विश्वका नेतासँग प्रधानमन्त्रीको भेट जारी

E-mail Print
(0 votes, average 0 out of 5)
रियो दि जेनेरियो (ब्राजिल), असार ८- दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन ब्राजिलको रियो दि जेनेरियोमा रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका छन्।
 

प्रधामन्त्री भट्टराईले क्युबाका राष्ट्रपति राउल क्यास्ट्रो, टर्कीका प्रधामन्त्री रेसेप टाइप इर्डोभेनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्। भ्रमण दलमा सहभागी प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेलका अनुसार सो अवसरमा प्रधानमन्त्री भट्टराई र क्युबाका राष्ट्रपति क्यास्ट्रो दुई देशबीच द्विपक्षीय सहकार्य र दुई देशको मित्रतालाई अझै प्रगाढ बनाउने सहमत भएको थियो। सो अवसरमा राष्ट्रपति क्यास्ट्रोले क्युबा भ्रमणको औपचारिक निम्तो प्रधानमन्त्री भट्टराईलाई दिएका छन्।

त्यसैगरी टर्कीका प्रधानमन्त्रीसँगको भेटमा अल्पविकसित देशहरुको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै उनीहरुको आवाज विश्वसामु फैलाउन दुवै नेता सहमत भएका हुन्। टर्की सरकार दुईपक्षीय सम्बन्धलाई प्राविधिक, आर्थिक र व्यापारिक सहकार्य विस्तार गर्न इच्छुक रहेको प्रधानमन्त्री भट्टराईले जानकारी दिए।

इस्तानबुल सम्मेलनको अग्रसरता लिएकामा प्रधानमन्त्री भट्टराईले टर्किस सरकार र क्युबाका राष्ट्रपति क्यास्ट्रोलाई नेपालका तर्फबाट धन्यवादसमेत दिए।

यसैगरी पेरुका राष्ट्रपति ओलान्टा हुमलासँग भएको भेटमा प्रधानमन्त्री भट्टराईले हिमाली क्षेत्रको प्रबर्द्धनका लागि सहकार्य गर्न आग्रह गरे। सोही अवसरमा हुमलाले सो विषयमा अन्तर्राष्ट्रिय सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रपति हुमलाले दुई देशका विज्ञ र नेताहरुको एक अर्का देशमा भ्रमण गराएर पर्वतीय विषयमा छलफल एवं अन्तर्क्रिया गरी अनुभव आदानप्रदान गर्न प्रस्ताव गरेका थिए। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता