Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

मंसिर ७ मा चुनाव हुँदैन : कांग्रेस उपसभापति पौडेल

E-mail Print
(1 vote, average 5.00 out of 5)
कांग्रेस आन्दोलनको तयारीमा-
समुन्द्र पौडेल, तनहुँ, असार ७- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकारले मंसिर ७ गते घोषणा गरेको निर्वाचन नहुने बताएका छन्। अन्तरिम संविधान संशोधन नगरी निर्वाचन गर्न नसकिने भन्दै उनले अन्तरिम संविधान संशोधन गर्ने कुनै पनि निकाय नभएको स्पष्ट पारे।
 

नेपाल पत्रकार महासंघ तनहुँ शाखाको बिहीबार दमौलीमा भवन शिलान्यास गर्दै नेता पौडेलले असंवैधानिक ढंगबाट प्रधानमन्त्री र माओवादीको एक्लौटी निर्णयबाट जारी गरेको संविधान सभाको निर्वाचन कुनै हालतमा पुरा नहुने बताए।

संविधान लेखन र संविधान सभा विघटनका विषयमा माओवादी नै जिम्मेवार रहेको भन्दै उनले राज्य पुनःसंरचनाको विषयमा हात्तिवन रिर्सोटमा भएको सहमति माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका मदेसवादी दलका नेताले उल्टाएका कारण संविधान नबनेको उनको भनाई थियो। 'माओवादीकै कारण संविधान घोषणा हुन सकेन्,' उनले भने, 'माओवादीकै निर्णयमा प्रधानमन्त्रीले संसद् विघटनको घोषणा गरे।'

लोकतन्त्र र राष्ट्रिय अखण्डतामाथि खतरा भएको भन्दै उनले नेपाली कांग्रेस आन्दोलनको तयारीमा जुटेको बताए। 'लोकतन्त्र जोगाउन र सत्ता कब्जा रोक्न आन्दोलनको तयारी गरेका हौं।' उनले भने, 'जिल्ला तहमा पार्टीसंग आन्दोलनको तयारीमा छलफल गरिरहेका छौ।' दलहरुबीच सहमति भएमात्रै देशले निकास पाउँने भन्दै उनले गोलमेच सम्मेलनले गोलमाल मात्रै मच्चिने बताए।

'गणतन्त्र लोकतन्त्रभन्दा एक कदम माथि हुन्छ, हामी गणतन्त्रमा प्रवेश गरिसकेका छौं।' उनले भने, 'देशलाई पछि फर्किन दिँदैनौ, कुनै पनि हालतमा देशमा लोकतन्त्र र राजतन्त्र फर्किदैन्।' गणतन्त्र बिनाको संविधान जारी भएपनि त्यो संविधान नेपाली कांग्रेसलाई मान्य नहुनेसमेत उनले बताए।

व्यास २, गणेशमान चोक नजिकै जिल्ला विकास समिति तनहुँले प्रदान गरेको करिब २ आना क्षेत्रफलको जग्गामा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले भवनको शिलान्यास गरेको हो। भवन शिलान्यास कार्यक्रमको अबसरमा करिब ५० हजार नगद संकलन भएको महासंघका अध्यक्ष प्रेमप्रसाद पौडेलले बताए। महासंघ भवन निर्माणका लागि बिहीबारसम्म ८ लाखभन्दा बढी रुपैया संकलन भइसकेको महासंघले जनाएको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता