जोशीको भ्रष्टाचार मुद्दामा अन्तिम बहस

E-mail Print
(2 votes, average 5.00 out of 5)
काठमाडौं, असार ७ (नागरिक)- पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्ध भ्रष्टाचार मुद्दाको अन्तिम बहस बुधबार सकिएको छ। विशेष अदालतमा जोशीलगायत उनकी सासू नीरकुमारी पन्त, छोरा दिनेश, सालो वासुदेव पन्त, सम्पत्ति लुकाउने ताराराज पाण्डे तथा सहयोगी रामकृष्ण तिवारीका तर्फबाट नौ दिन लगातार बहस भएको थियो।

पूर्वमन्त्री जोशीविरुद्ध ३ करोड ९३ लाख रुपैयाँ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोग छ। २०६० साल पुसमा दर्ता मुद्दामा विशेषले २०६३ कात्तिकमा मुद्दाको तथ्यमा प्रवेश नै नगरी हदम्यादको कारण देखाउँदै मुद्दा खारेज गरेको थियो।

तत्कालीन न्यायाधीशत्रय भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले जोशीलगायत एक दर्जन भ्रष्टाचार मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार १ वर्षभित्रै मुद्दा दर्ता गर्नुपर्नेमा ढिला गरी मुद्दा दर्ता गरेको भन्दै हदम्यादको कारण देखाई मुद्दा खारेज गरेको थियो।

खारेज गरिएका मध्ये सबै मुद्दा अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि सर्वोच्चले विशेषको मुद्दाको तथ्यमै प्रवेश नगरी खारेज गर्ने निर्णय 'त्रुटिपूर्ण' भन्दै फेरि बहस सुरु गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार जोशीको मुद्दाको पुनः सुनुवाइ विशेष अदालतले थालेको हो।

'बहस आजबाट सकियो,' विशेष अदालतका रजिस्ट्रार धीरबहादुर चन्दले भने, 'अर्को पेसी साउन १० गतेलाई राखिएको छ। श्रीमानहरुले मुद्दाको सबै हिसाबकिताब भ्याउनुभयो भने त्यही दिन फैसला हुन पनि सक्छ।'

सर्वोच्चको आदेशका आधारमा हदम्यादबाट खारेज भएका पूर्वमन्त्री रविन्द्रनाथ शर्मा, ताराराज पाण्डे, पदमप्रसाद पोखरेललगायतका सात मुद्दा विचाराधीन छन्। हदम्यादकै कारण विशेष फर्किएका पूर्व आइजिपीहरु मोतीलाल बोहोरा र अच्युतकृष्ण खरेलको मुद्दाविशेषले तथ्यमा प्रवेश गरेर फैसला सुनाइसकेको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता