शीर्ष नेताको दायित्व

E-mail Print
(2 votes, average 3.00 out of 5)
विद्यमान राजनीतिक संकट अन्त्यका लागि प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा जत्तिकै अपरिहार्य प्रमुख राजनीतिक दलका नेताहरूबीचको समझदारी पनि देखिएकोछ। वर्तमान संकटको मूल कारक प्रधानमन्त्री भट्टराई हुन्। उनले कम्तीमा पनि संविधान सभा निर्वाचनको घोषणा गर्दा संविधानको मर्म र सहकार्यको संस्कृतिअनुरूप सल्लाह गरेका भए मुलुक अन्योलमुक्त हुनेथियो। सायद, यसैले पनि एनेकपा (माओवादी) का अध्यक्षले समेत उनले पदत्याग गर्नुपर्ने धारणा व्यक्त गरेको हुनुपर्छ। भट्टराई नेतृत्वको सरकारमा सामेल भएर प्रमुख विपक्षी नेपाली कांग्रेस र नेकपा (एमाले)ले सहार्यका लागि अग्रसरता देखाइकेका थिए। किन्तु त्यस सदाशयके सम्मान गरेर भट्टराईले पारस्परिक विश्वास बढाउन सकेनन्। यसैले उनैको नेतृत्वको सरकार दलहरू पुनः समावेश हुने सम्भावना र हुनुको औचित्य पनि सम्भवतः छैन।
राजनीतिक सहमति भएमा प्रधानमन्त्री बाबुराम भट्टराई पदबाट हट्नै पर्छ। उनले नहट्ने नियत देखाए भने नियतिले उनलाई हटाउने छ। किन्तु, भट्टराई हटेपछि के गर्ने भन्ने प्रश्नको उत्तर खोजिनु अहिले झन् बढी आवश्यक देखिन्छ। नेपाली राजनीतिक दलका नेताहरू दूरगामी लक्ष्यका बारेमा कहिल्यै स्पष्ट देखिएनन्। तात्कालिक समस्याको हचुवा शैलीमा तदर्थवादी समाधान खोज्नुभन्दा बढीमा उनीहरूले आफूलाई योग्य सिद्ध गर्न सकेका छैनन्। बाबुराम भट्टराईका कारण उब्जेको अन्योलको समाधानमा भने उनीहरूले यो तदर्थवादी हचुवा अभ्यास छाड्नुपर्छ। अर्को सरकार र त्यसले अपनाउने नीतिका सम्बन्धमा स्पष्ट राजनीतिक सहमति भएन भने भट्टराईलाई हटाएर पनि मुलुकले निकास पाउन सत्तै्कन।
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू विशेषगरी माओवादी अध्यक्ष दाहाल र नेपाली कांग्रेसका सभापति सुशील कोइराला देशको अन्योलग्रस्त भविष्यको चिन्तामा भन्दा आआफ्नै पार्टीका आन्तरिक शक्ति सन्तुलनमा व्यस्त देखिएका छन्। माओवादीका केही प्रभावशाली नेताले पार्टीबाट अलग्ग भएर अर्को पार्टी बनाएको घोषणा गरेका छन्। वर्तमान सरकार हटाउन उनीहरू बढी नै सक्रिय र आक्रामकरूपमा अग्रसर भएका छन्। सम्भवतः माओवादीको विभाजनले त्यस पार्टीको शक्ति सन्तुलन पनि प्रभावित भएको हुनसक्छ। तैपनि, दाहालले पार्टीको आन्तरिक विषयमा अलमलिएर राष्ट्रिय राजनीतिलाई उपेक्षा गरे भने त्यो मुलुक र उनको पार्टीका लागि पनि हितकर हुनेछैन। अहिले सबै ध्यान मुलुकमा विद्यमान अन्योलको अन्त्यका लागि उपाय खोज्नमै लगाउनु आवश्यक र उचित देखिन्छ।
विघटित संविधान सभाको सबैभन्दा ठुलो दल र सरकारको नेतृŒवसमेत गरिरहेको पार्टी भएकाले एनेकपा (माओवादी) र त्यसका अध्यक्ष दाहालको भूमिका निश्चय पनि अहिलेको संकट मोचनका लागि महŒवपूर्ण हुन्छ। साथै, मुलुकलाई संकटबाट मुक्त गरेर लोकतन्त्रका मार्गमा अग्रसर गराउन नेपाली कांग्रेसका सभापतिको भूमिका पनि उत्तिकै महŒवपूर्ण हुन्छ। विघटित संविधान सभामा दोस्रो ठूलो दलका हैसियतका अर्को निर्वाचनसम्म रचनात्मक र इमानदार भूमिका पूरा गर्नु कांग्रेसको नैतिक र राजनीतिक कर्तव्य हो। साथै, नेपालको लोकतान्त्रिक आन्दोलनको छ दशकभन्दा बढी नेतृत्व गरेको र हालका राजनीतिक परिवर्तनहरूमा अगुवाका भूमिका रहेको कांग्रेसले मुलुकलाई अन्योलको भुमरीबाट बाहिर ल्याउन पनि दायित्वबोध गर्नुपर्छ। यसैले कांग्रेसका सभापति कोइरालाले आरोपप्रत्यारोप र मोर्चाबन्दीमा समय र ऊर्जा खर्चने हैन। देशलाई समयबद्ध तालिकासहित अगाडि बढाउने खाका प्रस्तुत र कार्यान्वयन गर्नुपर्छ।
दाहाल र कोइरालाबीचमा सहमति नभई मुलुक अन्योलको भुमरीबाट उम्कने लक्षण देखिँदैन। विडम्बना, उनीहरूले भने नियतिले सुम्पेको दायिŒव बोध गर्नै नसकेको भान पर्न लागेको छ। यस्तो घडीमा दाहाल र कोइरालाले परस्परमा समझदारी र विश्वास कायम गरी सहकार्य नगर्ने हो भने मुलुकको संकट मोचन हुनै सत्तै्कन। यसैले देशप्रतिको दायित्व बोध गरेर दाहाल र कोइराला आवश्यक परे जस्तोसुकै त्याग गर्न वा जिम्मेवारी बहन गर्न तत्पर हुनुपर्छ। अनिमात्र मुलुक सही दिशामा गतिशील हुन सक्नेछ। माओवादी र कांग्रेसबीच समझदारी बनेमा अरू राजनीतिक शक्तिहरूले सायदै विमति प्रकट गर्नेछन्। कसैले विमति जनाए नै पनि त्यो व्यक्ति वा समूह राजनीतिक र विकासको मूलप्रवाहबाट पछि पर्ने निश्चित छ। दशक लामो सशस्त्र विद्रोह र संयुक्त जनआन्दोलन, २०६२ / ६३को उपलब्धिलाई संस्थागत गर्ने एउटा मौका त दलका नेताहरूको हठले खेर गइसकेको छ। अब पनि यसरी नै अवसर खेर फाल्ने हो भने जनताले नेताहरूको नियतमै शंका गर्नुपर्ने हुन्छ। यसैले परिवर्तनका पक्षधर सबै राजनीतिक दलका नेताहरूलाई साथैमा लिएर विश्वास दिलाउने र अगाडि बढाउने दायित्वप्रति दाहाल र कोइराला सचेत हुनुपर्छ। विलम्ब नगरी समाधान खोजौँ। निषेध र घृणाले संकट बढाउँछ भने सहकार्यले समाधान गर्छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता