वैद्यले तत्काल परिणाम खोजेका कारण पार्टी फुट्यो : माओवादी नेता भट्ट

E-mail Print
(2 votes, average 3.00 out of 5)
पुष्पराज जोशी, डोटी, असार ७- एकीकृत माओवादीका पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टले वैद्य पक्षले तत्काल परिणाम खोजेका कारण पार्टी फुटाएको आरोप लगाएका छन्। उनले वैद्यले पार्टी फुटाएपछि कार्यकर्तालाई भेटघाट गर्न र विचलित नहुन आफू सुदूरपश्चिम भ्रमणमा निस्केको स्पष्ट पारे। 
 

बिहीबार कार्यकर्ता भेटघाटमा डोटी पुगेका पूर्वमन्त्री भट्टले जनयुद्धका क्रममा केही कमिकमजोरी भएको बताउँदै उनले भने, 'बाहिर बसेर विरोध गर्नु र पदमा बसेर काम गर्नु निश्चय नै गाह्रो हुँदो रहेछ, यो कुरा वैद्य पक्षले बसझ्न सकेन।'

अहिले सबै पार्टीभित्र फुटको स्थिति सिर्जना भएको छ, नेपालको लागि यो राम्रो विषय होइन। जनताको म्यान्डेटअनुसार हिजाको दिनमा काम गर्न नसके पनि अब राजनितिक सहमतिको विकल्प नरहेको नेता भट्टले बताए। उनले भने, 'होइन भने ताजा जनादेशमा जानुपर्छ। एक अर्कालाई आरोप प्रतिआरोप लगाउनुभन्दा कस्ले कति गल्ती गरेको छ त्यैसका लागि पनि चुनाव आवश्यक हो।'

नेपालमा अहिलेसम्म संघीयताको कुनै बहस नै नभएको बताउँदै नेता भट्टले आफू अखण्ड सुदूरपश्चिमको पक्षमा रहेको बताए। उनले डोटेलीको लामो समयदेखि आफ्नै पहिचान रहेको बताउँदै भने, 'यहाँको भाषा सांस्कृति र परम्परा रहेकोले अखण्ड सुदूरपश्चिम हुनु जरुरी छ।' अखण्ड सुदूरपश्चिमको विषयमा आफूले पार्टीभित्र संद्यर्ष गरिरहेको नेता भट्टले बताए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

विकास कार्की हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सो...

- विकास कार्की

फुर्पा तामाङ गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्...

- फुर्पा तामाङ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता