Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Dec 12th

जनवर्गीय सङ्गठनमा वैद्य नेतृत्व हाबी

E-mail Print
(5 votes, average 4.40 out of 5)
काठमाडौँ, असार ७ - एकीकृत नेकपा (माओवादी) सम्बद्ध जनवर्गीय सङ्गठनका अधिकांश अध्यक्षहरुले नवगठित नेकपा (माओवादी)को पक्षमा आफ्नो समर्थन जनाएका छन्। ती जनवर्गीय सङ्गठनका अध्यक्षहरुले आज यहाँ पत्रकार सम्मेलन गरी आफूहरु नवगठित माओवादीको पक्षमा रहेको जनाएका हुन्।

पत्रकार सम्मेलनमा एमाओवादी सम्बद्ध २६ जनवर्गीय सङ्गठनमध्ये १९ वटा जनवर्गीय सङ्गठनका अध्यक्षहरु नवगठित माओवादीमा रहेको दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियारले बताए।

नवगठित पार्टीको पक्षमा महिला, दलित, पत्रकार, शिक्षक, कर्मचारी, खेलाडी, स्वास्थ्यकर्मी, प्राध्यापक, जनसांस्कृतिक महासङ्घ, आदिवासी-जनजाति महासङ्घ, उद्योग व्यापार महासङ्घ, बेपत्ता परिवार समाजलगायतका अध्यक्षहरुले ऐक्यबद्धता जनाएका हुन्।

उनीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ- 'नवगठित नेकपा (माओवादी)लाई दृढ समर्थन गर्दै यस पार्टीले प्रतिपादन गर्ने रणनीति, कार्यदिशा, कार्यनीति, कार्ययोजना र सङ्घर्षका कार्यक्रममा दृढ समर्थन रहनेछ।'

विज्ञप्तिमा एमाओवादी पार्टीको नेतृत्व संसद्वाद, वर्गीय आत्मसमर्पणवाद र राष्ट्रिय आत्मसमर्पणवादमा फसेको उल्लेख गरिएको छ।

संस्थापन एमाओवादीको पक्षमा विद्यार्थी, मजदुर, किसान, बुद्धिजीवी, सुकुम्वासी, भूतपूर्व सैनिक सङ्गठनका अध्यक्ष देखिएका छन्।- रासस

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता