पार्टी फुटाएर क्रान्ति असम्भव : पौडेल

E-mail Print
(0 votes, average 0 out of 5)
म्याग्दी, असार ७ - एकीकृत नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाकार देवेन्द्र पौडेलले पार्टी फुटाएर क्रान्ति सम्भव नभएको बताएका छन्। पार्टी एकताको पक्षमा हुँदाहुँदै पनि वैद्य पक्षले क्रान्ति र वर्गमुक्ति भन्दै पार्टी फुटाउनु दुर्भाग्यपूर्ण रहेको बताउँदै एकताबिना क्रान्ति र वर्गमुक्ति सम्भव नभएको बताए।

एकीकृत नेकपा (माओवादी) म्याग्दीका कार्यकर्तासँगको भेटघाटपछि आज बिहान सदरमुकाम बेनीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार पौडेलले भने -पार्टी एकताबाट विचलित बनेर छुट्टै पार्टीको घोषणा गरी क्रान्ति गर्छौँ भन्नु वैद्य समूहको आवेगको परिणाम हो। क्रान्ति फुटेर र आवेगको निर्णयमा नभई निश्चित लक्ष्य, कार्यदिशा, निसाना बनाएर निश्चित वर्गको मुक्तिका लागि हुने भन्दै पौडेलले वैद्य समूहको निश्चित निसाना र कार्यदिशा नभएकाले विद्रोह र क्रान्ति सम्भव नभएको उल्लेख गरे।

वैद्य पक्षको आग्रहमा पार्टी अध्यक्ष नेतृत्व परिवर्तनका लागि र प्रधानमन्त्री पद त्याग्न तयार थिए, पौडलले भने- 'लामो समयदेखि पार्टी नेतृत्वविरुद्ध उनीहरु आइलागे तर पार्टीले कुनै कारबाही गरेन, आखिर आफैँ नयाँ पार्टीको घोषणा गरे।

एक फरक प्रसङ्गमा पौडेलले दलहरुबीच राष्ट्रिय सहमति नभएसम्म प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पार्नुभयो। उहाँले दलविशेषको चित्त नबुझेर सडकबाट राजिनामा माग्दैमा राजिनामा दिने नभई संविधानसभा समेत नरहेको अवस्थामा सहमति कायम भएमा मात्रै प्रधानमन्त्रीको राजिनामा आउने बताए।

उनले दलहरुबीच सहमति कायम हुन नसक्दा अदालतको आदेशअनुसार स्वतः संविधानसभाको म्याद सकिन लागेपछि सरकारले वैधानिकरुपमा नयाँ ताजा जनादेशका लागि नयाँ निर्वाचनको घोषणा गरिएकाले निर्वाचन नभएसम्म सरकारको वैधानिकता नसकिने जिकिर गरे।- रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता