भण्डारीको नेतृत्वमा 'राष्ट्रिय मधेस समाजवादी पार्टी'

(1 vote, average 5.00 out of 5)
काठमाडौं, असार १४ (नागरिक)-मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट राजीनामा दिएका नेताहरूले राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरेका छन्।बुधबारदेखि राजधानीको राष्ट्रिय सभागृहमा सुरु राष्ट्रिय भेलाले शरतसिंह भण्डारीको नेतृत्वमा नयाँ पार्टी गठन गरेको हो।
विस्तृतमा

मंसिरमा स्थानीय चुनाव गरौं : आयोग

काठमाडौं, असार १४ (नागरिक)-संवैधानिक र कानुनी जटिलताले मंसिरमा संविधानसभा चुनाव हुने सम्भावना नरहेको जनाउ दिँदै निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले त्यही तिथिमा स्थानीय चुनाव गराउन सरकारलाई सुझाव दिएका छन्। बुधबार प्रधानमन्त्रीसँग भेटेर उनले राजनीतिक सहमति जुटाएर स्थानीय निकायको चुनाव गराउन सुझाएका हुन्।
विस्तृतमा

राष्ट्रपति र प्रधानमन्त्रीबीच सम्बन्ध चिसिंदै

(2 votes, average 3.00 out of 5)
माधव ढुङ्गेल, काठमाडौं, असार १४ - प्रधानमन्त्री बाबुराम भट्टराईले ब्राजिल भ्रमणबाट फर्केको तीन दिनपछि राष्ट्रपति रामवरण यादवसँग भेटी सम्मेलनमा सहभागिताबारे 'ब्रिफिङ' गरेका छन्। शितल निवासमा बुधबार बिहान १० बजेदेखि करिब १० मिनेटमात्र कुराकानी भएको थियो।
विस्तृतमा

'जनजातिलाई उक्साएको होइन'

(1 vote, average 5.00 out of 5)
काठमाडौं, असार १४ (नागरिक)- बेलायती अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री एलान डंकनले डिएफआइडीलगायत बेलायती दाताले नेपालमा जातीय द्वन्द्व बढाउन जनजाति आन्दोलनकारीलाई उक्साएको भन्ने प्रचारको खण्डन गरेका छन्।
विस्तृतमा

माधव नेपाल बेइजिङ नजाने, 'राजनीतिक भेटघाट छैन'

पूर्ण बस्नेत, हङकङ, असार १४ - चिनिया गैरसरकारी संस्थाले आयोजना गरेको पर्यावरण र स्वस्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन चीनको चेङ्दु पुगेका एमाले वरिष्ठ नेता माधव नेपालले बेइजिङ जाने कार्यक्रम नरहेको जनाएका छन्। राजधानी बेइजिङमा चिनिया नेताहरूसँग भेटवार्ता हुने सम्भावना नकार्दै उनले त्यस्तो कार्यक्रम नरहेको प्रष्ट्याएका हुन्।
विस्तृतमा

पूर्व लडाकुलाई फकाउँदै संस्थापन पक्ष

अमर खड्का, इटहरी, असार १४ - मोहन वैद्यको अध्यक्षतामा खुलेको नयाँ पार्टीमा जान रोक्न एकीकृत माओवादीले पूर्व लडाकुलाई सक्रिय गराउने अभियान थालेको छ। पूर्व लडाकुलाई सक्रिय गराउने अभियानसँगै माग पूरा गराई छाड्ने केन्द्रीय नेताले आश्वासन दिन थालेका छन्।
विस्तृतमा

प्रधानमन्त्रीले डाकेको बैठक युवानेताहरूद्वारा अस्वीकार

माधव ढुङ्गेल, काठमाडौं, असार १३-प्रधानमन्त्री बाबुराम भट्टराईले 'राष्ट्रिय एकताको वातावरण बनाउन' भनी बोलाएको परामर्शमा कांग्रेस, एमाले, मधेश केन्द्रित दलबाट आमन्त्रित युवानेताहरुले अस्वीकार गरेका छन्। प्रधानमन्त्री हुनुभन्दा अघिदेखि माओवादीभित्र 'शान्ति र संविधान' को कार्यनीतिका पक्षधर भनी भट्टराईप्रति सहानुभूति राख्ने विभिन्न पार्टीका नेताहरू बुधबारका लागि बोलाईको बैठकमा नगएका हुन्।
विस्तृतमा

प्रधान मन्त्रीको भनाइ नै पार्टीको : प्रवक्ता शर्मा

(2 votes, average 5.00 out of 5)
काठमाडौं, असार १३ (नागरिक) - एकीकृत माओवादीका प्रवक्ता एवं शिक्षामन्त्री दीनानाथ शर्माले प्रधानमन्त्री बाबुराम भट्टराईले ब्राजिलबाट फर्केर एयरपोर्टमा दिएको अभिव्यक्ति नै पार्टीको बटमलाइन भएको बताएका छन्। 'प्रधानमन्त्री भट्टराईको भनाइबाट पार्टीमा कोही असन्तुष्ट छैन। अध्यक्ष प्रचण्ड असन्तुष्ट रहेको भन्ने कुरा हल्लामात्र हो,'
विस्तृतमा

बेलायती राज्य मन्त्री डंकन र दाहालबीच भेट

काठमाडौं, असार १३- नेपाल भ्रमणमा रहेका बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री एलन डंकन र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ।
विस्तृतमा

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, असार १३- राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच आज बिहान भेटवार्ता भएको छ। राष्ट्रपतिभवन शीतलनिवासमा भएको भेटवार्तामा उहाँहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

विस्तृतमा

प्रधानमन्त्री कसलाई बनाउने भन्ने छलफल भएको छैन : कांग्रेस

काठमाडौं, असार १३ (नागरिक)- प्रधानमन्त्रीले राजीनामा नै नदिएको अवस्थामा उम्मेदवार तोक्ने बेला नभएको कांग्रेसले प्रतिक्रिया दिएको छ। यसबारे पार्टी र अन्तरपार्टी छलफलसमेत नभएको नेताहरुको भनाइ छ।  'कांग्रेसबाट प्रधानमन्त्री उम्मेदवार तोक्ने भनेर एमालेसँग औपचारिक रुपमा छलफल भएको छैन,' महामन्त्री प्रकाशमान सिंहले नागरिकसँग भने, 'प्रधानमन्त्रीले राजीनामा नै नदिएको अवस्थामा उम्मेदवार तोक्ने समय आयो/आएन भन्ने विषयमा हामी बुझ्दैछौं।'

विस्तृतमा

भण्डारीको पार्टी घोषणा आज

(1 vote, average 5.00 out of 5)
काठमाडौं, असार १३ (नागरिक)- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट अलग्गिएका नेता शरतसिंह भण्डारीले नयाँ पार्टी घोषणा गर्न आज राजधानीमा 'राष्ट्रिय राजनीतिक सम्मेलन' डाकेका छन्। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भण्डारीले २७ जिल्लाबाट आएका २५ सय प्रतिनिधिहरुको सम्मेलनले नयाँ पार्टी घोषणा गर्ने बताए।
विस्तृतमा

प्रधानमन्त्री भट्टराईमा 'जङ्गबहादुरको प्रेत' सवार : एमाले नेता ओली

(6 votes, average 2.83 out of 5)
काठमाडौं, असार १२- एमाले नेता केपी शर्मा ओलीले नयाँ निर्वाचन नभएसम्म आफ्नो राजीनामा नदिने अभिव्यक्ति प्रधानमन्त्री बाबुराम भट्टराईबाट आउनुलाई उनीभित्र 'जङ्गबहादुरको प्रेत' सवार भएको आरोप लगाएका छन्।
विस्तृतमा

पौडेल वा देउवामध्ये एक प्रधानमन्त्री बन्ने : कांग्रेस नेता सिंह

(3 votes, average 2.00 out of 5)
काठमाडौं, असार १२ (नागरिक)- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली कांग्रेसले १० दिनभित्र केन्द्रीय कार्यसमितिको बैठक बसेर सहमतिमा प्रधानमन्त्रीको साझा उमेदवारी घोषणा गर्ने बताएका छन्।
विस्तृतमा

'कांग्रेसले प्रमको उमेद्ववार घोषणा नगरे एमालेले ओलीलाई अघि सार्छ'

(3 votes, average 2.00 out of 5)
काठमाडौं, असार १२ (नागरिक)- नेकपा एमालेका पोलिटब्यूरो सदस्य रघुजी पन्तले कांग्रेसले तत्काल सहमतिमा प्रधानमन्त्रीको उमेद्ववार अगाडि नसारे एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीलाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने घोषणा गरेका छन्।
विस्तृतमा

रियोबाट ल्याएको बल नेपालमा काम लाग्दैन : एमाले अध्यक्ष खनाल

(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार १२- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले रियोबाट ल्याएको कुनै सूचना वा बल नेपालमा काम नलाग्ने भएकाले त्यसको हेक्का राख्‍न प्रधानमन्त्री बाबुराम भट्टराईको ध्यानाकर्षण गराएका छन्।
विस्तृतमा

'वैद्य पक्ष अझै प्रचन्डपथीय चिन्तनमा'

माधव ढुङ्गेल, काठमाडौं, असार १२- नेकपा (माओवादी) का अध्यक्ष मातृकाप्रसाद यादवले मोहन वैद्यलगायत नवगठित नेकपा-माओवादीका स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाउनका लागि राष्ट्रपति रामवरण यादव गुहारेकोप्रति विरोध जनाएका छन्।
विस्तृतमा

हङकङका माओवादी दाहालकै पकडमा

(3 votes, average 3.67 out of 5)
हङकङ, असार १२ (नागरिक)- मोहन वैद्यको नेतृत्वमा गठन भएको नेकपा-माओवादीको पक्षमा केही कार्यकर्ता देखिए पनि हङकङका अधिकांश माओवादी कार्यकर्ता संस्थापन पक्षमा उभिएका छन्। हङकङ कमिटिका कार्यबाहक सचिव, सहसचिव सहित दुई तिहाई बढी सदस्यले शान्ति र संविधानको विकल्प नरहेको भन्दै एकीकृत माओवादीमै रहने निर्णय गरेका हुन्।
विस्तृतमा

प्रधानमन्त्री उम्मेदवार दिन कांग्रेसलाई सात दिनको म्याद

(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार १२ (नागरिक) - एमाले सचिव शंकर पोखरेलले कांग्रेसलाई सहमतिको प्रधानमन्त्री उम्मेदवार प्रस्तुत गर्न एक साताको म्याद दिएका छन्। त्यसभित्र नाम नदिए एमालेले विकल्प दिने उनको भनाइ छ।
विस्तृतमा
Page 3 of 7
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता