Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Nov 20th

अवरुद्ध भएकै विन्दुबाट सहमतिको प्रयास गरिनुपर्ने राष्ट्रपतिलाई दाहालको सुझाव

काठमाडौं, असार १७- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माण जुन विन्दुबाट अवरुद्ध भएको हो, त्यहीँबाट सुरु गरेर सहमतिको प्रयास गरिनुपर्ने राष्ट्रपति रामवरण यादवलाई जानकारी गराएका छन्।
विस्तृतमा

प्रम भट्टराईबाट लोकतन्त्रलाई उपहास भयो : एमाले सचिव पोखरेल

बुटवल, असार १७- नेकपा एमालेका सचिव शङ्कर पोखरेलले प्रधानमन्त्री बाबुराम भट्टराईलाई प्रधानमन्त्रीमा कायम राखेर राष्ट्रिय सहमति खोज्ने कुरा सम्भव नभएको बताएका छन्। उनले कामचलाउ अवस्थामा पुगेर पनि सहमतिको पहल नगरी पदमा रहिरहने प्रयास गर्नुबाट भट्टराईले लोकतन्त्रको मूल्य मान्यतालाई नै लज्जित गराएको आरोप लगाए।
विस्तृतमा

मुलुक संवैधानिक प्रयोगशालामा भयो, अब विकासमा ध्यान दिऔं : देउवा

काठमाडौं, असार १७- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुक संवैधानिक प्रयोगशालामात्रै बनेकाले छिटो लोकतान्त्रिक संविधान निर्माण गरी आर्थिक विकासमा ध्यान दिनुपर्ने बताएका छन्।
विस्तृतमा

यार्सा गुम्बाको विषयलाई लिएर राप्रपाले माओवादी कार्यकर्ता कुटे

(2 votes, average 3.00 out of 5)
कमल थापा, रुकुम, असार १७- बहुमूल्य हिमाली जडिबुटी यार्सा गुम्बाको विषयमा एकृकीत नेकपा माओवादी र राप्रपा युवाबीच भएको विवाद झडपमा परिणत भएपछि डोल्पामा तीन जना माओवादी कार्याकर्ता गम्भीर घाइते भएका छन्।
विस्तृतमा

विना विकल्प सरकार हट्दैन : मन्त्री रायमाझी

(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार १७- शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीले विनाविकल्प वर्तमान सरकार नहट्ने बताएका छन्। उनले सडकबाट राजीनामा माग्दैमा सरकार नहट्ने स्पष्ट पारे। राष्ट्रिय सरकारका लागि माग गरिएको हो भने विकल्पसहित छलफलमा आउनुपर्ने उनको तर्क थियो।
विस्तृतमा

प्रधानमन्त्रीले कमल थापा भेटे

दाहाल राष्ट्रपति निवासमा-
काठमाडौं, असार १७ (नागरिक)- राजनीतिक गतिरोध अन्त्य गर्न प्रधानमन्त्री बाबुराम भट्टराईले  आज राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष कमल थापालाई भेटेका छन्।  त्यस्तै उनले राष्ट्रिय प्रजातन्त्रिक पार्टीका अध्यक्ष पशुपति शमशेरसँग पनि आफ्नै निवासमा भेटघाट गरेका छन्।
विस्तृतमा

यादवलाई कार्यबाहक अध्यक्षबाट हटाइयो, नयाँ अध्यक्ष दत्त

(2 votes, average 3.00 out of 5)
अर्जुन सुवेदी, काठमाडौं, असार १७- राजकिशोर यादवलाई फोरम गणतान्त्रिकको कार्यबाहक अध्यक्ष पदबाट हटाइएको जानकारी आइतबार निर्वाचन आयोगलाई गराइएको छ। बहुमत केन्द्रीय सदस्यले हस्ताक्षरसहित सूचना तथा सञ्चारमन्त्री यादवलाई पार्टीको कार्यबाहक अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगमा गराएका हुन्।
विस्तृतमा

पूर्वराजा शाह भैरहवामा

(5 votes, average 5.00 out of 5)
शेरबहादुर केसी, भैरहवा, असार १७- पूर्व राजा ज्ञानेन्द्र शाह आज भैरहवा पुगेका छन् । जहाजबाट गौतमबुद्ध विमानस्थल ओर्लेका उनलाई स्वागत गर्न बाक्लो उपस्थिति थियो । संविधानसभा विघटनपछि पहिलो पटक पूर्व राजा ज्ञानेन्द्र शाह आज राजधानी बाहिर गएका हुन् ।
विस्तृतमा

सरकारले 'ब्लन्डर' गर्‍यो, दलहरुले 'मिस्टेक'

(1 vote, average 5.00 out of 5)
माधव ढुङ्गेल, काठमाडौं, असार १७- राष्ट्रपति रामवरण यादवले विघटित संविधानसभाका दलहरूको भूल र सरकारको महाभूलका कारण देश अप्ठ्यारो स्थितिमा पुगेको बताएका छन्। 'राजनीतिक दलहरूको मिस्टेक (गल्ती) हो, सरकारको ब्लन्डर (महाभूल) हो,'
विस्तृतमा

संविधानसभा विघटनबारे चिनियाँ चासो

काठमाडौं, असार १७ (नागरिक) - चिनियाँ कम्युनिष्ट पार्टीका एक उच्च नेता नेतृत्वको प्रतिनिधि मण्डलले नेपालको पछिल्लो राजनीतिक संकटका बारेमा प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन्। नेताहरुसँगको भेटमा संविधानसभा विघटन र चुनाव घोषणपछिको अवस्थाको बारेमा चिनिया टोलीले विषेश चासो राखेको थियो।  

विस्तृतमा

हामीमाथि सांघतिक आक्रमण नहोस् : एमाओवादी

(5 votes, average 2.80 out of 5)
काठमाडौं, असार, ३० (नागरिक) - एकीकृत नेकपा माओवादीले आफ्ना कार्यकर्तामाथि सांघातिक हमलाहरु सुरु भएको जनाएको छ। पार्टीबाट छुट्टिएर गएको पक्ष (नेकपा-माओवादी)ले नियोजितरुपमा आफ्ना नेता-कार्यकर्तामाथि गोली प्रहार गरेको भन्दै स्थानीयस्तरमा कार्यकर्ता भिडाउने काम रोक्न आग्रह गरेको छ।
विस्तृतमा

बाबुरामको बालहठले बर्वाद : खनाल

बुटवल, असार १६ (नागरिक)-एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाबाट संविधान बनाउन ध्यान नदिएर प्रधानमन्त्री बाबुराम भट्टराईको बालहठले मुलुकमा संवैधानिक रिक्तता आएको बताएका छन्। ‘संविधानसभाको वेवास्ता गर्दै प्रधानमन्त्रीले चुनावको घोषणा गरे, मंसिरमा हुनै नसक्ने संविधानसभाको चुनाव गर्छु भन्नु बाबुरामको बालहठ हो,
विस्तृतमा

अध्यक्ष दाहाल र चिनियाँ नेताबीच भेटमा के भयो?

काठमाडौँ, असार १६ - एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका दक्षिण एसिया प्रमुख आई पिङ नेतृत्वको प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भयो। भेटमा चिनिया नेताहरुले नेपालको राजनीतिक अवस्थाबारे जानकारी लिएका थिए।

विस्तृतमा

संविधान सभा पुनर्स्थापना भए पनि कुनै आपत्ति छैन: प्रम भट्टराई

उजिर मगर, काठमाडौ‌, असार १६ - प्रधान मन्त्री बाबुराम भट्टराईले संविधानसभाको पुनर्स्थापना गरे पनि कुनै आपत्ती नभएको बताएका छन् । शनिबार प्रम निवास बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले सबै दलहरुको सहमतिमा संविधान सभा पुनर्स्थापना गर्न सकिने बताए ।
विस्तृतमा

दुई माओवादीको झडपमा गोली चल्यो

(5 votes, average 5.00 out of 5)
दुई माओवादीको झडपमा गोली चल्यो चाँदनी हमाल, हेटौंडा,असार १६- एकीकृत नेकपा माओवादी र नव गठीत नेकपा- माओवादीका कार्यकर्ताबीच पार्टी कार्यालयमा कब्जा जमाउने विषयमा शनिबार भएको दोहोरो झडपमा गोली चलेको छ। गोली लाग्दा संस्थापन पक्षका दुईजना गम्भिर घाइते भएका छन्। झडपसँगै भएको कुटाकुटमा दुव पक्षका एकदर्जन बढी घाइते भएका छन्।
विस्तृतमा

संघीयताले एमालेमा पाँच धार

मणि दाहाल, काठमाडौं, असार १६- 'एक भाइ हिङ नभए भागै नबस्ने, अर्को भाइ हिङ भए घरै नपस्ने!' राज्य पुनर्संरचनामा कस्तो संघीयता भन्ने विवादले एमालेमा अहिले यही उखान चरितार्थ गर्दैछ। बहुपहिचानसहितका सात प्रदेशमा जाने असार ८ को केन्द्रीय कमिटी निर्णयलाई पर राखेर एमाले नेताहरु यस्तो हुनुपर्छ, उस्तो हुनुहुन्न भन्दै राज्य पुनर्संरचनाको तीतोपिरो बहसमा छन्।
विस्तृतमा

शान्ति निर्माण कोषलाई थप ७२ करोड

सुरेन्द्र पौडेल, काठमाडौं, असार १६ - संयुक्त राष्ट्रसंघीय शान्ति निर्माण कोषले नेपाललाई थप ८० लाख अमेरिकी डलर (झण्डै ७२ करोड रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराएको छ। शुक्रबार उक्त रकम नेपालको लागि निकासा गरेको कोषले जनाएको छ।
विस्तृतमा

पुल बनाउन ५ अर्ब ४० करोड ऋण

काठमाडौं, असार १६ (नागरिक) - विश्व बैंकले पुल निर्माण तथा मर्मत गर्न नेपाललाई ६ करोड अमेरिकी डलर (झण्डै ५ अर्ब ४० लाख रुपैयाँ) ऋण सहयोग दिने भएको छ। विश्व बैंकले बिहीबार उक्त सहयोग नेपाललाई उपलब्ध गराउने प्रस्ताव स्विकृत गरेको हो।
विस्तृतमा

कोइराला-महतो भेट

काठमाडौं, असार १६ (नागरिक) - कांग्रेस सभापति सुशील कोइरालाले शुक्रबार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग भेट गरेका छन्। कोइराला निवास महाराजगन्जमा भएको भेटमा सरकारले एकलौटी घोषणा गरेको चुनावपछि उब्जिएको राजनीतिक र संवैधानिक जटिलताबारे छलफल भएको थियो।

विस्तृतमा
More Articles...
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  Next 
  •  End 
  • »
Page 1 of 7
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता