नेपाली र हिन्दी भाषा दिदी-बहिनीजस्तै : भारतीय राजदूत

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, असार ८- नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपाली र हिन्दी भाषा दिदी-बहिनी जस्तै भएको बताएका छन्। उनले दक्षिण एसियाकै सम्पर्क भाषा भएको समेत दाबी गरे।
 

हिन्दी मासिक पत्रिका दी पब्लिकको वाषिकोत्‍सवको उपलक्ष्यमा उनले सो कुरा बताएका हुन्।

यसैबीच उपराष्ट्रपति परमानन्द झाले नेपालमा बोलिने सबै भाषा राष्ट्रिय भाषा भएको बताए। उनले नेपाली झैं हिन्दी पनि समुन्नत भाषा भएकाले यसको सम्मान गर्नुपर्ने बताए।

उनले तराई मधेसमा हिन्दी भाषा सम्पर्क भाषा हो, त्यसकारण यसको पहिचान पनि आफ्नै खालको रहेको स्पष्ट पारे। कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य डा गौरीशङ्करलाल दासले भाषा सम्पर्कको माध्यम भएकाले भाषालाई सम्मान गरिनुपर्ने बताए।

कार्यक्रममा सो पत्रिकाका सम्पादक विणा सिन्हाले हिन्दी भाषामा पत्रकारिता गर्नु एकदमै गाह्रो भएको बताए। रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता