सहमतिका लागि प्रम बाधक बन्नु हुँदैन : नेता केसी

काठमाडौं, असार १५ - नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराई बाधक बन्न नहुने बताएका छन्। बिपी कोइराला युवा नेतृत्व विकास मञ्चद्वारा आज आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री भट्टराईले राजीनामा दिई सहमतिका लागि मार्गप्रशस्त गर्नुपर्ने बताए।
विस्तृतमा

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मधेसी मोर्चाको पनि असहमति छः मन्त्री महतो

(3 votes, average 3.67 out of 5)
काठमाडौँ, असार १५- सदभावना पार्टीका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले प्रधानमन्त्री बाबुराम भट्टराईले त्रिभुवन विमानस्थलमा दिएको अभिब्यक्तिप्रति मधेसी मोर्चाकोसमेत असहमति रहेको बताएका छन्। ब्राजिल भ्रमणबाट फर्केपछि प्रधानमन्त्रीले निर्वाचनबाट अर्को संसद नबनेसम्म राजीनामा नदिने बताएका थिए।
विस्तृतमा

एनेकपा (माओवादी)सँगको सम्बन्धविच्छेद स्वभाविक- वैद्य

(1 vote, average 1.00 out of 5)
काठमाडौँ, असार १५- नेकपा -माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा (माओवादीसँग)को सम्बन्धविच्छेदलाई स्वाभाविक रुपमा लिन आग्रह गरेका छन्। मूल नेतृत्व रुपान्तरण हुन तयार नभएपछि एकीकृत नेकपा (माओवादी)सँग सम्बन्धविच्छेद गर्दै नयाँ पार्टीको जन्म भएको उनले बताए।
विस्तृतमा

कङ्ग्रेस सभापति मन्त्री महतोसित, प्रधानमन्त्री कलाकारसित

(1 vote, average 1.00 out of 5)
काठमाडौँ, असार १५ (नागरिक)-  अनौपचारिक रुपमा कङ्ग्रेसद्वारा भावी प्रधानमन्त्रीका रुपमा प्रचारित सभापति सुशील कोइरालाले सत्तारुढ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतासँग भेट्ने क्रम आज पनि जारी राखेका छन्। उता, प्रधानमन्त्री बाबुराम भट्टराईले भने आज कलाकारहरु भेटेका छन्। 
विस्तृतमा

जनयुद्ध थाल्नुअघिका बाबुरामका माग बाबुरामलाई नै

(7 votes, average 3.86 out of 5)

काठमाडौं, असार १५ (नागरिक)- नेकपा-माओवादीले प्रधानमन्त्री बाबुराम भट्टराईसमक्ष राष्ट्रिय स्वाधीनता र जनजीविकाबारे ४० बुँदे माग राख्ने भएको छ।
मागपत्रमा सिमा अतिक्रमण, विदेशी हस्तक्षेप, राष्ट्रियता लगायत समेटिने नेकपा- माओवादीकी प्रवक्ता पम्फा भुसालले भनिन्।

विस्तृतमा

अर्थद्वारा नियमविपरीत भिसा नोट सिधै दूतावासमा

(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार १५ (नागरिक)- अर्थ मन्त्रालयले कूटनीतिक आचारसंहिता विपरीत विदेशमा हुने सम्मेलनमा आफ्ना कर्मचारी पठाउन सिधै सम्बन्धित दूतावासलाई पत्राचार गरेको खुलेको छ।
विस्तृतमा

पुनर्स्थापनामा कांग्रेसका ७८ पूर्व सभासदको हस्ताक्षर

(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार १५ (नागरिक)- संविधानसभा पुनर्स्थापनालाई पार्टीको मुख्य एजेन्डा बनाउन माग गर्दै कांग्रेसका ७८ पूर्व सभासदले पार्टी सभापति सुशील कोइरालालाई हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन्।
विस्तृतमा

गृह जिल्लामा दाहाललाई पुरानाको, बादललाई नयाँको साथ

रमेशकुमार पौडेल, चितवन, असार १५- राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका माओवादी नेताहरु पुष्पकमल दाहाल 'प्रचण्ड' र रामबहादुर थापा 'बादल'ले चितवनबाट सँगैसँगै राजनीति सुरु गरे। अहिले पार्टी अध्यक्ष दाहाललाई छाडेर बादलले वरिष्ट नेता मोहन वैद्य किरणलाई रोजे।
विस्तृतमा

पूर्व राजपरिवारको सम्पत्ति जसरी पनि खोज्नुस् : प्रम भट्टराई

(2 votes, average 3.00 out of 5)
काठमाडौँ, असार १४ - प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व राजपरिवारका सदस्यहरूको सम्पत्ति खोजविनको कामलाई तदारुकताका साथ अगाडि बढाउन नेपाल ट्रष्टको कार्यालयलाई निर्देशन दिएका छन्। उनले पूर्व राजपरिवारको नाममा विदेशमा रहेका सम्पत्तिसमेत व्यवस्थितरुपमा खोज्न निर्देशन दिए।
विस्तृतमा

पार्टी सभापति कोइरालालाई आफ्नै पूर्वसभासद्को ज्ञापनपत्र

काठमाडौँ, असार १४ - नेपाली काँग्रेसका निवर्तमान सभासद्हरूको एउटा समूहले आज पार्टी सभापति सुशील कोइरालालाई भेटी संविधानसभा पुनःस्थापनाका लागि पहल गर्न आग्रह गरेको छ। मोहन पाण्डे, जीवनप्रेम श्रेष्ठ, आइबी गुरुङ, जिपछिरिङ लामालगायत ३० भन्दा बढीको सङ्ख्यामा रहेका पूर्व सभासद्ले यस्तो माग गरेका हुन्।
विस्तृतमा

प्रधानमन्त्रीले तत्‍काल राजीनामा दिनुपर्छ : गिरी

(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार १४ (नागरिक)- नेपाल सद्‍भावना पार्टी (आनन्दी देवी)की अध्यक्ष सरिता गिरीले प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिने बताएकी छन्। उनले भट्टराईले तत्काल राजीनामा दिएर मुलुकको संकटकालीन अवस्थालाई निकास दिनुपर्ने धारणा राखेकी हुन्।
विस्तृतमा

सरकार सहमतिका लागि तयार छ- सञ्चारमन्त्री यादव

भक्तपुर, असार १४- सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले राष्ट्रिय समस्या समाधान गर्न सहमतिको विकल्प नभएको बताएका छन् । जिविस भक्तपुरको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आज आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा उनले सहमतिका लागि सरकार तयार रहेको बताए ।
विस्तृतमा

बाबुरामले नमानेपछि सङ्कटकाल लगाउन सकिएन : कङ्ग्रेस नेता देउवा

(2 votes, average 3.00 out of 5)
काठमाडौं, असार १४ (नागरिक)- कङ्ग्रेस नेता शेरबहादुर देउवाले आफूले सङ्कटकाल लगाएर भए पनि समय थपौं अनि संविधान जारी गरौं भनेको बताएका छन्। तर अरुले माने पनि बाबुराम भट्टराईले नमानेका कारण यो प्रस्ताव सफल हुन नसकेको भनाई पनि उनको थियो।
विस्तृतमा

रणनीति बनाउन कोइराला-ठाकुर छलफल

(2 votes, average 5.00 out of 5)

काठमाडौं, असार १४-नेपाली कांग्रेसका सभापति सुशील कोइराला र तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच मुलुकको पछिल्लो राजनीतिक गतिविधिका बारेमा छलफल भएको छ। उनीहरुबीच वर्तमान सङ्कट समाधानका लागि दलहरुले अपनाउनुपर्ने भावी रणनीतिबारेसमेत छलफल भएको जनाइएको छ।

विस्तृतमा

प्रधानमन्त्रीलाई कालो झन्डा, ८ पक्राउ

काठमाडौं, असार १४ (नागरिक)- त्रिभुवन विश्वविद्यालय दिवसको समारोहलाई सम्बोधन गर्न कीर्तिपुर पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई नेविसंघ र अनेरास्वियूका विद्यार्थीले कालो झन्डा देखाएका छन्। त्रिविको कूलपति समेत रहेका प्रधानमन्त्री भट्टराई आउने थाहा पाएपछि विद्यार्थीले कालो झन्डा देखाउने तयारी गरेका थिए।
विस्तृतमा

दलहरुले आवेगमा आक्रोस पोखेः प्रधानमन्त्री

काठमाडौं, असार १४ (नागरिक)- प्रधानमन्त्री बावुराम भट्टराईले बिहिबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग छलफल गरेका छन्। उद्योगीसँग भेट गर्दै उनले दलहरुले अहिले आवेगमा आक्रोस पोखे पनि सहमतिमा आउनुको विकल्प नभएको बताए।
विस्तृतमा

अध्यक्षमा वैद्य चयन, महाधिवेशन पुसमा

उजिर मगर, काठमाडौं, असार १४- नवगठित नेकपा-माओवादीको सोमवारदेखि जारी केन्द्रीय समिति बैठक मोहन वैद्यलाई अध्यक्ष बनाउने निर्णय गर्दै टुंगिएको छ। बैठकले सिपी गजुरेललाई उपाध्यक्ष, रामबहादुर थापालाई महासचिव, नेत्रविक्रम चन्द र देव गुरुङ सचिव र पम्फा भुसाललाई प्रवक्ता बनाउने निर्णय गरेको छ।
विस्तृतमा

प्रधानमन्त्री दाहालसँग आक्रोसित

काठमाडौं, असार १४ (नागरिक)- प्रधानमन्त्री भट्टराईको सरकार नछाड्ने आक्रोशपूर्ण अभिव्यक्तिप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहाल नै झस्किएको उनी निकट नेताहरुको भनाइ छ। पार्टीभित्र छलफलै नभएको विषयलाई अध्यक्षले प्रधानमन्त्रीको राजीनामा गराउँछु भनी चार दलको बैठकमा प्रतिबद्धता जनाएपछि भट्टराई अध्यक्षप्रति नै आक्रोशित भएका हुन्।
विस्तृतमा

संविधानसभा ब्युँताउन दाहाल सकारात्मक

गोविन्द परियार, काठमाडौं, असार १४- प्रमुख दल 'कुनै रुपमा' संविधानसभा ब्युँताएर संकटमोचन गर्ने 'मुड' मा देखिएका छन्। संविधानसभा म्याद थप्न सरकारले ल्याएको विधेयकको आक्रमक विरोधी कांग्रेस सभापति सुशील कोइराला नै अहिले संविधानसभा कुनै न कुनै रुपमा जीवित राख्नुपर्ने निष्कर्षमा पुगेका छन्।
विस्तृतमा
Page 2 of 7
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता