सानो झुण्ड अलग हुँदैमा कार्यकर्ता आत्तिनुपर्दैन : महरा

(5 votes, average 3.80 out of 5)

पोखरा, असार ८ - एकीकृत नेकपा (माओवादी) का स्थायी समितिका सदस्य एवम् पूर्व उप-प्रधानमन्त्री कृष्णबहादुर महराले एकीकृत नेकपा माओवादीबाट वैद्य समूहको सानो झुण्ड अलग हुँदैमा पार्टी कार्यकर्ता आत्तिन र विचलित हुनपर्ने अवस्था नरहेको बताएका छन्।

विस्तृतमा

सहमति, सहकार्य र मेलमिलापमा जोड दिन कङ्ग्रेस सभापतिको आग्रह

काठमाडौं, असार ८- नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले सहमति, सहकार्य, एकता र मेलमिलापले मात्रै मुलुकलाई सङ्कटबाट बचाउन सकिने बताएका छन्। कोइराला निवास महाराजगन्जमा आज विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउँदै प्रजातन्त्रलाई स्थायित्व दिएर अगाडि बढ्नसके मात्र मुलुकको द्रूत विकास सम्भव भएको बताए।
विस्तृतमा

माओवादी नेतृत्‍वको सरकार औचित्यहीन : देउवा

काठमाडौं, असार ८- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत मा‌ओवादीले पुनः संविधान बनाउने भन्दै आफूले नै नेतृत्व गर्ने भनाइ राख्‍नु औचित्यहीन भएको बताएका छन्। उनले माओवादीकै कारण चार वर्षमा पनि संविधान नबनेको आरोप लगाए।
विस्तृतमा

खनाल भेट्न अर्थमन्त्री डल्लु पुगे

काठमाडौं, असार ८ (नागरिक)- बजेटमा सहमति जुटाउन दौडधुप गरिरहेका अर्थमन्त्री वर्षमान पुनले शुक्रबार बिहान एमाले अध्यक्ष झलनाथ खनालसँग भेट गरेका छन्। अर्थसचिव कृष्णहरि बाँसकोटाका साथ बिहान ८ बजे खनाल निवास पुगेका अर्थमन्त्रीले डेढ घण्टा छलफल गरेका थिए।
विस्तृतमा

नेपालले चाहेजस्तो सहयोग गर्न तयार रहेको भारतीय प्रधानमन्त्रीको भनाइ

(1 vote, average 1.00 out of 5)
रियो दी जेनेरियो, असार ८- भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालले चाहेजस्तो सहयोग प्रदान गर्न भारत तयार रहेको बताएका छन्। दिगो विकाससम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनको सिलसिलामा प्रधानमन्त्री डाबाबुराम भट्टराईसँगको भेटघाटमा उनले नेपालले प्राथमिकतामा राखेका आर्थिक एजेन्डाहरूमा पूरापूर सहयोग प्रदान गर्न भारत इच्छुक रहेको उल्लेख गरेका हुन्।
विस्तृतमा

१९ जनवर्गीय संगठनका अध्यक्ष वैद्यतिर

(1 vote, average 5.00 out of 5)
काठमाडौं, असार ८ - एकीकृत माओवादीका २६ मध्ये १९ जनवर्गीय संगठनका अध्यक्षले नवगठित नेकपा-माओवादीमा गएका छन्। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मोहन वैद्य नेतृत्वको नयाँ माओवादीको पक्षमा खुलेका हुन्।
विस्तृतमा

तेस्रो लिंगीलाई पहिचानसहित नागरिकता

काठमाडौं, असार ८ (नागरिक)- तेस्रो लिंगीले पनि अब पहिचान खुलेको नागरिकता पाउने भएका छन्। सरकारले बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् तेस्रो लिंगीलाई 'अन्य' भनेर नागरिकता दिने व्यवस्था मिलाएको छ।
विस्तृतमा

मंसिरमा चुनाव सम्भव छैन : निर्वाचन आयुक्त

काठमाडौं, असार ८ (नागरिक)- निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादवले कानुनी तथा राजनीतिक विषयमा दलहरूबीच तत्काल सहमति नभए मंसिर ७ को संविधानसभा चुनाव असम्भव रहेको बताएका छन्। कानुनी जटिलता हटाएपछि चुनाव तयारीका लागि १ सय २० दिन लाग्ने बताउँदै तोकिएको समयमा चुनाव गर्न सरकारले साउन ७ भित्र संविधान र ऐन संशोधन सम्बन्धी काम गरिसक्नुपर्ने उनले बताए।
विस्तृतमा

कांग्रेसमा जनजातिबारे समिति

काठमाडौं, असार ८ (नागरिक)- कांग्रेसले राज्य पुनर्संरचनामा जातीय पहिचानसम्बन्धी जनजातिका मागमा औपचारिक धारणा बनाउन सुझाव समिति बनाएको छ।
विस्तृतमा

मुठभेडबाट बच्न चुनाव : उपप्रधानमन्त्री गच्छदार

(1 vote, average 3.00 out of 5)
अजित तिवारी, विराटनगर, असार ७- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले मुलुकलाई राजनितिक मुठभेडबाट जोगाउन सरकारले अर्को संविधान सभा चुनावको घोषणा गरेको बताएका छन्। मुलुकलाई मुठभेडमा जानबाट रोकेकाले राजनीति दलहरुको सहमतीमै चुनाव सम्पन्न हुने उनको भनाई थियो।
विस्तृतमा

एमालेद्वारा बहुपहिचनसहित सात प्रदेशको प्रस्ताव

काठमाडौं, असार ७ (नागरिक)- एमालेमा बहुजातीय पहिचानको आधारमा सात प्रदेश निर्माणको खाका अघि सारेको छ। एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष झलनाथ खनालले बहुपहिचान र साझा नाम भएको सात प्रदेशको खाका प्रस्तुत गरेको प्रचार विभागका सचिव सूर्य थापाले नागरिकन्युजलाई जानकारी दिए।
विस्तृतमा

कार्यालय प्रयोगबारे दाहाल-वैद्यपक्षबीच भिडन्त रोक्न कार्यालयमा ताला

(2 votes, average 5.00 out of 5)
कार्यालय प्रयोगबारे दाहाल-वैद्यपक्षबीच भिडन्त रोक्न कार्यालयमा ताला केपी ढुंगाना, काठमाडौं, असार ७ - भर्खरै गठन भएको नेकपा-माओवादी र एकीकृत नेकपा माओवादीबीच भिडन्त हुने स्थित पैदा भएपछि प्रहरीले माओवादीको कर्मचारी संगठन रहेको कार्यालय नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा वैद्यपक्षलाई कार्यालयबाट निकाली ताला लगाइएको हो।
विस्तृतमा

वैद्यले तत्काल परिणाम खोजेका कारण पार्टी फुट्यो : माओवादी नेता भट्ट

(2 votes, average 3.00 out of 5)
पुष्पराज जोशी, डोटी, असार ७- एकीकृत माओवादीका पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टले वैद्य पक्षले तत्काल परिणाम खोजेका कारण पार्टी फुटाएको आरोप लगाएका छन्। उनले वैद्यले पार्टी फुटाएपछि कार्यकर्तालाई भेटघाट गर्न र विचलित नहुन आफू सुदूरपश्चिम भ्रमणमा निस्केको स्पष्ट पारे। 
विस्तृतमा

मंसिर ७ मा चुनाव हुँदैन : कांग्रेस उपसभापति पौडेल

(1 vote, average 5.00 out of 5)
कांग्रेस आन्दोलनको तयारीमा-
समुन्द्र पौडेल, तनहुँ, असार ७- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकारले मंसिर ७ गते घोषणा गरेको निर्वाचन नहुने बताएका छन्। अन्तरिम संविधान संशोधन नगरी निर्वाचन गर्न नसकिने भन्दै उनले अन्तरिम संविधान संशोधन गर्ने कुनै पनि निकाय नभएको स्पष्ट पारे।
विस्तृतमा

चुनाव घोषणाविरुद्ध संघर्ष गर्छौं : काँग्रेस सभापति कोइराला

काठमाडौँ, असार ७ - नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले तीन दल र मधेसी मोर्चाबीच विगतमा भएको पाँच बुँदे सहमतिको कार्यान्वयनबाट नै वर्तमान राजनीतिक सङ्कट समाधान हुने बताएका छन्। उनले चुनावविरुद्ध पार्टीले संघर्ष गर्नेसमेत बताए।
विस्तृतमा

जनवर्गीय सङ्गठनमा वैद्य नेतृत्व हाबी

(5 votes, average 4.40 out of 5)
काठमाडौँ, असार ७ - एकीकृत नेकपा (माओवादी) सम्बद्ध जनवर्गीय सङ्गठनका अधिकांश अध्यक्षहरुले नवगठित नेकपा (माओवादी)को पक्षमा आफ्नो समर्थन जनाएका छन्। ती जनवर्गीय सङ्गठनका अध्यक्षहरुले आज यहाँ पत्रकार सम्मेलन गरी आफूहरु नवगठित माओवादीको पक्षमा रहेको जनाएका हुन्।
विस्तृतमा

रेखा थापासँग नाच्दैमा विद्रोह हुँदैन : माओवादी नेतृ पम्फा भुषाल

(11 votes, average 4.55 out of 5)
काठमाडौं, असार ७ (नागरिक)- भर्खरै एकीकृत माओवादीबाट फुटेको नेकपा-माओवादीकी नेतृ पम्फा भुषालले प्रचण्डले विद्रोह गरेकै होइन भनेकी छिन्। तपाईंहरू मिलेर गर्दा त सम्भव भएन, अब कसरी होला र जनविद्रोह ? भन्ने प्रश्‍नमा उनको जवाफ थियो- उहाँ रेखा थापासँग नाच्नुभो। अरु कोही सडकमा बसे, गए। जनविद्रोह त्यस्तो हुन्न।
विस्तृतमा

एमालेका जनजाति नेताहरु पार्टी नछाड्ने निष्कर्षमा

(5 votes, average 3.20 out of 5)
मणि दाहाल, काठमाडौं, असार ७- एकल जातीय पहिचानसहितको नारा उठाउँदै आएका नेकपा एमालेका असन्तुष्ट जनजाति नेताहरुले तत्काल पार्टी नछाड्ने बताएका छन्। उनीहरु आफ्नो विचारका पक्षमा मत बढाउन बाहिरी सदस्यसँग एकता र भित्रीसँग मिलेर अघि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन्।
विस्तृतमा

शायद प्रचण्ड मर्न डराउनुभयो : नेकपा-माओवादीकी नेतृ पम्फा

(7 votes, average 4.14 out of 5)
काठमाडौं, असार ७ (नागरिक)- एकीकृत माओवादीबाट भर्खरै फुटेर बनेको नेकपा-माओवादीकी नेतृ पम्फा भुषालले जतिसुकै ठूला क्रान्तिका कुरा गरे पनि प्रचण्ड आजसम्म एक दिन पनि जेल नबसेको बताएकी छिन्। 'प्रचण्ड यस्तो व्यक्ति हो, जो आजसम्म एक दिन पनि जेल बस्नुभएको छैन'- उनले भनेकी छिन्।
विस्तृतमा
Page 6 of 7
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता