खाँचो स्थायित्व र समृद्धिको

E-mail Print
(1 vote, average 5.00 out of 5)

म पछिल्लो पटक नेपाल आएको एक वर्षभन्दा अलि बढी भएको छ। यो अवधिमा केही संवेदनशील विषयमा थुप्रै परिवर्तन भएको प्रष्टै छ, जस्तै : माओवादीका पूर्व लडाकुलाई नेपाली सेनामा समायोजन गर्नेतर्फको प्रगति। यद्यपि अझै धेरै स्पष्ट चुनौती विद्यमान छन्। नया संविधान जारी गर्न असफल भएसगै संविधान सभाको विघटन हुनुले नेपालको राजनीतिक भविष्य अनिश्चित बनेको छ। दुई दिनको नेपाल भ्रमणका क्रममा म वर्तमान परिस्थितिलाई समाधान गरी अझ बढी सुनिश्चितता, स्थायित्व र समृद्धितर्फ मुलुकलाई डोहोर्यानउन राजनीतिक दलका नेताका धारणा के रहेछन् भनी बुझ्न उहाँहरुसगै छलफल गर्दैछु।


स्पष्टै छ, नेपाल द्वन्द्वोत्तर इतिहासको महत्वपूर्ण चरणबाट गुजि्ररहेको छ। नेपाली जनताले सकारात्मक परिर्वतनको आशाका साथ राजनीतिक दलका नेताहरुलाई हेरिरहेका छन्। उनीहरु चाहन्छन्- काम गर्ने अवसर मिलून्, शान्तिपूर्णरुपमा बस्न पाइयोस्, आवश्यक पर्दा न्याय पाइयोस् र जुनसुकै जात, लिंग वा क्षमताका भए पनि सबैका लागि सफा पानी, सरसफाई, स्वास्थ्य-सेवा र शिक्षा जस्ता आधारभूत सेवामा भरपर्दो पहुच मिलोस्। यो समय त्यस्तो नेतृत्व र राजनीतिक सहमतिका लागि हो, जहाँ नेपाललाई कस्तो बनाउने भन्ने साझा दृष्टिकोण निर्माण गर्न नेपाली नेता एकै ठाउमा आउनुपर्छ र त्यतातिर बढ्नुपर्छ।

हो, सहमति निर्माण गर्न निकै प्रयत्न गर्नुपर्छ। सन् १९४५ यता पहिलोपटक बेलायतमा हामीले संयुक्त सरकार बनाएका छौं र राष्ट्रिय हितका कार्यक्रम निर्माण गर्न हामीलाई पनि समय, समझदारी र सम्झौता आवश्यक पर्छ। अस्थिर समयमा जब राष्ट्रमा अझ बढी स्थायित्व र बलियो अर्थतन्त्र चाहिएको हुन्छ, त्यसबेला यो झनै महत्वपूर्ण हुन्छ। म खासरुपमा वर्तमान परिस्थितिले अर्थतन्त्रमाथि पार्नसक्ने सम्भावित असरबारे चिन्तित छु। आर्थिक विशृङ्खलताले युरोप र विश्वका अन्य भागलाई चिन्तित बनाइरहेको देख्दा मलाई यो बेला विशेषगरी नेपालले आफ्ना आर्थिक वृद्धिका सम्भावनालाई आफैं हानि पुर्याोउने किसिमका कार्य गर्नुहँुदैन भन्ने लाग्छ। लामो राजनीतिक अस्थिरताले अर्थतन्त्रमा नकारात्मक असरमात्र थप्छ, विदेशी र स्वदेशी लगानीकर्तालाई हतोत्साहित तुल्याउँछ र विकासका अवसरलाई सीमित पार्छ।
मलाई लाग्छ, बेलायतसग नेपालको द्विपक्षीय सम्बन्धको सवलताबारे सबैलाई थाहै छ। तैपनि म यसलाई यहाँ पुनः दोहोर्याबउन चाहन्छु। सन् २०१५ मा हामी नेपाल-बेलायत सम्बन्ध २०० औं वर्ष पुगेको उल्लास मनाउँदैछौं। यो आफैंमा विशिष्ट दीर्घकालीन मैत्री सम्बन्धको क्षण हो, जुन पारस्परिक विश्वास, आदर र सम्मानमा आधारित छ। यो सम्बन्धको केन्द्रमा नेपालका छोरा अर्थात् ...गोर्खा' छन्, जसले झण्डै दुई शताब्दीदेखि उच्च सम्मान र विशिष्टतापूर्वक बेलायत श्रीपेचको सेवा गरेका छन्। तर दुई मुलुकबीचको सम्बन्ध योभन्दा निकै फराकिलो छ। उदाहरणका लागि बेलायत नेपालको जलवायु परिवर्तनको एजेण्डामा सगै उभिएको छ र अतिकम विकसित राष्ट्रको जलवायु परिवर्तन संयोजन समूहको अध्यक्ष रहेको नेपालसग निकट रहेर सहकार्य गरिरहेको छ। हाम्रा शैक्षिक सम्बन्ध पनि बलिया छन्। ब्रिटिश काउन्सिल र अन्य संस्थाले नेपाली युवाका छनोटअनुसारका परीक्षा यहीँ सञ्चालन गरिरहेका छन्। अध्ययनका निम्ति बेलायत जाने नेपाली विद्यार्थीको प्रवाह पनि चलिरहेकै छ।
अन्तर्राष्ट्रिय विकासका निम्ति बेलायती राज्य मन्त्रीका हैसियतले नेपालमा भइरहेका हाम्रा विकास कार्यक्रममा मेरो विशेष अभिरुचि छ। म नेपालमा कार्यरत् बेलायती अन्तर्राष्ट्रिय विकास विभाग (डिफिड) टोलीको कार्यसम्पादनबाट निरन्तर प्रभावित छु। चाहे त्यो काम विपद् व्यवस्थापनको तयारी होस् या स्वास्थ्य, शान्ति स्थापना होस् या निजी क्षेत्रको विकास र सामाजिक समावेशीकरण। नेपालस्थित डिफिड टोलीले आफ्ना लागि आगामी तीन वर्षका लागि तोकेका लक्ष्यप्रति मैले सहमति जनाइसकेको छु, जसमा २ लाख ३० हजार रोजगारी सिर्जना गर्ने, ४ हजार २ सय ३२ किलोमिटर सडक निर्माण र मर्मत गर्ने एवं ४० लाख मानिसको प्राकृतिक विपद् र जलवायु परिवर्तनका असरसग जुध्ने क्षमता अभिवृद्धि गर्ने कुरा छन्। खासगरी, वञ्चित र सीमान्तकृत मानिसले रोजगारी पाउन, अत्यावश्यकीय सेवामा पहुच पुर्या।उन र उनीहरुले आफ्नो क्षमता सम्बोधन गर्ने स्थिति सिर्जना गर्न बेलायतले गरेको काम उल्लेख गर्दै म त्यसमा गौरव गर्छु। नेपालको अन्तरिम संविधानले पहिचान गरेअनुसार दीर्घकालीन स्थायित्व र सौहार्द्धता हासिल गर्न समाजलाई समावेशी तुल्याउनु नेपालका लागि महत्वपूर्ण छ।
नेपालको लामो र गौरवपूर्ण इतिहासको यो निर्णायक क्षणमा यहाँ म बेलायत सरकारका तर्फबाट पुनः मित्रताको हात अघि बढाउन आएको हु। द्वन्द्वताका केही कठिन वर्षमा पनि बेलायत नेपालको साथमै थियो। नेपाली जनताले अहिले सामना गरिरहेका जटिल राजनीतिक विषयको समाधान र विकासका व्यापक चुनौतीलाई सम्बोधन गर्दैगर्दा चिरस्थायी एवं विशिष्ट सम्बन्ध भएका हाम्रा दुई मुलुक काँधमा काँध मिलाएर उभिनेछन् भन्ने मेरो आशा र उद्देश्य छ।
लेखक बेलायती अन्तर्राष्ट्रिय विकास राज्य मन्त्री र सांसद हुन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता