विचार

कम्युनिस्ट गालीको शब्दकोश!

(2 votes, average 3.00 out of 5)

कम्युनिस्ट पार्टीहरूले दर्शन र राजनीति बुझाउन पारिभाषिक शब्दावली समेटिएको शब्दकोश बनाउने गरेका छन्। नेपालमा पनि त्यो चलन छ। वाम घटकपिच्छे लेखिएका ती शब्दकोशमा आ-आफ्नो धारलाई सघाउ पुग्नेगरी शब्दको अर्थ लगाउनेदेखि बंग्याउनेसम्म गरिन्छ। कम्युनिस्टले प्रयोग गर्ने भाषालाई अर्थ्याउन अब ती शब्दकोशमात्रै पर्याप्त रहेनन्। यसका लागि एउटा छुट्टै शब्दकोश आवश्यक भएको छ। सम्भवतः 'कम्युनिस्ट गालीको शब्दकोश' त्यसको नाम हुनेछ।

विस्तृतमा

स्खलित बनाउने 'नेपाली सपना'

अपराधशास्त्री मेस्नर र रोजनफिल्डले अमेरिकी समाजका सदस्यलाई महत्वाकांक्षी लक्ष्य प्राप्तिमा प्रेरित गर्ने तर सीमित साधनका कारणले लक्ष्य प्राप्त गर्नेहरू नगन्य मात्रामा हुने उल्लेख गर्दै यसलाई सपनाको संज्ञा दिँदै 'अमेरिकी ड्रिम' बारे गहिरो व्याख्या गरेका छन्। अमेरिका जस्तो साधन र स्रोतले सम्पन्न देशमा समेत सामाजिकीकरणले बोकाउने महत्वाकांक्षाका कारण ठूलो उद्देश्य लिनेमध्ये अधिकांश असफल भई निराश बन्न पुग्छन्।
विस्तृतमा

रोवेसपियर र फ्रेन्च क्रान्ति

(10 votes, average 2.60 out of 5)
सन् १७८९ जुलाई १४ का दिन आक्रोशित पेरिसबासीको भिडले 'विष्टिल' र राजाको गारदघरमा अचानक तुफानी आक्रमण गरे। यसै दिनबाट फ्रान्समा एक दशक लामो क्रुर क्रान्तिको रोमान्स, युद्ध, आत्महत्या, आक्रमण र लुटका शृंखला सुरु भए। र, त्यसले मानव सभ्यताका पाना रगतले लेख्ने कार्य गर्योद। नेपालीले फ्रेन्च क्रान्तिको त्यस त्रासदिबाट राम्रोसँग सिक्ने ठाउँ छन्। फ्रान्सको त्यस क्रान्तिका के अन्तर्निहित विशेषता थिए, जो नेपालको दुई दशकको इतिहाससँग मिल्छन्?
विस्तृतमा

सुकुम्बासी व्यवस्थापन गर

(3 votes, average 2.33 out of 5)

वैशाख अन्तिम साता वागमती किनारका सुकुम्बासी बस्तीमाथि सरकारले डोजर चलायो। २४८ परिवारका टहरा भत्काइए। कसैले केही सामान निकाल्न पाएन। पढ्दापढ्दैका विद्यार्थी विचल्लीमा परे। श्रम गर्न गएकाहरु फर्केपछि बास अभावमा खुला आकाशमुनि रात बिताउन बाध्य भए। खासगरी गर्भवती र सुत्केरी महिला यस घटनाबाट बढी प्रताडित भए। त्यत्तिकै असर बालबालिकालाई पर्यो त।

विस्तृतमा

राष्ट्रपतिको प्रयत्‍न

(3 votes, average 1.00 out of 5)
राष्ट्रपति रामवरण यादवले प्रधान मन्त्री बाबुराम भट्टराईलाई राष्ट्रिय सहमति जुटाउन यसअघि पटक-पटक आग्रह गरे पनि वर्तमान सरकारले राष्ट्रिय सहमतिको रूप लिन सकेको छैन। राष्ट्रिय सहमतिको सरकार बनाउने उद्घोषसहित प्रधान मन्त्री भएका भट्टराईको कार्यकालमा संविधान सभा संविधान नै नबनाई विघटन भएको छ। भट्टराईले एकतर्फीरूपमा घोषणा गरेको संविधान सभाको निर्वाचनका लागि दलहरूको सहमति जुटेको छैन।
विस्तृतमा

अलोकप्रिय निर्णयको साहस

(7 votes, average 2.86 out of 5)

२०६२ र ६३ को जनआन्दोलनको सफलता र गणतन्त्रको सुनिश्चितताले एउटा कुरा स्थापित गर्यो कि जनआन्दोलनले जस्तोसुकै कठिन उपलब्धि पनि हासिल गर्न सकिन्छ। फलस्वरुप मधेसका पनि केही चुलिएका आकांक्षा थिए र सानोरुपमा सिरहाबाट सुरु भएको आन्दोलन एउटा हिंसात्मक घटनाका कारणले विकराल रुप लिन पुग्यो, जसले मधेस आन्दोलनको संज्ञा पायोे। मधेस आन्दोलनका माग बढ्दै, थुप्रिँदै गए। नेपाली कांग्रेस र अरु दलबाट समेत उपेक्षित ठानेकाले यो आन्दोलनमा सहभागिता जनाउँदै गए। तत्कालीन नेतृत्व यो आन्दोलनसित एउटा सम्झौतामा पुग्न बाध्य हुनुपर्यो। मधेस आन्दोलनसित कुनै एउटा परिपक्व नेतृत्व भने थिएन। मधेस आन्दोलनका जन्मदाता गजेन्द्रनारायण सिंहको अवसान भइसकेको थियो। रामराजाप्रसाद सिंहले छुट्टै पहिचान बनाउन सकिरहेका थिएनन्। एउटा गणतन्त्रवादी नेताका रुपमा मात्रै उनी चिनिएका थिए र उनलाई माओवादी र भारतसँग बढी हिमचिम र लसपस भएका नेताका रुपमा हेरिन्थ्यो। साथै उनको स्वास्थ्य स्थिति पनि राम्रो थिएन।

विस्तृतमा

अर्थ मन्त्रीका चुनौती

मुलुकको राजनीतिक वातावरण जतिसुकै तरल भए पनि अर्थ मन्त्रालयमा त्यसको असर कमै देखिन्छ। अर्थ सबैसँग जोडिएको विषय भएकाले यसमा राजनीतिक दल केही संयम भएर प्रस्तुत हुने गरेका छन्। बजेट आएन भने सबैको खल्ती एकसाथ रित्तो हुने भएकाले पनि बजेटको मामिलामा दलका नेता 'मिलेरै काम गरौँ' भन्छन्। अहिले पूर्ण बजेट कि अर्ध भन्ने बहस चलिरहेको छ। चुनाव घोषणा भइसकेको अवस्थामा सरकारले पूर्ण बजेट ल्याउन नहुने तर्क पेश गरिँदैछ। निर्वाचनमा जान सकिँदैन भन्नेहरूलाई पनि सरकारले कतै चुनावै प्रभावित गर्नेगरी बजेट ल्याएर ब्यालेट पनि भरिभराउ गर्ने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ। जे होस्, खाने/पिउने मामिलामा हाम्रा नेताको घाँटी हरहमेसा जोडिने गरेको छ, जुन यस पटक पनि कायम छ।

विस्तृतमा

माओवादी विभाजन कति सैद्धान्तिक?

(2 votes, average 3.00 out of 5)

'नवसंशोधनवाद' स"ग 'निर्णायक सम्बन्ध विच्छेद' गर्दै एकीकृत नेकपा (माओवादी) बाट मोहन वैद्यको नेतृत्वमा 'क्रान्तिकारी विचार समूह' अलग भएको छ। तर, आफूलाई नेपाली जनवादी क्रान्तिको उत्तराधिकारी र माओवादी जनयुद्धको निरन्तरताको दावी गरे पनि नवगठित नेकपा- माओवादी तत्कालीन कार्यदिशा, कार्यनीति र रणनीतिका हिसाबले पुरानो माओवादीभन्दा भिन्न छैन। जसरी नया" माओवादीलाई नामका आधारमा छुट्याउन गाह्रो छ, त्यसैगरी अब कता र कसरी जान्छ भन्नेमा पनि त्यो पार्टी स्वयम् अन्योलको भूमरीमा छ। के अब तत्कालै नेपालमा जनविद्रोह सम्भव छ? वा हिजो जस्तै भूमिगत जनयुद्ध सम्भव छ? के नवगठित माओवादी पार्टी यसका लागि मानसिक तथा भौतिकरुपमा तयार छ? यी प्रश्नका सीधा र स्पष्ट जवाफ मोहन वैद्य-रामबहादुर थापाहरुस"ग कम्तीमा आजको विन्दुसम्ममा छैनन्।

विस्तृतमा

किन जन्मियो अर्को माओवादी?

(3 votes, average 3.33 out of 5)

'वैद्य पक्षलाई संस्थापनले कारबाही गर्न पनि नसक्ने र वैद्यहरु पनि अलग हुनै नसक्ने' एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको वाणीलाई गलत सावित गर्दै गत साता अर्को माओवादी जन्मियो। यो जन्मिनुको कारण खोज्ने हो भने 'आफूहरुले वैद्य पक्षलाई कारबाही गर्न नसक्ने' दाहालको भनाई नै काफी छ। नयाँ माओवादी बनाउनुअघि वैद्य समूहले पार्टीभित्र पार्टी, संगठनभित्र संगठन, संघर्षभित्र संघर्षको नीति ल्यायो। अन्ततः त्यही नीतिले नेकपा-माओवादी नामको नयाँ पार्टी जन्मायो।

विस्तृतमा

उत्पीडितले हारे, सामन्तले जिते

(1 vote, average 5.00 out of 5)
अन्ततः त्यही भयो, जे नेपाली लाखौं गरिब जनताले नहोस् भनेर कामना गरेका थिए। अर्थात् संविधान सभाबाट संविधान जारी गरिएन। लाखौं नेपालीले आफ्ना युगौंदेखिको उत्पीडन अन्त्य हुने अपेक्षा गरेका थिए। सबै तुहिए। जसले वर्षौंदेखिको हेपाई अन्त्य भई सामाजिक न्याय प्राप्त हुने आशा संगालेका थिए।
विस्तृतमा

दुष्चक्रहरुको चक्रव्यूह

(7 votes, average 3.14 out of 5)

राजनीतिको खेल खतरनाक हुन्छ। सत्ताको पातलो गल्लीमा धेरै खेलहरु अत्यन्त खतरनाक हिसाबले खेलिन्छन्। कति मानिसहरु खेलको रापलाई सहन नसकेर आफैं मर्छन् भने कति मानिस राजनीतिको बेगमा परेर मारिएका हुन्छन्। यस्ता खेल शताब्दीयौंदेखि खेलिँदै आएका छन्। देशको शक्तिपुञ्जमाथि जनताको अधिकारको कुरा शताब्दीयौंदेखि सुनिएको छ। तर, देशबाट कमारो प्रथाको अन्त्य हुन सकेको छैन। चन्द्रशमशेर राणादेखि शेरबहादुर देउवा हुँदै बाबुराम भट्टराईसम्म सबैले सरकार प्रमुखका रुपमा कमैया मुक्तिको प्रयत्न गरेका छन्, र पनि ती प्रयत्नहरुको कुनै सारभूत सत्य स्थापित हुन सकेको छैन। देशमाथि जनताको वास्तविक स्वामित्व स्थापित नभएसम्म यस्ता खेल रोकिने कुनै सम्भावना नै रह"दैन।

विस्तृतमा

दलित समुदायको मध्यमार्गी भूमिका

(1 vote, average 5.00 out of 5)

न्युटनको चालको तेस्रो नियमले भन्छ : क्रिया र प्रतिक्रिया बराबर हुन्छन्। नेपालमा जातीयताको मुद्दा न्युटनको चालको तेस्रो नियमानुसार चलिरहेको छ। जातीय पहिचानको पक्षमा जति जोडले चिच्याउँछन्, उति नै जोडले विपक्षमा चिच्याउने प्रवृत्ति छ। तर दलित, आदिवासी-जनजाति, ब्राह्मण-क्षेत्री आदि सबै समान हुन भनेर विगतमा घोक्रो सुकुन्जेल नारा लाउनेहरुलाई समेत उछिनेर लेख्ने र बोल्नेहरु अहिले ह्वात्तै बढेका छन्।

विस्तृतमा

नयाँ माओवादीले थप्ने जटिलता

'हामी मसानघाटका अँगार हौं, जुन हल्लिँदा पनि मलामी तर्सन्छन्, दमन गरेमा सशस्त्र प्रतिरोध गर्ने क्षमता अहिले पनि छ'- बौद्धस्थित शेर्पा सेवा केन्द्रमा माओवादी सेनाका पूर्व लडाकू खड्गबहादुर श्रेष्ठले असार ४ गते राति साहित्यिक शैलीमा पंक्तिकारलाई नयाँ पार्टीबारे बताएका थिए।
विस्तृतमा

नयाँ पार्टी : संस्कृति पुरानै

(2 votes, average 3.00 out of 5)

रोमनहरूको सुली (क्रस) मा चढाइएका गुलाम योद्धा डेभिडले मर्नुअघि आफ्ना नेता स्पार्टकसलाई सम्बोधन गर्दै आफैंलाई सोधेका थिए : स्पार्टकस, स्पार्टकस, हामी किन असफल भयौं?

विस्तृतमा

बजेट विरोधी माओवादी संस्कृति

(1 vote, average 1.00 out of 5)

आगामी आर्थिक वर्षको बजेट ल्याउने विषय फेरि एकपटक विवादमा परेको छ। २०६४ मा भएको संविधान सभाको चुनावयता बजेट ल्याउने विषयमा विवाद हुँदै आएको छ। चालु वर्षको बजेटमात्रै समयमा आएको हो। यसअघिका सबै बजेट माओवादीका कारण विवादमा परेको थियो। अहिले आर्थिक वर्ष २०६९/०७० को बजेट संविधान सभाको विघटनसँगै विवादमा परेको छ।

विस्तृतमा

चक्रव्यूहमा ड्यास-माओवादी

(11 votes, average 3.09 out of 5)
एकिकृत माओवादीको विभाजन एउटा अवश्यम्भावी परिघटना थियो, अन्ततः त्यो भयो। पार्टीभित्र पार्टी र संगठनभित्र संगठन निर्माण गरिसकेको वैद्य समूहले विचारधाराभित्र विचारधारा निर्माण गर्‍यो कि गरेन त्यो विश्लेषणको विषय हो।
विस्तृतमा

राज्यको विश्वसनीयता

(3 votes, average 2.33 out of 5)
जातीय आधारमा राजनीतिक ध्रुवीकरण बढ्दै जाँदा उत्पन्न हुने परिणाम थेग्न मुलुकलाई कठिन हुने लक्षण देखिँद गएको छ। राष्ट्रियभन्दा जातीय र क्षेत्रीय हितलाई प्राथमिकता दिइएपछि संविधान सभा विफल भयो। तैपनि प्रमुख भनिएका राजनीतिक दलका नेताले केही पाठ सिकेको छनक देखिएन। संविधान सभाको विफलतापछि राजनीतिक वृत्तमा कुनै पाठ नसिकिएको उदाहरण त्यसपछिका ध्रुवीकृत चहलपहल हुन्।
विस्तृतमा

गलत राजनीतिले उब्जाएको अन्योल

(2 votes, average 2.00 out of 5)
राजनीतिक अन्योलका कारण राज्यका सबै क्षेत्रमा अन्योल र अराजकता देखिन थालेको छ। प्रधानमन्त्री बाबुराम भट्टराईले विपक्षीहरूसँग सल्लाहै नगरी संविधान सभाको निर्वाचन घोषणा गरेपछि राजनीति त तनावग्रस्त छँदैछ बिस्तारै प्रशासन र अरू संवैधानिक अंगमा पनि अन्योल देखिन थालेको छ।
विस्तृतमा

द्विविधामा वैज्ञानिक प्रतिभा

(10 votes, average 4.60 out of 5)
एक दिन एकजना पूर्व विद्यार्थी मेरो घरमा आए। उनी धेरै वर्षसम्म एउटा विकसित देशको प्रतिष्ठित विश्वविद्यालयको सुविधायुक्त प्रयोगशालामा अनुसन्धानरत थिए। त्यही विश्वविद्यालयबाट उनले केही वर्ष पहिले विद्यावारिधि पनि गरेका थिए। विद्यावारिधिको अनुसन्धान सकिनासाथ उनका सुपरिवेक्षकले उनलाई त्यहीँ बसेर अनुसन्धान गर्न आकर्षक अनुसन्धानवृत्ति मिलाइदिएका रहेछन्। उनी दिनको अठार घन्टासम्म प्रयोगशालामा काम गर्थे। अनुसन्धानका क्रममा उनले आफ्ना सुपरिवेक्षकसँग मिलेर विश्वका प्रतिष्ठित जर्नलहरूमा शोधपत्रहरू प्रकाशन गरेका थिए। विद्यार्थीले मलाई आफ्नो अनुसन्धानबारे विस्तृत जानकारी दिँदै उनका हालै प्रकाशित केही शोधपत्र अध्ययनका लागि पनि दिएका थिए। उनको अनुसन्धान वास्तवमै उत्कृष्ट स्तरको थियो।
विस्तृतमा

फुट र यसको राजनीतिक अर्थ

नेपाली राजनीतिमा बामपन्थ एउटा प्रमुख राजनीतिक धारा हो। तर, ०४६ /०४७ सालको जनआन्दोलनपछि जनताका आधारभूत आवश्यकतालाई संवोधन गर्न सकेन भन्दै माओवादी आन्दोलनको अर्को धारा उदय भयो। यसले २०४८ सालमा भएको आम निर्वाचनलाई भण्डाफोरको नाममा उपयोग पनि गर्‍यो। मुलत सशस्त्र क्रान्तिविना नेपालको आमुल परिवर्तन हुँदैन भन्ने विश्वासका साथ एकातर्फ संसदको उपयोग अर्कोतर्फ सशस्त्र संघर्षको आधारभूमि बनाउन ग्रामिण वर्गा संघर्ष थालनी गर्‍यो। त्यो ग्रामिण वर्ग संघर्ष २०५२ फागुन १ गतेबाट जनयुद्धमा रुपान्तरण भयो।
विस्तृतमा

फुटको कारण र परिणाम

(5 votes, average 2.60 out of 5)
एकीकृत नेकपा (माओवादी) पार्टीमा फुटको लागि त्यतिखेरको समय रोजिएको छ जतिखेर नेपालमा नयाँ संविधान जारी नै नगरीकन संविधानसभाको दुखद अवसान भएको छ, ऐतिहासिक जनआन्दोलन र जनयुद्धका उपलब्धिहरु नयाँ संविधानमार्फत संस्थागत गर्न नसकेका कारण खेर जाने दिशामा छन्। देश प्रतिक्रान्तिको संघारमा छ र अग्रगामी परिवर्तनतर्फको यात्रालाई रोक्न र उल्ट्याउन खोज्ने शक्तिहरुको चलखेल र हालीमुहाली नेपाली राजनीतिमा बढ्दो छ। यो बेला अग्रगामी परिवर्तनको कित्तामा उभिएका कुनै पनि शक्ति बिभाजित हुने र एकआपसमा सिङ्गौरी खेल्ने बेला होइन, बरु अरु ज्यादा एकताबद्ध र संगठित हुनुपर्ने बेला हो। तर, अपशोच यही बेलामा माओवादी पार्टीमा भने फुट भएको छ। यस हिसाबले फुटको लागि यो समय र परिस्थिति नै किन रोजियो, अर्थपूर्ण देखिन्छ।
विस्तृतमा
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता