वैद्यपक्ष लक्ष्य बिहीन बाटोतर्फ : पौडेल

(2 votes, average 1.50 out of 5)
परासी, असार १०-कसैले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताएका छन्। पार्टी फुटबारे जानकारी गराउन आइतबार नवलपरासीको परासीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले बाबुराम भट्टराई नेतृत्वको सरकार नै अहिलेको वैधानिक सरकार भएको दाबी गरे।
विस्तृतमा

कामचलाउ सरकारको पूर्ण बजेट मान्य हुँदैन : अध्यक्ष खनाल

काठमाडौं, असार १०- नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालसँग नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेशकुमार बस्नेत नेतृत्वको प्रतिनिधिमण्डलले भेटी आगामी आर्थिक वर्षका लागि पूर्ण बजेट ल्याउने अवस्था सिर्जना गर्न आग्रह गरेको छ। एमाले अध्यक्ष खनालले पूर्ण बजेट राजनीतिक सहमतिमा मात्र आउन सक्ने जवाफ दिए।
विस्तृतमा

मंसिरमा नभए चैतसम्म निर्वाचन : आयुक्त उप्रेती

फलेवास (पर्वत), असार १०-कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी मङ्सिर ७ गतेसम्म नभए चैतसम्म निर्वाचन हुने बताएका छन्। उप्रेतीले मङ्सिर ७ गतेका लागि तोकिएको निर्वाचनको कार्यक्रममा दलहरु तयार नभए निर्वाचन असम्भव हुने बताउँदै चैतसम्म जुनसुकै हालतमा निर्वाचन गर्नुपर्नेमा जोड दिए।
विस्तृतमा

पार्टी फुटाएपछि पहिलो पटक वैद्यसहितका नेताले राष्ट्रपति भेटे

काठमाडौँ, असार १० (नागरिक)- पार्टी फुटाएपछि नेकपा-माओवादीका अध्यक्षका हैसियतले मोहन वैद्यले आज बिहान पहिलो पटक राष्ट्रपति रामवरण यादवसित भेट गरेका छन्। शितल निवासमा भएको भेटमा नयाँ माओवादीका अन्य नेताहरु रामबहादुर थापा, नेत्रविक्रम चन्द लगायतका नेताहरु पनि सहभागी थिए।
विस्तृतमा

एमालेमा निर्वाचनकै विकल्प

(4 votes, average 5.00 out of 5)
मनोज दाहाल, काठमाडौं, असार १०-  एमालेले औपचारिक लिखतमा ‘सहमतिबाटै राजनीतिक निकास निकाल्ने' भने पनि शुक्रबार सम्पन्न केन्द्रीय समितिका अधिकांश सहभागीले बैठकका क्रममा भने- ‘अबको विकल्प निर्वाचन नै हुनुपर्छ।'
विस्तृतमा

एमाले विवाद उत्कर्षतिर, नयाँ पार्टी खोल्ने असन्तुष्टको चेतावनी

(2 votes, average 1.50 out of 5)
काठमाडौं, असार १० (नागरिक)- एमाले केन्द्रीय कमिटीले बहुपहिचानको सात प्रदेश पारित गरेपछि आन्तरिक विवाद झनै चुलिएको छ।  जातीय कि साझा पहिचान भन्नेमा विभाजित दुवै पक्षका नेताले बहुपहिचानको सात प्रदेशको विरोधमा 'नोट अफ डिसेन्ट' लेखेका छन्।
विस्तृतमा

राष्ट्रपतिले थाले नयाँ सरकारको गृहकार्य

(6 votes, average 5.00 out of 5)
माधव ढुङ्गेल, काठमाडौं, असार १०- राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रिय सहमति जुटाउन असफल भएको निष्कर्षसहित नयाँ सरकारको गृहकार्य थालेका छन्। प्रधानमन्त्रीको दल एकीकृत माओवादी र उपप्रधानमन्त्री विजयकुमार गच्छदारको दल मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) दुवै फुटेकाले सरकारको विकल्प खोजिएको हो।
विस्तृतमा

२५ भ्रातृ संगठन एकीकृत माओवादीमै

(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार १० (नागरिक)-  एकीकृत माओवादीका २५ भ्रातृ तथा जनवर्गीय संगठनले विभाजनकारी कदमबाट विचलित नभई पार्टी नीति तथा कार्यक्रममा आबद्ध हुन सामूहिक आह्वान गरेका छन्।
विस्तृतमा

राष्ट्रपतिले बाधा अड्काउ फुकाउनुपर्छ : कांग्रेस नेता सिंह

(4 votes, average 3.00 out of 5)
बनेपा, असार ९- नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले मुलुकलाई सङ्कटबाट पार लगाउन राष्ट्रिय सहमति जरुरी भएको र त्यसका लागि राष्ट्रपतिले बाधा अडकाउ फुकाउन सक्ने बताएका छन्। सहमति भएपछि संविधान संसोधन लगायतका कामसमेत हुन सक्ने उल्लेख गर्दै उनले सहमतिबिना उचित निकास नआउते स्पष्ट पारे।
विस्तृतमा

आवेगमा आएर पार्टी फुटाउनेहरुलाई जनताले साथ दिने छैनन् : दाहाल

(3 votes, average 2.67 out of 5)
काठमाडौं, असार ९- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आवेगको भरमा पार्टी फुटाएर नयाँ पार्टी गठन गर्नेहरुलाई देश र जनाताले साथ नदिने बताएका छन्। उनले सनकको भरमा पार्टी फुटाउनेहरु इतिहासको पानामा मात्रै सिमित भएर जाने चेतावनीसमेत दिए।
विस्तृतमा

सहमतिबिना राजनीतिक निकास असम्भव : नेता नेपाल

दमक, असार ९- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिबिना राजनीतिक निकास निस्कन नसक्ने बताएका छन्। उनले राजनीतिक निकासका लागि दलहरूबीच विश्वासको वातावरण बनाइनुपर्नेमा जोड दिए।
विस्तृतमा

उग्रवामपन्थी सोचबाट संविधानसभा अन्त्य भयो : अध्यक्ष खनाल

(1 vote, average 1.00 out of 5)
काठमाडौँ, असार ९ - नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले वामपन्थी आन्दोलनबाट उठान भएको संविधानसभा उग्रवामपन्थी भड्काउबाट अन्त्य भएको बताएका छन्। "आन्दोलनबाट जन्म भएको संविधानसभालाई एमाओवादीको उग्रवादले अन्त्य गर्‍यो, वाम इतिहासमा कलङ्कका रुपमा चित्रण हुनेछ," उनले भने।
विस्तृतमा

प्रधानमन्त्री भट्टराई र अस्ट्रेलियन प्रधानमन्त्री गिलार्डबीच भेट

(1 vote, average 5.00 out of 5)
रियो दि जेनेरियो (ब्राजिल), असार ९ - अस्ट्रेलियन प्रधानमन्त्री जुलिया गिलार्डले नेपालको विकासका लागि आगामी दिनमा अझ सहयोग बढाउने बताएकी छिन्। दिगो विकाससम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिनका लागि ब्राजिलको रियो दि जेनेरियोमा रहेका प्रधान मन्त्री बाबुराम भट्टराईसँग भएको भेटमा उनले उक्त कुरा बताएकी हुन्।
विस्तृतमा

राष्ट्रपति समक्ष भण्डारीको आग्रह : सङ्कट निकासका लागि कदम चाल्नोस्

(1 vote, average 1.00 out of 5)
काठमाडौं, असार ९- राष्ट्रपति रामवरण यादवसँग भेट गरी मधेसवादी दलका नेता शरत्सिंह भण्डारीले राजनीतिक निकासका लागि कदम चाल्न आग्रह गरेका छन्। राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबीच आधा घण्टा भेटघाट भएको हो।
विस्तृतमा

सूर्यबहादुर थापा घर फर्के

काठमाडौं, असार ९ (नागरिक)- मुटुमा समस्या भएपछि नर्भिक अस्पताल भर्ना भएका राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा स्वास्थ्यलाभ गरी आज घर फर्किएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टी संयुक्त कार्यसम्पादन समितिको बैठकको अध्यक्षता गरिरहेको समयमा जेठ २७ गते अकस्मात बेहोस भएपछि श्री थापालाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।
विस्तृतमा

'कामचलाउले पूर्ण बजेट ल्याउन मिल्दैन'

गोविन्द परियार, काठमाडौं, असार ९- कांग्रेस, एमालेसहित २७ दलले कामचलाउ हैसियतको वर्तमान सरकारलाई पूर्ण बजेटको तयारी नगर्न आग्रह गरेका छन्। अर्थमन्त्री वर्षमान पुनले पूर्ण बजेटबारे सहमति गर्न कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग उनीहरूको निवासमा पुगेर आग्रह गरे पनि पनि कामचलाउ सरकारले नयाँ कार्यक्रमसहित पूर्ण बजेट ल्याउन नसक्ने कोइराला र खनालले बताएका छन्।
विस्तृतमा

बजेटबारे सहमति जुटाउन अर्थमन्त्री पुन र दाहालबीच भेट

काठमाडौं, असार ९- आर्थिक वर्ष २०६९/०७० को बजेटमा सहमति जुटाउनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग निरन्तर भेटघाट गर्दै आएका अर्थमन्त्री वर्षमान पुनले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्।
विस्तृतमा

किन फुट्छन् कम्युनिस्ट?

(4 votes, average 3.50 out of 5)
बसन्त बस्नेत, काठमाडौं, असार ९- कम्युनिस्ट घोषणापत्रको सबैभन्दा पहिलो वाक्यमा उल्लेख छ : मानव समाजको आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास हो। नेपाली कम्युनिस्ट पार्टीको अहिलेसम्मको अनुभवले देखाउँछ : नेपालका कम्युनिस्टको आजसम्मको इतिहास फुटको इतिहास हो।
विस्तृतमा

विश्वासको संकटले अन्यौल : एमाले नेता नेपाल

अजित तिवारी, विराटनगर, असार ८- नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलहरुबीच विश्वासको संकट गहिरिएकाले मुलुकमा अन्यौल बढेको बताएका छन्। अहिलेको प्रमुख समस्या विश्वासको संकट भएको भन्दै उनले दलहरुबीच सहमति भए वर्तमान संकटको निकासको बाटो निस्कने बताए।
विस्तृतमा
Page 5 of 7
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता