हालका राजदूत स्कट एच डिलिसीलाई ओबामाले युगान्डाका लागि सिफारिस गरेपछि बोडेको नाम अनुमोदन गरिएको हो। हाल इराकको संक्रमणकालीन मिसन प्रमुख बोडे अमेरिकी परराष्ट्र सेवाका वरिष्ठ कुटनीतिज्ञ हुन्। उनीसँग यसअघि नेपालस्थित अमेरिकी दूतावासमा काम गरेको अनुभव छ। बोडे सन् १९८१ मा अमेरिकी परराष्ट्र सेवामा प्रवेश गरेका थिए। उनले गुयना, नेपाल, जर्मनी, बुल्गेरिया, डेनमार्क, भारत, पाकिस्तान लगायत मिसनमा काम गरिसकेका छन्।
प्रतिक्रियाहरू (0)
