विचार

४७ सालको संविधान पुनर्स्थापन उत्तम उपाय

(2 votes, average 4.00 out of 5)
२००७ सालपछिको झण्डै आठ वर्ष लामो चरणलाई इतिहासले अस्वाभाविकरुपमा लामो अन्तरिमकालका रुपमा प्रस्तुत गर्दै आएको छ। तर, त्यो संक्रमणमा राष्ट्र निर्माण, मुलुकको स्वतन्त्र अस्तित्व र प्रजातन्त्र स्थापनाका साथै त्यसको संस्थागत सुदृढीकरणका चुनौती निहित थिए। दल र नेताहरुमा विवाद थिए। तर, राष्ट्रियता, स्वतन्त्रता र प्रजातन्त्रको पक्ष/विपक्षमा उनीहरु उभिएनन्।
विस्तृतमा

अर्को मन्दीको संघारमा विश्व अर्थतन्त्र

(4 votes, average 5.00 out of 5)
सन् २००८ मा अमेरिकी रियल स्टेट व्यवसायमा आएको संकटपछि विश्व अर्थतन्त्र नै मन्दीको बाटोमा धकेलिएको थियो। अहिले युरोपेली ऋण संकटले बिस्तारै त्यही रूप लिने जोखिम बढेर गएको छ। कसैले यसलाई नयाँ मन्दीका रूपमा लिएका छन् भने कसैले सन् २००८ बाट सुरु भएको मन्दी उत्थानको बाटोमा आउँदाआउँदै फेरि सुस्ताएकाले त्यसैको चक्र लामो भएको विश्लेषण गरेका छन्।
विस्तृतमा

अबको पालो कांग्रेसको

२०४८ सालको निर्वाचनपछि बाँके, क्षेत्र नम्बर २ बाट संसदमा निर्वाचित सुशील कोइरालाले नेपालगन्जस्थित आफ्नै निवासमा स्थानीय मुस्लिम समुदायको क्रोधको सामना गर्नुपरेको थियो। आफ्नो अति संवेदनशील धार्मिक मामिलामा कोइरालाको सहानभूति र समर्थन खोज्न गएका मुस्लिम समुदाय अपेक्षाविपरित फरक व्यवहार पाएपछि त्रु्कद्ध हुन पुगेका थिए।
विस्तृतमा

पेनाल्टी प्रहारको विज्ञान

(1 vote, average 3.00 out of 5)
फुटबल विश्वकै सबैभन्दा लोकप्रिय खेल हो। प्रत्येक चार वर्षमा हुने विश्वकप तथा युरोकप फुटबल विश्वका अर्बौं फुटबलप्रेमी दर्शकले हेर्ने गर्छन्। विश्वकप तथा युरोकपजस्ता प्रतियोगिता संसारभरकै सञ्चार माध्यमको प्रमुख आकर्षणको विषय बन्ने गर्छ।
विस्तृतमा

काठमाडौं सहरका तमासा

(2 votes, average 5.00 out of 5)
काठमाडौं सहरका ट्राफिक प्रहरीले पैदल यात्रीलाई रोकेर मोटर चालकहरूका लागि बाटो खुलाइदिने चलन नयाँ होइन। यो देशको राजधानीमा मोटर चढ्नेको जति इज्जत हुन्छ त्यो संसारका अन्य कुनै पनि देशमा हुँदैन। संसारका सभ्य देशहरूमा पैदल यात्रीले जति इज्जत पाउँछन्, हाम्रो देशमा त्यत्ति नै बेइज्जती बेहोर्नु पर्छ। ‘लेफ्ट हायन्ड ड्राइभ'को मजा नै यसैमा छ।
विस्तृतमा

सरकारी कुव्यवस्थापन

किसानले खेती लगाउने बेला पैसा तिरेर पनि सजिलै मल किन्न पाउँदैनन्। ‘मुठी रोपेर मुरी फलाउने' बेला मल किन्न जिल्ला सदरमुकाम जानुपर्छ। यस वर्ष त वरपरका जिल्लाका किसान राजधानी नै आउनु पर्‍यो। तैपनि, भनेको बेलामा चाहिए जति मल किन्न पाइएन। मलको कारोबार अहिले सरकारी क्षेत्रको कृषि सामग्री कम्पनीले मात्र गर्छ। केही वर्ष रासायनिक मलको कारोबारमा निजी क्षेत्र पनि संलग्न थियो।
विस्तृतमा

काल्पनिक डायनोसरको खोजी

(5 votes, average 1.00 out of 5)
दुर्भाग्यवश, कोतपर्व नेपाल राज्य निर्माणको प्रारम्भिक र निर्णायक मोड बन्न पुग्यो। अझैसम्म हाम्रो मुलुक ‘राज्य' बन्न सकेको छ वा छैन भन्ने प्रश्न बाँकी नै छ।
विस्तृतमा

दातामाथि लागेको आरोप

(5 votes, average 5.00 out of 5)
नेपालमा जातीय द्वन्द्व बढाउन विदेशी दाताहरूको भूमिका रहेको गम्भीर आरोप केही यता विभिन्न क्षेत्रबाट लगाइएको छ। यस्तो आरोप लगाउनेमा राजनीतिक दलका नेताहरूदेखि सामाजिक र प्राज्ञिक व्यक्तित्वहरूसमेत छन्। वैदेशिक सहयोग धेरै पाउने कतिपय गैरसरकारी संस्थाका पदाधिकारी जातीय सद्भाव बिथोल्ने कार्यमा संलग्न भएको देखिएकाले पनि दाताहरूमाथि आरोप लागेको हो।
विस्तृतमा

अब पालो माओवादीको

(8 votes, average 2.13 out of 5)
नेपालमा राजनीतिक परिवर्तन मात्रात्मकरूपमा हुँदै आएको छ। जनताको राजनीतिक चेतना, उत्पादन सम्बन्ध, राजनीतिक दलहरूको पहलकदमी तथा भूमिका र अन्तर्राष्ट्रिय, खासगरी भारतीय शासकहरूको प्रभावले विशेष भूमिका खेल्दै आएको छ। संघर्ष, सम्झौता, पुनः संघर्ष, पुनः संघर्ष हुँदै हालको परिवर्तनसम्म आइपुग्दा पनि त्यही क्रम जारी छ।
विस्तृतमा

अबको सरकार माओवादीबाहेकको

(13 votes, average 4.38 out of 5)
बदलिँदै गएको मौसमले राजनीतिलाई पनि बिस्तारै प्रभावित गरिरहेको भान भएको छ। दल अझै पनि एकअर्कालाई आरोपित गर्नमै व्यस्त छन्। जनताको बलिदानीपूर्ण संघर्षबाट पुनर्स्थापित लोकतन्त्रमा निर्वाचित संविधान सभाको कार्यकाल दोब्बर अवधि थप्दा पनि त्यसले संविधानको खाकासमेत प्रस्तुत गर्न पाएन।
विस्तृतमा

गफ हैन बाबुराम, मल देऊ !

(5 votes, average 3.80 out of 5)
‘मल, बीउ सस्तो र सुलभ हुनुपर्छ। किसानहरुलाई उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गरिनुपर्छ'- संयुक्त जनमोर्चा नेपालले २०५२ माघ २१ गते तत्कालीन प्रधान मन्त्री शेरबहादुर देउवालाई बुझाएको चालीस सूत्रीय मागको ३३ नम्बरमा उल्लेख छ। र, माओवादीले योसमेतका माग पूरा नभएकाले बाध्य भएर ‘जनयुद्ध' गर्नुपरेको दाबी पनि त्यतिबेलैदेखि गर्दै आएको छ।
विस्तृतमा

बहुजातीय प्रदेश नै एमालेको बटमलाइन

(2 votes, average 5.00 out of 5)
राज्यको पुनःसंरचनाको विषयमा सहमति हुन नसकेपछि ‘ऐतिहासिक' संविधानसभाको अवशान हुन पुगेको सर्वविदितै छ। मूलतः पुनःसंरचनाको प्रश्न प्रमुख राजनीतिक दलहरूको प्राथमिकतामा नपरेका कारण अन्तिममा असमझदारी चुलिनपुग्यो।
विस्तृतमा

आशाले हाँकेको जीवन

(8 votes, average 4.25 out of 5)
खचाखच भरिएको हलमा हामी हतारहतार पस्यौँ। पस्ने बित्तिकै हार्वर्ड विश्वविद्यालयको विख्यात जेनेटिस्ट प्रोफेसर क्लिफ टेबिन भेटिए। एकदशक बढिदेखि अनेक संयोगले उनीसँग घनिष्टता भएको छ।
‘पललाई भेटिसक्यौ?'
विस्तृतमा

शीर्ष नेताको दायित्व

(2 votes, average 3.00 out of 5)
विद्यमान राजनीतिक संकट अन्त्यका लागि प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा जत्तिकै अपरिहार्य प्रमुख राजनीतिक दलका नेताहरूबीचको समझदारी पनि देखिएकोछ। वर्तमान संकटको मूल कारक प्रधानमन्त्री भट्टराई हुन्। उनले कम्तीमा पनि संविधान सभा निर्वाचनको घोषणा गर्दा संविधानको मर्म र सहकार्यको संस्कृतिअनुरूप सल्लाह गरेका भए मुलुक अन्योलमुक्त हुनेथियो।
विस्तृतमा

राष्ट्रिय सहमतिका आधार

(3 votes, average 1.00 out of 5)
संविधान सभाको पुनः निर्वाचनको औपचारिक सरकारी घोषणाका अतिरिक्त अन्य दुई विकल्प पनि अगाडि आएका छन्। तीमध्ये एउटा विघटित संविधान सभामा टुंगो नलागेका विषय जनमत संग्रहबाट टुंगो लगाई संविधान जारी गर्ने र अर्को संविधान सभा पुनर्स्थापना गर्ने भन्ने हो। राष्ट्रिय सहमति भएमा जुनसुकै विकल्प सरकारलाई स्वीकार्य हुने प्रतिबद्धता आएको अवस्थामा माथि उल्लिखित औपचारिक र अनौपचारिक तीन विकल्पमध्ये सबैभन्दा उत्तम कुन हुन सक्छ? यो पहिलो प्रश्न हो।
विस्तृतमा

जातीय सद्भाव वा यथास्थितिवाद?

(5 votes, average 3.00 out of 5)

सन् १९३२ अगष्टमा प्रधान मन्त्री रामजी मेक डोनाल्ड र दलित नेता भीमराव अम्वेडकरबीच दलितलाई राजनीतिक आरक्षण दिने विषयमा सहमति भएपछि त्यसको विरोधमा महात्मा गान्धी आमरण अनसनमा बस्नुभएको थियो। ब्रिटिश साम्राज्यले भारतमा साम्प्रदायिकताको वीजारोपण गर्दैछ भन्ने आरोप थियो गान्धीजीको।

विस्तृतमा

प्रधान मन्त्रीको जिद्दी

(7 votes, average 4.43 out of 5)
प्रधान मन्त्री बाबुराम भट्टराईका पछिल्ला गतिविधि र अभिव्यक्तिमा जिद्दीपना देखिन्छ। तर, जिद्दीपना लोकतन्त्रको स्वभाव होइन। १० महिनाअघि भदौ दोस्रो साता कुर्सीमा बसेदेखि नै उनी लोकप्रियतावादी बढी, लोकवादी कम देखिएका छन्। पढालिखा छन् तर अरूलाई ‘बाल मतलव' गर्दैनन्। ब्राजिलबाट स्वदेश फर्केपछि भट्टराईले सोमबार विमानस्थलमा जस्तो विरोधाभाषपूर्ण र हठी अभिव्यक्ति दिए, त्यसले पेलेरै अघि बढ्ने सोच उनमा हाबी भएको हो कि भन्ने शंका उब्जाउनु अनौठो होइन।
विस्तृतमा

हाम्रो आगो उनको दमकल

(3 votes, average 4.33 out of 5)
मुलुकमा संविधान बन्न नसकेका आफ्नै दुःख छन्। तर, त्यसभन्दा बढी यो मुलुकमा राष्ट्रिय राज्य बन्न नसकेका अनगिन्ती दुःख छन्।
जब जब म राजधानी काठमाडौंबाहिर बसेर यो मुलुकको शासन/प्रशासन र सुविधा हेर्छु तबतब मभित्र हामी देश कहिले बनौंला भन्ने जिज्ञासा उठ्छ। वास्तवमा देशको यथार्थ काठमाडौंबाट थाहै नहुने रहेछ। काठमाडौं खाल्डोमा जोजो आए, तिनले पनि यही खाल्डोलाई माया गरे। र, तिनले आफू आएको ठाउँ चटक्क बिर्सिए। ती आफू बने तर देशलाई उस्तै छाडिदिए।
विस्तृतमा

जनजाति आन्दोलनका प्रश्नहरू

(2 votes, average 4.50 out of 5)

विगतमा नेपाली जनतालाई जातीयरूपमा सम्बोधन गर्न नसकिएकाले राष्ट्र निर्माण लागि जातीय संघ बनाउनुपर्छ भन्ने प्रसंग एउटा समूहले उठाइरहेको छ। त्यसको नेतृŒव भने विगतमा वर्गविहीन समाजको कल्पना गर्ने कम्युनिस्टहरूले गरेका छन् । एउटा संघको निर्माण गर्न २५ देखि ३५ सम्म प्रकारका परिचय र अवयवहरूको अध्ययन गर्नुपर्ने हुन्छ। अन्यथा, न संघ टिक्न सक्छ न विकास न शान्ति नै हुनसक्छ।

विस्तृतमा

भट्टराईको प्रत्युत्पादक हठ

राजनीतिक सहमतिले मात्र देशलाई अनीष्टबाट जोगाउन सकिन्छ। प्रधानमन्त्री बाबुराम भट्टराई भने सहमतिका लागि वातावरण बनाउनुको साटो मुलुकलाई मुठभेडतर्फ लैजान अग्रसर हुन थालेका छन्। राजनीतिक सहमति भएमा आफू बाधक नबन्ने अभिव्यक्ति पटकपटक प्रकट गर्दैआएका प्रधानमन्त्री भट्टराईले दिगो विकाससम्बन्धी विश्व शिखर सम्मेलनमा भाग लिएर फर्केपछि आश्चर्यजनक रूपमा आफूलाई निर्विकल्प घोषणा गरेका छन्।

विस्तृतमा

खाँचो स्थायित्व र समृद्धिको

(1 vote, average 5.00 out of 5)

म पछिल्लो पटक नेपाल आएको एक वर्षभन्दा अलि बढी भएको छ। यो अवधिमा केही संवेदनशील विषयमा थुप्रै परिवर्तन भएको प्रष्टै छ, जस्तै : माओवादीका पूर्व लडाकुलाई नेपाली सेनामा समायोजन गर्नेतर्फको प्रगति। यद्यपि अझै धेरै स्पष्ट चुनौती विद्यमान छन्। नया संविधान जारी गर्न असफल भएसगै संविधान सभाको विघटन हुनुले नेपालको राजनीतिक भविष्य अनिश्चित बनेको छ। दुई दिनको नेपाल भ्रमणका क्रममा म वर्तमान परिस्थितिलाई समाधान गरी अझ बढी सुनिश्चितता, स्थायित्व र समृद्धितर्फ मुलुकलाई डोहोर्यानउन राजनीतिक दलका नेताका धारणा के रहेछन् भनी बुझ्न उहाँहरुसगै छलफल गर्दैछु।

विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  Next 
  •  End 
  • »
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता