबर सुन्दा। खानाको व्यवस्था त्यही घरमा मिलाइएको थियो। खसी काटिएको थियो -राजधानीबाट आएका पत्रकारको स्वागतमा। दैलेखका गाउँ गाउँमा माला र तोपको सलामी त पाएकै थियौं। लामवद्ध भएर मुठ्ठी कस्दै हात मिलाउनेमा बुढाबुढीदेखि केटाकेटीसम्म हुन्थे। लाग्थ्यो, यी सबै माओवादी हुन्।

कालिकोटपछि जुम्ला पुग्ने र त्यहाँबाट राजधानी उड्ने योजना यही घरमा टुंगियो। हामीले मासु भात खाइरहँदा त्यही घरकी बुढी आमै नुहाउने तरखरमा थिइन्। 'राजा मर्यो। जुठो लाग्यो। आज बार्नुपर्छ,' उनले भनेको सुनेपछि मासु खल्लो लाग्यो। नखान पनि नमिल्ने खान पनि कठिन। अन्तत: राजा मरेको दिन मासुभातले पेट भर्नै पर्योय। विकल्प थिएन।

पत्रकारको टोलीमा सबैभन्दा कान्छो मै थिएँ। खिलबहादुर भण्डारी र कृष्णज्वालाले मलाई बढी नै हौस्याउँथे। म हौसिन्थे पनि। तर, अब न उनीहरु हौस्याउन तयार थिए न म नै। दीपक पाण्डेको रफ्तारमा हिड्नु र अरुलाई पछाडि छोड्नु स्वभाविक भइसकेको थियो। जुन बाटो गयो त्यही बाटो फर्कनु हाम्रो वाध्यता थियो। माथ्लो डुङ्गेश्व रमा पुग्दा खोटो बोक्ने ट्रक पाइयो र पूरै चोपैचोपले भिजेर सुर्खेत झरियो। सुर्खेतपछि रात र दिन पूरै बस यात्रा। बाटामा मानिसहरु टाउको खौरँदै थिए। बसमा पनि उनीहरु किन कपाल नकाटेको भन्दै आक्रोसित भएर आउथे। पत्रकार भएर फाइदा लिएको एउटा महत्वपूर्ण घटना हो यो। नत्र राजमार्गमै कपाल मुण्डन हुन्थ्यो।
कर्फ्युको बीचमा राजधानी टेकियो। राति २ बजे गोङ्गबु। कर्फ्यु भएकाले रात त्यही बित्यो। भोलिपल्ट अफिस पुगेँ। समाचारविहीन भएर। पत्रिका नपढेको धेरै दिन भइसकेको थियो। पल्टाउन थालेँ। नयाँ सडकक दैनिकको केही दिनअघि प्रमुख समाचार छापिएको रहेछ - बिहेको विषयमा युवराज दीपेन्द्र र राजा वीरेन्द्रबीच झगडा भयो।
प्रतिक्रियाहरू (26)Add Comment
0
puspa
June 01, 2012
74.76.83.155
भोट: +150
...

rashtra pramukh lai alikati sista bhasha prayog garda yo lekhak ko k janthyo.......patrakar hunebittikai rashtrapramukh lai sista bhasha prayog garnu hunna ra.....

0
puspa
June 01, 2012
74.76.83.155
भोट: +97
...

gaule ko salam pako patrakar hudai ma raja vaye jasto lagyo ki k ho

0
And
June 01, 2012
49.244.21.61
भोट: +100
...

... teskaran ta patrakar le time time maa kutai khan6 nee ta...

... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
0
Anujm
June 01, 2012
202.52.232.12
भोट: +75
...

testai masu ra bhat khandai ta aaja yesto din dekhnu paryo ni aba neta haru le bahek janata le ta dhindo khana pani aru sanga guhar magnu parne abastha aayeko cha. Yehi ta ho ni lok tantra aayeko pragati. Yesma neta haru jati doshi chan tetti nai patrakar pani chan. Mao badi jasto party lai ukasne pani ta patrakar nai ho.

... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
0
ananda
June 01, 2012
113.199.173.41
भोट: +91
...

राष्ट्रप्रमुखलाई अलिकति सिस्ट भाषा प्रयोग गर्दा यो लेखकको के जन्थ्यो।

0
bijay nepal
June 01, 2012
49.244.236.251
भोट: +42
...

patrakar ko kam news reporting garne ho. kam garna sakina bhanna pani laj nalagne raichha, ajha patrakar le thula kura garne. late king lai alikati samman diyeko bhaye k janthyo?

0
sujit
June 01, 2012
113.199.139.63
भोट: +37
...

patrakar mahodya le afu lai tatkalin rastrapramuk bhanda pani thulo bhanthne ko jasto cha...

0
Menuka
June 03, 2012
49.244.17.192
भोट: +18
...

Ali laaz lagnu parne ho nagarik ko editorial team lai, kasaiko anubhav share garnu thikai ho tara title ali change garna sakinna thiyo ra. Lekhak jyu kun gaau ma top ko salaami khaanu vo, top vaneko kasto ho dekhnu vaecha ani editorial team ka member haru lai ma arko title vanchu hai.

0
Saroj
June 03, 2012
49.244.210.140
भोट: +15
...

dherai ramroo headling patrakar jyu,,,do you have some journalist ethic or code of conduct.

0
Suman Khanal
June 03, 2012
110.44.113.254
भोट: +13
...

Yesto naramro word raramro lekhan sailli vako lekha publish garnu vanda aagadi Nagarik le hernu parne ho jasto lagchha malai ta.........Apattijank sabdda haru matra use gareko chha yo lekh ma.....not good....unlike.....

0
योग नेपाली
June 03, 2012
137.224.234.158
भोट: +15
...

तपाईको लेखको शिर्षक नै अलि अश्लील लागेकोले भित्र पढ्नै मन लागेन।

0
birat maskay
June 03, 2012
116.90.232.94
भोट: +22
...

यि पत्रकारको मुख्य आशय नै घुमौरो भाषामा राजा को हत्याको दिन मजाले मासुभात खायियो भन्नु हो ।
smilies/angry.gif

0
birat maskay
June 03, 2012
116.90.232.94
भोट: +19
...

यो लेखमा पत्रकार बन्धुको नियत राजाको मृत्युमा मासुभात खायेर मोज गरियो भन्न देखाउनु हो । smilies/wink.gif

0
Surendra Budhahtoki
June 03, 2012
116.90.224.116
भोट: +23
...

म त के के न लेखे होलान भनेको त फन्टुस गफ पो रहेछ त।

... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
0
Krishna Prasad Nepal
June 04, 2012
116.90.232.158
भोट: +31
...

कुनै नचिनेको मान्छे मरेको खबर सुन्दा पनि खांदा खांदैको भात छाड्ने संस्कारमा हुर्किएको हामी नेपालीहरु तर तपाईले राष्ट्रप्रमुख मर्दा पनि मासु भात दन्काउनु भएछ । बधाई छ तपाईलाई ।

0
Sagar Poudel
June 05, 2012
129.101.34.223
भोट: +7
...

Bakawas...Ke lekheko ho patrakar le nai janun..

I believe, the reporter just wanted to publish this article on his name and try to identify himself. Therefore trying to include names of senior reporters so that it gets published...Except that I didn't see neither any respect in the literature nor any useful viewpoint regarding the subject matter and the topic itself.

Sorry for my brevity. This is the first time I ever wrote this type of comment for an article I read before.

0
संगम पन्त
June 05, 2012
49.244.54.253
भोट: +12
...

यिनी त राजा मरुन भन्ने सोचेर बसेका पत्रकार रहेछन| श्री ५ बिरेन्द्र सपरिवारको हत्या हुँदा अलिकति पनि नराम्रो लागेन जस्तो छ यिनीलाई|

0
Shameer dhungel
June 05, 2012
49.244.188.19
भोट: +14
...

तपाई पत्रकार भएर पनि कुन ठाउँ मा कस्तो भाषा प्रायो गर्ने भन्ने अलिकति ज्ञान नभएको देख्दा कसरि आम पत्रकारले कम गर्छन भन्ने लग्न थाल्यो तपाइलाई यो टपिक राम्रो लग्यो होला म मा राम्रो लेख्ने सामर्थ्य छ जस्तो फील गरि रहनु भएको होला तर गलत .......

0
Gaurab Karkee
June 05, 2012
36.252.81.244
भोट: +9
...

पत्रकार ले कम्ति मा एउटा राम्रो सिर्सक मा त लेख लेख्नु; तिमि ले कुन दिन के खायौ भन्ने पढ्न लै कसैले पत्रिका किन्ने हो? पत्रकार राम्रो होला, ठुलो होला, त्यो भन्दैमा हावा कुरा लेख्ने हो ?

0
Gaurab Karkee
June 05, 2012
36.252.81.244
भोट: +12
...

तिमि ले तोप ले सलामी दिए भन्ने लेखेक्चौ, बरु एक चोटी तोप चै हेर्न जाउ, माओबादी संग तोप थियो भन्ने सुन्दा त तिमि अनि नागरिक पत्रिका नि बेलुका निस्किने पत्रिका को तह मा पुग्न लागो भन्ने लग्यो.

0
झमक रेग्मी मगर
June 07, 2012
49.244.203.100
भोट: +3
...

पत्रकार भएर एउटा गहकिलो लेख लेख्नु पर्नेमा यस्तो विना अर्थको कुरा लेखेर आम मानिसहरुको समय बर्बाद गर्ने हो कही ? म पत्र पत्रिका पढ्न धेरै जसो समय खर्चिन्छु तर यस्तो लेखहरु आउन थाल्यो पछि चाही अलि चित दुखेको छ ।

0
Ashok tiwari
June 07, 2012
36.252.16.81
भोट: +3
...

पत्रकार हुँदै मा आफुले आफैलाई राजा जस्तो नै सम्झनुभको मा बधाई। एउटा पुरनो स्मृती लेख्दा राम्रो शब्दहरुको चयन गर्नु नजान्ने पत्रकारलाई मेरो सलाम ।

0
Shirshak Ghimire
June 07, 2012
124.41.245.5
भोट: +6
...

राजा मर्दा पनि मासु भात खाए भनेर ठुलो पराक्रम गरेको जस्तो लग्यो कि क्या हो ?

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

ट्याग्स

कमेन्ट