ज्ञानेन्द्र पथमा बाबुराम

Tuesday, 26 June 2012 12:31 विकास कार्की
Print
(17 votes, average 4.94 out of 5)
हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सोच्नुभएको हो भने गलत। ज्ञानेन्द्र सक्रिय रहँदा उनी जति त्रसित थिए त्योभन्दा बढी रहेछन्, बाबुराम। ज्ञानेन्द्रको सवारी हुँदा सडक अरु गाडीका लागि प्रतिवन्धित हुन्थे। बाबुरामको मुलुक फिर्ती सवारी हुँदा त्यो भन्दा चर्को भयो। उनको सुरक्षामा सरकारले सडक आफ्नो कब्जामा मात्र लिएन हिड्ने र पसल खोलेर गुजारा गर्नेमाथि नै धावा बोल्यो।
एउटा पत्रकारको हैसियतले ज्ञानेन्द्रका गतिविधि र बाबुरामका गतिविधि संकलन गर्नु समान नै हो। फरक यतिमात्र हो कि ज्ञानेन्द्र २ सय ४७ वर्षको विरासतलाई आधार मानेर सक्रिय थिए भने बाबुराम १८ हजार 'शहीद'को बलिदानबाट। त्यसको परिणाम भोग्नुपर्‍यो आम जनताले- बहुतै कष्टकररुपमा।
बाबुरामको स्वदेश आगमनको फोटो संकलन गर्न जानु मेरा लागि यातना नै रह्यो। मेरो त पेशै यस्तो हो - यो यातनालाई सहन्छु। तर, ती जो विदेश जान तयारीमा थिए र जो विदेशबाट फर्किँदै थिए - तीनले पाएको यातना सह्य थिएन। महँगा गाडीहरुको बीचमा मुस्ताङ गाडीले भत्केका सडकका किनराका धुलो उडाउँदा सटर नै बन्द गर्नुपर्ने स्थिति किन आयो?
'जनयुद्ध' गरेर आएकाहरु किन जनतासँग डराउँछन? बाबुरामले नै जानुन्। यतिमात्र हो हिजो ज्ञानेन्द्र थिए। आज बाबुराम छन्। हिजो पनि जनता पीडित थिए। आज पनि पीडित छन्। पात्रहरु फेरिए तर प्रवृत्ति यथाव रह्यो। बाबुराम स्वदेश आगमनका केही दृष्य :

चिहाउने को हो ? नचिहाउ।

विवाद नगर हिड्न पाउँदैनौं।


बस कहिले आउला ? अलपत्र यात्रु।

अलपत्र व्याग। सुरक्षामा प्रहरी।


यहाँबाट कतै नचल। प्रधान मन्त्रीको यात्रामा अवरोध हुन्छ।