आठ मन्त्रीले अझै सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं, असार १२ (नागरिक)- मन्त्री भएको डेढ महिना बिते पनि आठ मन्त्रीले अझै सम्पत्ति विवरण बुझाएका छैनन्। मन्त्री भएको १५ दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने नियम छ। अहिलेसम्म १० जना मन्त्रीले मात्रै सम्पत्ति विवरण बुझाएका छन्।
विस्तृतमा

एमालेमा असन्तुष्टलाई सात प्रदेश मान्न दबाब

काठमाडौं, असार १२ (नागरिक)- बहुपहिचानका आधारमा सात प्रदेश बनाउने पार्टी निर्णय स्वीकार्न एमालेमा जनजाति-मधेसी नेतालाई दबाब बढेको छ। दुई दर्जन जिल्ला कमिटी अध्यक्ष (जनजाति-मधेसी) हरुले बहुपहिचानसहित सात प्रदेशमा जाने शुक्रबार केन्द्रीय कमिटीबाट पारित प्रस्तावले उनीहरुका माग सम्बोधन गरेको भन्दै त्यसलाई स्वीकारेर पार्टी काममा फर्कन आह्वान गरेका छन्।
विस्तृतमा

राष्ट्रपतिलाई नउक्साऊ : नागरिक अगुवा

बसन्त बस्नेत, काठमाडौं, असार १२- कामचलाउ सरकार भंग गरी 'राष्ट्रिय सहमतिको नयाँ सरकार गठन गर्न' राष्ट्रपतिलाई दबाब परिरहेका बेला केही नागरिक अगुवाले राष्ट्रपतिलाई अनावश्यक नउक्साउन आग्रह गरेका छन्।  नवगठित एनेकपा-माओवादी अध्यक्ष मोहन वैद्य नेतृत्वको एक टोलीले आइतबार राष्ट्रपति रामवरण यादवलाई शीतल निवासमा भेटी बाबुराम भट्टराई नेतृत्वको सरकार हटाउन र नयाँ सरकार गठनको पहल लिन आग्रह गरेको घटनाप्रति उनीहरुले संवेदनशीलता देखाएका हुन्।
विस्तृतमा

नेकपा-माओवादीको उपाध्यक्षमा गजुरेल, सचिवमा गुरुङ र चन्द प्रस्तावित

उजिर मगर, ललितपुर, असार १२ - नेकपा-माओवादीको केन्द्रीय समिति बैठकमा महाधिवेशनसम्मका लागि पदाधिकारी मात्रै राख्ने प्रस्ताव गरिएको छ। केही केन्द्रीय सदस्यहरूले 'नयाँ टिम' थप गर्ने अनौपचारिक सुझाव दिए पनि त्यसको वास्ता नगरी पदाधिकारी बाहेक नराख्ने प्रस्ताव गरिएको हो।
विस्तृतमा

सहमतिविना बजेट किन : सर्वोच्च

(3 votes, average 2.33 out of 5)
काठमाडौं, असार १२ (नागरिक) - सर्वोच्च अदालतले दलहरूको सहमतिबिनै अध्यादेशबाट बजेट लयाउन खोजेकोबारे सरकारसँग कारण सोधेको छ। न्यायाधीश सुशीला कार्कीको एकल इजलासले सोमबार सरकारसँग 'दलहरुसँग बिना सहमति अध्यादेशबाट बजेट ल्याउनुपर्ने' कारण माग गरेको हो।
विस्तृतमा

जातीय, क्षेत्रीय र उत्पीडित समुदायको मोर्चा दाहालको पक्षमा

(2 votes, average 3.00 out of 5)
काठमाडौं, असार १२ (नागरिक) - एकीकृत माओवादीको जातीय, क्षेत्रीय र उत्पीडित समुदायको मोर्चाले विभाजनकारी कदमबाट बिचलित नहुन अपील गर्दै पार्टी नीति तथा कार्यक्रममा सामूहिक ऐक्यबद्धता जनाएका छन्।
विस्तृतमा

निर्वाचन मिति सार्ने बारे दाहाल-गच्छदारबीच छलफल

काठमाडौं, असार ११-एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारबीच वर्तमान सरकारले तोकेको संविधानसभाको नयाँ निर्वाचनको मितिभित्रै निर्वाचन सम्पन्न गर्ने वा अन्य दलहरूको सहमतिमा नयाँ निर्वाचनको मिति घोषणा गर्ने भन्ने विषयमा छलफल भएको छ।
विस्तृतमा

राजनीतिक मुद्दामा सहमतिपछि मात्रै आर्थिक मुद्दा : कांग्रेस नेता महत

बनेपा, असार ११ (नागरिक)- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री रामशरण महतले पहिले राजनीतिक मुद्दामा सहमति भएपछि मात्र आर्थिक मुद्दामा सहमति हुने बताएका छन्। उनले राजनीतिक मुद्दामा सहमति नगरी अहिलेको सरकारलाई राजनीतिक र नैतिकरुपमा बजेट ल्याउने अधिकार नभएको बताए।
विस्तृतमा

प्रधानमन्त्री फर्किँदा सयौं घाइते भएको कांग्रेसको दाबी

(5 votes, average 1.80 out of 5)
काठमाडौं, असार ११ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डा देखाउन विमानस्थल पुगेका सयौं कार्यकर्ता घाइते भएको नेपाली कांग्रेसले दाबी गरेको छ। प्रहरीको बल प्रयोगपछि उनीहरु घाइते भएका हुन्। त्यस्तै दुई दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विस्तृतमा

'राजीनामा' केटाकेटीको खेल होइन : प्रधानमन्त्री भट्टराई

(13 votes, average 4.00 out of 5)
राजधानीको ट्राफिक अस्तव्यस्त-
सुरेन्द्र पौडेल, काठमाडौं, असार ११- प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिनु केटाकेटीको खेल नभएको बताएका छन्। उनले कसैले रोएर माग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारे। संवैधानि निर्वाचनपछि मात्र अर्को सरकार बन्ने उनको तर्क थियो।
विस्तृतमा

जनजाति फ्रि तिब्बतको पक्षमा नभएको नेताहरुको जिकिर

(4 votes, average 1.00 out of 5)

पूर्ण बस्नेत, हङकङ, असार ११- जातीय पहिचानसहितको संघीयताको पहल गर्दै आएका जनजाति नेताहरूले आदिवासी जनजातिलाई अधिकार दिँदैमा 'फ्रि तिब्बत' पक्षधरलाई सहयोग नपुग्ने दावी गरेका छन्। चीन र भारतलाई देखाएर आदिवासी जनजातिलाई अधिकारबाट बञ्चित गर्ने प्रयास भइरहेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

विस्तृतमा

पूर्वप्रम नेपाल चीन जाँदै

काठमाडौँ, असार ११ (नागरिक)- देशमा राजनीतिक अन्यौल छाइरहेका बेला पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपाल एउटा गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी हुन आज चीन जाँदै छन्।
विस्तृतमा

प्रधानमन्त्री फर्कँदा कालो झण्डा देखाउने तयारी

(1 vote, average 2.00 out of 5)
प्रधानमन्त्री फर्कँदा कालो झण्डा देखाउने तयारी काठमाडौं, असार ११ (नागरिक)- ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न दीगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलन 'रियो प्लस ट्वान्टी' मा सहभागी भई आज दिउँसो स्वदेश फर्कन लागेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई कङ्ग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाउने तयारी गरेका छन्।
विस्तृतमा

चुनाव गराउने आयोग नै रित्तिने

(1 vote, average 1.00 out of 5)
गोविन्द परियार, काठमाडौं, असार ११- सरकारले संविधानसभाको नयाँ चुनाव घोषणा गरे पनि निर्वाचन आयोग भने पुससम्म नेतृत्वविहीन हुने भएको छ। कार्यवाहक प्रमुख आयुक्त नीलकण्ठ उप्रेती छवर्षे कार्यकाल पूरा गरी कात्तिक २२ गते अनिवार्य अवकाश पाउँदैछन्।
विस्तृतमा

गोलमेचबाट संविधान सभा ब्युँताए वैद्य नेतृत्वको माओवादीले मान्ने

काठमाडौँ, असार ११ (नागरिक)- नेकपा-माओवादी स्थायी समिति सदस्य देव गुरुङले गोलमेच सम्मेलनबाट सहमति गरी संविधानसभा ब्युँताउन सकिने बताएका छन्।

विस्तृतमा

सेना समायोजन टुङ्ग्याउन विशेष समिति डाक्न कांग्रेस-एमालेको दबाब

(1 vote, average 5.00 out of 5)
काठमाडौं, असार ११ (नागरिक)- कांग्रेस-एमालेसहित २७ प्रतिपक्षी दलले विशेष समिति बैठक डाक्न प्रधानमन्त्रीलाई दबाब दिँदैछन्। लडाकु शिविर सुरक्षा सेनालाई सुम्पेको अढाइ महिनासम्म सेना समायोजन विशेष समितिको बैठक नबस्दा लगभग टुंगिने अवस्थाको शान्ति प्रक्रिया अवरुद्ध रहेको भन्दै उनीहरुले समितिका अध्यक्ष प्रधानमन्त्री बाबुराम भट्टराईलाई लिखित आग्रह गर्ने निर्णय गरेका हुन्।
विस्तृतमा

प्रधानमन्त्री भट्टराई आज स्वदेश फर्कँदै

(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार ११ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराई ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न दीगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलन 'रियो प्लस ट्वान्टी' मा सहभागी भई सोमबार दिउँसो स्वदेश फर्कँदै छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनी जेट एयरवेजमा पौने तीन बजे काठमाडौं आइपुग्नेछन्।
विस्तृतमा

दलहरुले चाहे मंसिर ७ मै चुनाव : निर्वाचन आयुक्त

(1 vote, average 1.00 out of 5)
बाग्लुङ, असार ११ (नागरिक)- सरकारले निर्वाचन घोषणा गरेपनि आगामि मंसिर ७ गतेको निर्वाचन हुन नसक्ने प्रतिपक्षी दलहरुले बताई रहँदा कार्यवाहक निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन गर्न सकिने बताएका छन्।
विस्तृतमा

सहमतिका लागि दलहरु एक पाइला पछि सर्नुपर्छ : उपप्रधानमन्त्री गच्छदार

(2 votes, average 4.50 out of 5)
नेपालगन्ज, असार १०- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले विमतिमा रहेका राजनीतिक मुद्दा दलीय सहमतिका आधारबाट मात्र टुङ्गो लगाउन सकिने बताएका छन्। उनले जनता झुक्याउन गरिने आन्दोलनको कुनै तुक नभएको स्पष्ट पारे।
विस्तृतमा
Page 4 of 7
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता