काठमाडौं, असार ७ (नागरिक)- पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्ध भ्रष्टाचार मुद्दाको अन्तिम बहस बुधबार सकिएको छ। विशेष अदालतमा जोशीलगायत उनकी सासू नीरकुमारी पन्त, छोरा दिनेश, सालो वासुदेव पन्त, सम्पत्ति लुकाउने ताराराज पाण्डे तथा सहयोगी रामकृष्ण तिवारीका तर्फबाट नौ दिन लगातार बहस भएको थियो।